News 24 Television
ओली–प्रचण्डले तयार गरे रणमैदानमा ! दाउ अर्कैको मुठ्ठीमा ! 
ओली–प्रचण्डले तयार गरे रणमैदानमा ! दाउ अर्कैको मुठ्ठीमा !  प्रतिपक्षी दलहरुले प्रतिनिधिसभामा प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद अवरोध गर्ने भनिरहेका छन् । यहि कारण संसद अवरोध जारी छ । तर, सरकारले संसद बैठक सञ्चालन गर्ने जिम्मेवारी लिनुको सट्टा दम्भका साथ अघि बढ्ने संकेत देखाएको छ । 
असारको ‘स्वर्ग र नर्क’ घटना सम्झँदै प्रचण्डले भने– यसपाली फेरि जालझेल भयो
असारको ‘स्वर्ग र नर्क’ घटना सम्झँदै प्रचण्डले भने– यसपाली फेरि जालझेल भयो बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीले संसदमा आएर कुलमानलाई हटाउनुको चित्तबुझ्दो जवाफ नदिएसम्म संसद चल्न नदिने बताए । उनले प्रधानमन्त्री ओलीले टीआरसीसँग सम्बन्धित कुराहरु टुंग्याएर आफू सिंहदरबारबाट निस्किएलगत्तै कुलमानलाई हटाउने निर्णय गर्नुले आफू दुःखित र चिन्तित भएको बताए । केही दिन पर्खिएको भए पनि हुने भन्दै...
'कुलमानको विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु असंसदीय माग' - एमाले
'कुलमानको विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु असंसदीय माग' - एमाले सरकारले अध्यादेशमार्फत ल्याएका प्रतिस्थापन विधेयकहरुलाई पास गर्न नदिनका लागि दुराशययुक्त ढंगबाट अवरोध सिर्जना गर्ने काम भएको उनको आरोप छ । कर्मचारीको नियुक्ति, पदमुक्ति र सरुवा गर्ने सरकारको नियमित काम भएको भन्दै प्रधानमन्त्रीले जवाफ दिइराख्नु नपर्ने बताए ।
नागरिक उड्डयन प्राधिकरण विधेयक फिर्ता लिन माग गर्दै प्रदर्शन
नागरिक उड्डयन प्राधिकरण विधेयक फिर्ता लिन माग गर्दै प्रदर्शन नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक , २०८१ फिर्ता गर्न माग गर्दै बिरोध प्रदर्शन भएको छ । बुधवार काठमाडौंको सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रधान कार्यालय अगाडि आधिकारिक ट्रेड युनियन, नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
आफ्नो भनाइ बङ्ग्याइएको भन्दै वैद्यको आपत्ति, भने – ‘राजतन्त्र समाधान होइन’
आफ्नो भनाइ बङ्ग्याइएको भन्दै वैद्यको आपत्ति, भने – ‘राजतन्त्र समाधान होइन’ क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य 'किरण'ले आफ्नो भनाइलाई बङ्ग्याएर राजावादीको पक्षमा उभ्याइएको भन्दै आपत्ति जनाएका छन् । महासचिव वैद्यले पाँच वर्ष अगाडि कम्बोडियाका राजा सिंहानुकको प्रसङ्ग जोडेर राजतन्त्रका बारे आफूले बोलेको विषयलाई बङ्ग्याएर फरक अर्थ लगाइएको भन्दै आपत्ति जनाएका हुन् ।  
भारतबाट आयात घट्यो, उद्योगीलाई ७ देखि १२ घण्टासम्म लोडसेडिङ
भारतबाट आयात घट्यो, उद्योगीलाई ७ देखि १२ घण्टासम्म लोडसेडिङ लामो समयसम्मको आर्थिक मन्दीबाट बल्ल–बल्ल माथि उक्सिने क्रममा रहेका उद्योगहरुमा पुनः लोडसेडिङको हल्लाले त्रास फैलाइदिएको छ । यहि कारण उद्योगहरुको उत्पादनमा नै कटौति शुरु भइसकेको छ । उत्पादन कम भएपछि अब यसको सिधा असर  आमसर्वसाधारणले भोग्नु पर्नेछ । बिजुली नहुँदा उद्योगको उत्पादन खर्च बढ्ने हुँदा त्यसको भार स्वत उपभोक्तालाई पर्छ...
Weather Update