ब्यापारीको कब्जामा कांग्रेस–एमाले, बलजफ्ती केवलकार निर्माण ?
सोमबार, फागुन १९, २०८१
मुख्यमन्त्री नै अख्तियारको ट्र्यापमा, लेखाले पनि पार्यो हैरान !
सोमबार, फागुन १९, २०८१
महालेखा परीक्षकको कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनावश्यक दुःख दिएको भन्दै जनप्रतिनिधिले आक्रोश पोखेका छन् । पोखरामा भएको एक कार्यक्रममा कर्मचारी र गाउँपालिकाका जनप्रतिनिधिले मात्र हैन गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समेत संवैधानिक निकायको कामप्रति प्रश्न उठाएका छन् ।
व्यक्ति हत्याको ग्राफ डरलाग्दो, किन हुन्छ यस्तो ?
सोमबार, फागुन १९, २०८१
रुपन्देहीमा अपराधका घटना बढिरहेका छन् । देशका विभिन्न क्षेत्रमा भइरहेका अपराध घटनाले नेपाली समाजको मानसिकता र सामाजिक अपराधबाट मानिसहरुले भोगिरहेका समस्या थप डरलाग्दो बन्न थालेको देखिन्छ । किन यस्ता घटना दिनप्रतिदिन बढ्न थालेका छन् त ?
घाइते हात्तीको उद्दारमा छैन कसैको ध्यान, स्थानीयले मागे गुहार
सोमबार, फागुन १९, २०८१
रौतहटको चन्द्रपुर नगरपालिका आसपासका क्षेत्रमा विगत लामो समयदेखि घाइते अवस्थामा भौतारीरहेको एक हात्ती उपचार तथा उद्धार नहुँदा ज्यान गुमाउने अवस्थामा पुगेको छ । घाइते अवस्थामा भौतारिरहेको एमगज नाम गरेको हात्तीको उद्दार र उपचार गर्न स्थानीयले सरोकारवाला निकाय गुहारेका छन् ।
देउवा रिझाउँदै ११ भाइ, कसको होला हाइ हाई ?
सोमबार, फागुन १९, २०८१
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यकाल सकिन अब १० महिना मात्रै बाँकी छन । त्यसैले ८२ सालभित्रै १५ औं महाधिशन हुनुपर्नेमा संस्थापन इतर पक्षका नेताहरुले जोड दिँदै आएका छन् । ८२ सालमै महाधिवेशन नभए पनि ८४ को आम निर्वाचन अघि नै महाधिवेशन हुने निश्चित नै छ । त्यसैले कांग्रेस नेताहरुल्े...
अध्यादेश सल्टाउन विधयेकको जालः उपेन्द्रको चालले, देउवा–ओली तनावमा !
सोमबार, फागुन १९, २०८१
सरकारले ल्याएका अध्यादेश पारित हुने सम्भावना लगभग टरेको छ । जनता समाजवादी पार्टी नेपालले सरकारमाथिको समर्थन फिर्ताको तयारी थालेपछि अध्यादेश पारित हुने सम्भावना टसेको हो । यति मात्रै होइन अहिलेको यो अवस्थाले सरकार नैतिक संकटमा फसेको छ । यद्दपी, सरकारसँग एक अर्को अस्त्र छ, त्यो हो राजनीतिक दलसम्बन्धि विधयेकमार्फत साना...
ओलीलाई बालेनको अर्को चेतावनी, एमाले प्रतिवादमा आउँदा मिसिए हर्क पनि
आइतबार, फागुन १८, २०८१
प्रधानमन्त्री केपी शर्मा ओली र स्थानीय तहका स्वतन्त्र निर्वाचित प्रमुखहरुबीच हुने टकरावको विषय गहन रुपमा उठ्दै आएको छ ।
लागू औषध नियन्त्रण गर्न प्रहरीको महाअभियान शुरु
आइतबार, फागुन १८, २०८१
नेपालमा लागूऔषध दुब्र्यवसनीको अवस्था डरलाग्दो छ । माध्यामिक तहकै विद्यार्थीहरु नै बढी भन्दा बढी लागूऔषध दुब्र्यवसनीमा फसेको देखिन्छ । दुब्र्यवसनीसँगै लागूऔषध कारोबारी पनि बढिरहेका छन् । त्यसैले प्रहरीले यसलाई नियन्त्रण गर्नका लागि लागूऔषधविरुद्धको महाअभियान नै शुरु गरेको छ ।
जानको वार्षिकउत्सवमा प्रशंसा नै प्रशंसा, सम्बन्धबारे अनेकन चर्चा
आइतबार, फागुन १८, २०८१
नेपाल जाइका अलमनाई एसोसियसन जानको ५१औं वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रमा भएको सहकार्यको स्मरण गरिएको छ । नेपाल जापानबीचको सम्बन्ध, विकास निर्माणदेखि विभिन्न क्षेत्रमा भएका सहकार्यलाई स्मरण गर्दै दुई देशको सम्बन्ध विस्तारमा सचेत बन्नुपर्ने आवाज उठेको छ ।
दोलखाको कालिन्चोक र सैलुङ्गमा यस वर्षकै ठूलो हिमपात, पर्यटक र होटल व्यवसायी उत्साहित
आइतबार, फागुन १८, २०८१
सुशिला कार्की दोलखाको चर्चित पर्यटकीय गन्तव्य कालिन्चोक र सैलुङ्गमा यस वर्षकै सबैभन्दा ठूलो हिमपात भएको छ। लगातारको हिमपातका कारण पूरा क्षेत्र सेताम्य बनेको छ, जसले पर्यटकलाई आकर्षित गर्दै होटल व्यवसायी र स्थानीयहरूलाई खुसी बनाएको छ।
३८ करोडमा बन्ने रंगशालाको लागत ढिलासुस्तीले दोब्बर
शनिबार, फागुन १७, २०८१
भैरहवाको क्रिकेट मैदानको स्थलगत अवलोकनमा पुगेको संसदीय समितिका सदस्यहरुले मैदान निर्माणको कामलाई अलपत्र पार्न नहुने बताएका छन् । क्रिकेटले पछिल्लो समय राम्रो नतिजा दिइरहेको र मुलुकलाई अन्तर्राष्ट्रिय जगत्मा समेत चिनाइरहेको जनाउँदै उनीहरुले अलपत्र क्रिकेट मैदानलाई बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
