माधव नेपालको प्रश्न- '०८७ सम्म ओलीलाई सरकारमा टिकाइदिनुपर्ने ?'
शुक्रबार, माघ ४, २०८१
वर्षौदेखि नसुल्झिएको काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन
शुक्रबार, माघ ४, २०८१
काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन लामो समयदेखि अस्तव्यस्त रहँदै आएको छ । दैनिक लाखौं सर्वसाधारणले ट्राफिक व्यवस्थापनको अभावले हैरानी खेप्नु परिरहेको छ । अत्यधिक सवारी चाप, साँघुरा सडक र जनसंख्याको तीव्र वृद्धिले गर्दा उपत्यकामा ट्राफिक समस्या झन् जटिल बनेको छ ।
कास्की र काठमाडौंपछि अरु तीन जिल्लामा रविको मुद्दा
शुक्रबार, माघ ४, २०८१
सहकारी ठगी मुद्दामा कास्की र काठमाडौंबाट धरौटीमा छुटेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अरु ३ जिल्लामा पनि मुद्दा फेस गर्नुपर्ने भएको छ । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी, चितवनको सहारा र पर्साको सानो पाइला सहकारीबाट रकम अपलचन भएको प्रहरीले लामिछानेसँग यसअघि नै बयान लिइसकेको छ । प्रहरीले रवि र पूर्व...
देउवाले खोजे मन्त्रीहरुको प्रगति विवरण
शुक्रबार, माघ ४, २०८१
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको ६ महिना भइसकेको छ । तर पनि सरकारको काम कारबाहीप्रति सत्तारुढ नेपाली कांग्रेसकै कार्यकर्ताहरु असन्तुष्ट छन् । सरकारको काम प्रभावकारी नभएको भन्दै पार्टीभित्रैबाट दबाब बढेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना पार्टीका मन्त्रीहरुलाई आफ्नै निवासमा बोलाएर कार्य प्रगति विवरण मागेका छन्...
‘जान्नेलाई छान्ने’ दल रास्वपा : कार्यकर्ताकै उग्र शैलीले नाप्दैछ हुर्मत !
शुक्रबार, माघ ४, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको स्लोगन नै हो – ‘जान्नेलाई छान्ने ।’ पार्टी स्थापनापछि भएका निर्वाचनहरुमा पनि रास्वपा जान्नेलाई छान्ने स्लोगन लिएरै जनतामा गएको थियो । भर्खरै उदाउँदै गरेको दल भएपनि रास्वपाको राजनीतिक एजेन्डा स्पष्ट नै छ, ‘वर्तमान शासन व्यवस्थालाई नै अंगिकार गरेर राजनीतिक सुदृढिकरण गर्ने र मुलुकमा सुशासनसँगै सकारात्मक परिवर्तन...
सवारी चालकलाई कारबाही गर्ने हाम्रो उद्देश्य होइन : ट्राफिक प्रहरी प्रमुख
बिहीबार, माघ ३, २०८१
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले ट्राफिक प्रहरीको उद्देश्य सवारी साधन चालकलाई कारबाही गर्ने नभएको बताएका छन् । बिहीवार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलयद्वारा आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै उनले जिम्मेवार बनाउन मात्र कारबाही गर्ने गरेकाे बताए ।
मुलुकभर चार्जिङ स्टेसन बनाउनुपर्नेमा कुलमानको जोड
बिहीबार, माघ ३, २०८१
पछिल्लो समय ७० प्रतिशत विद्युतीय सवारी साधनको खरिद-विक्री भएको बताउँदै घिसिङले विद्युतीय सवारी साधनको प्रोमोशन विद्युतीय सवारी साधन किनेर मात्रै नहुने बताए । उनले देशभर विद्युतीय सवारी साधनका लागि आवश्यक संरचनाहरु बनाउन जरुरी रहेको बताए । विद्युतीय चार्जिङ स्टेशनहरु मुलुकभर बनाउन जरुरी रहेको उनकाे भनाइ छ ।


