News 24 Television
सिफारिस समिति सदस्यले किन दिए राजीनामा ? 
सिफारिस समिति सदस्यले किन दिए राजीनामा ?  सत्तारुढ प्रमुख दुई दल नेपाली कांग्रेस र एमालेबीचको विवादले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया अझै अलमलमा छ । यहि विवादकाबीच गभर्नर नियुक्ति सिफारिस समितिकै एक जना सदस्यले राजीनामा दिएका छन् । सिफारिस समितिकै सदस्यले राजीनामा दिएपछि गभर्नर नियुक्ति प्रक्रिया झनै जटिल बनेको छ । 
प्रधानमन्त्रीकै कारण विद्याको राजीनामा, स्वास्थ्य बहाना मात्रै भएको दाबी !
प्रधानमन्त्रीकै कारण विद्याको राजीनामा, स्वास्थ्य बहाना मात्रै भएको दाबी ! विद्या भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष शिक्षामन्त्रीबाट राजीनामा बुझाएपछि एमाले भित्रै प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली आलोचित बनिरहेका छन् । प्रधानमन्त्रीलाई भेट्न खोज्दा ओलीको सचिवालयले भेट्न समेत नदिएको र शिक्षक आन्दोलनप्रति गम्भिर बन्दा प्रधानमन्त्री कार्यालयबाटै असहयोग भएपछि विद्याले राजीनामा दिएकी हुन् । 
विप्लवको गुनासो : प्रचण्ड र बाबुरामलाई जिन्दगी नै दियौँ, एकचोटि हेरेनन्
विप्लवको गुनासो : प्रचण्ड र बाबुरामलाई जिन्दगी नै दियौँ, एकचोटि हेरेनन् हामीले प्रचण्ड र बाबुराम कमरेडलाई जिन्दगी नै दिएको हो । हामीले उहाँको आदेश मानेकै हो । आफ्नो परिवार गुमाउँदै लड्दै यहाँसम्म आइपुगेका हौं । उहाँहरुले हामीलाई हेर्नु हुदैन र ? एकचोटि गर हामी साथ दिन्छौं भन्नुहुँदैन र उहाँहरुले ? एकचोटि हेरे हुन्छ नि त । सधैं आफैं हुनुपर्छ र ?...
पूर्वराष्ट्रपति उपराष्ट्रपति सक्रिय राजनीतिमाः प्रचण्डको दाबीले तरङ्ग !
पूर्वराष्ट्रपति उपराष्ट्रपति सक्रिय राजनीतिमाः प्रचण्डको दाबीले तरङ्ग ! पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा आउने नआउने विषयमा चर्चा चलिरहँदा पूर्वउपराष्ट्रपति राजनीतिमा फर्किसकेका छन् । पूर्वराष्ट्रपति पनि सक्रिय राजनीतिमा फर्किने चर्चा चलिरहेको छ । यस्तोमा किन राष्ट्रको नेतृत्व गरेकाहरुले राजनीतिको बाटो समात्न खोजिरहेका छन् ? के यस्ता विषयले गणतन्त्रमाथि खतरा पैदा गर्छ ? प्रश्न उब्जिएका छन् । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन...
तोडिएन निषेधित क्षेत्र, सिंहदरबार भित्र सांकेतिक विरोध
तोडिएन निषेधित क्षेत्र, सिंहदरबार भित्र सांकेतिक विरोध चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीहरुको हिंसात्मक प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशम्सेर राणा प्रहरी हिरासतमै छन् । आफ्ना नेता कार्यकर्तालाई छुटाउन दबाब दिनकै लागि राप्रपाले आइतबारदेखि आन्दोलन थालेको छ । निषेधित क्षेत्र समेत तोड्ने औपचारिक निर्णय नै गरेर राप्रपा आन्दोलनमा उत्रिएको छ...
प्रचण्ड–प्रचण्डको आ–आफ्नै दाउ
प्रचण्ड–प्रचण्डको आ–आफ्नै दाउ नयाँ बर्षको शुरुवातसँगै वर्तमान् सरकार लामो समय नजाने प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक अभिब्यक्ति दिए । प्रचण्डको यस्तो अभिब्यक्ति आएकैबेला सत्तारुढ प्रमुख घटक कांग्रेसले पनि सरकारको कार्यशैलीको आलोचना गरिरहेको थियो ।
Weather Update