News 24 Television
प्रचण्ड लक्षित ओलीको टिप्पणी- 'झिंगाले सरापेर डिंगा मर्दैन'
प्रचण्ड लक्षित ओलीको टिप्पणी- 'झिंगाले सरापेर डिंगा मर्दैन' बिहीवार एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा स्ववियु निर्वाचनका सन्दर्भमा आयोजित राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै ओलीले  एमालेलाई भित्तामा टाँसिदिने जस्ता अभिव्यक्ति दिनेहरुलाई पन्छाएर एमाले सत्तामा पुगेकाे बताए । पछिल्लाे समय एमाले देशमा जनताले सबैभन्दा धेरै मन पराएको राजनीतिक दल रहेको उनकाे जिकिर छ । आफू एउटा इमान्दारिताका साथ काम गर्ने व्यक्ति...
काँग्रेसले १५औं महाधिवेशन समयमै सम्पन्न गर्न चुक्नु हुँदैन
काँग्रेसले १५औं महाधिवेशन समयमै सम्पन्न गर्न चुक्नु हुँदैन नेपाली काँग्रेसको आन्तरिक राजनीतिले २०४६ सालदेखि हालसम्म स्थायित्व पाउन नसकेको कुरा सबैलाई थाहा छ। पार्टीको १५औं महाधिवेशन सम्पन्न गराउनुपर्ने समयरेखा आउन धेरै बाँकी छैन। अन्तिम चरणतर्फ अग्रसर हुँदै गर्दा अधिवेशनको समय चौथो वर्षमा सुरु भइसकेको छ। पार्टीको विधानअनुसार देशमा, अर्थात् राजनीतिक पार्टीमा असहज परिस्थिति नआएमा यस वर्ष महाधिवेशन आयोजना हुनैपर्छ।
जता दीपक उतै फण्डा, स्काउटदेखि जगदुल्लासम्म
जता दीपक उतै फण्डा, स्काउटदेखि जगदुल्लासम्म ऊर्जामन्त्री दीपक खड्का विवादका पर्याय बनिरहेका छन् । स्काउटको जग्गा भाडादेखि विद्युत क्षेत्रमा समेत उनले अनेक विवाद सिर्जना गरिरहेका छन् । मन्त्रीको कुर्सीमा बसेर वितण्डा मच्चाईरहेका उनले फेरि जगदुल्ला जलविद्युत आयोजनाको ठेक्कामा लेनदेनको आरोपपछि संलग्नता पुष्टी गर्न चुनौति दिदै चोख्खिने प्रयास गरेका छन् । 
प्रचण्डको आरोपः माओवादीमाथि प्रहार गर्ने अन्तिम हतियार टीआरसी ?
प्रचण्डको आरोपः माओवादीमाथि प्रहार गर्ने अन्तिम हतियार टीआरसी ? संक्रमणकालीन न्याय प्रणाली राजनीतिको शिकार केन्द्र बन्दा पीडितले न्याय पाउने विषय टाढिने त होइन भन्ने चिन्ता बढ्न थालेको छ । संक्रमणकालीन न्याय प्रणालीलाई टुंगो लगाउन कानून बनेपनि पदाधिकारी सिफारिसमा देखिएको अन्योलताले अब पीडितले कहिले न्याय पाउलान भन्ने चासो थप पेचिलो बनेको छ । 
संविधान संशोधन विषयले सत्ता गठबन्धनमा खटपट शुरु
संविधान संशोधन विषयले सत्ता गठबन्धनमा खटपट शुरु सत्तासहकार्य गर्दा नेकपा एमाले र नेपाली कांग्रेसको मुख्य मुद्धा थियो संविधान संशोधन । गत असार १७ गते एमाले कांग्रेसबिच भएको ७ बुदे सम्झौतामा पनि उक्त कुरा उल्लेख थियो । 
‘ओली–देउवा’बाट जनता ढाँटिए, एमालेद्वारा काँग्रेसलाई पनि धोका !
‘ओली–देउवा’बाट जनता ढाँटिए, एमालेद्वारा काँग्रेसलाई पनि धोका ! अहिले मुलुकमा संसदकै सबैभन्दा ठूला दुई दलहरु मिलेर बनेको सरकार छ । अझ भनौँ मुलुकमा सबैभन्दा ठूल–ठूला संघर्ष गरेर इतिहास र विरासत बनाएका दलहरु काँग्रेस र एमाले नै सरकारमा साझेदारी गरिरहेका छन् । यीनै दलहरुको सहकार्यमा बनेको सरकारले जनताको सेवा र देशमा सुशासन स्थापित गर्नेमा जोड दिने अपेक्ष गरियो ।...
प्रचण्डको नौलो–नौलो कनेक्सन ! बैठकभित्रै यस्तो चिरफार !
प्रचण्डको नौलो–नौलो कनेक्सन ! बैठकभित्रै यस्तो चिरफार ! नेकपा माओवादी केन्द्रले एक वर्षपछि महाधिवेशनमा जाने गरि विभिन्न अभियानमा केन्द्रित हुने निर्णय गरेको छ । केन्द्रीय समिति बैठकबाट माओवादी केन्द्रले नयाँ विचारको संश्लेषण सहित जनतामा जाने र पार्टीलाई अब्बल बनाउदै लैजाने भनेको छ । समग्रमा माओवादीका आगामी योजनाहरु कस्ता छन् त ? 
सरकारले नसुनेको गगनको आवाज ! अपनत्वमा कांग्रेसको चुक !
सरकारले नसुनेको गगनको आवाज ! अपनत्वमा कांग्रेसको चुक ! नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पटक–पटक भनिरहेका छन, जनताले देखे सुनेका सबै भ्रष्टाचारका प्रकरणको अनुसन्धान गरौं । तर, सरकारले यस्ता विषयलाई प्राथमिकतामा भने राखेको देखिन्न । गगनले गर्ने यस्ता टिप्पणीलाई पार्टीले किन अपनत्व लिन चाहेको छैन त ? 
फेरि भित्रभित्रै जाल बुन्दै मधेशवादी दल ! कुन नेताको स्वार्थ के ? 
फेरि भित्रभित्रै जाल बुन्दै मधेशवादी दल ! कुन नेताको स्वार्थ के ?  मधेश केन्द्रित दल र क्षेत्रिय दलहरु एकता, मोर्चावन्दी र मिलापका बाटाहरु खोज्न थालेका छन् । संविधान संशोधनको विषयमा गर्मागर्मी चल्न थालेपछि उनीहरुले सकेसम्म एकीकृत धारणा निर्माण गर्दै एकतासम्मको बाटो तय गर्ने गरि एकजुट हुने कोसिस गर्न थालेका हुन् । 
Weather Update