माओवादी केन्द्रले ‘जनतासँग माओवादी’ अभियान चलाउने
मंगलबार, पुस २३, २०८१
जनताले सुनेका सबै भ्रष्टाचार काण्डहरूको छानविन गरौँ : महामन्त्री थापा
मंगलबार, पुस २३, २०८१
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकले सुनेका भ्रष्टाचारका सबै काण्डहरुको छानविन गर्नुपर्ने बताएका छन् । मंगलवार नेपाल प्रजातन्त्र सेनानी संघ वागमती प्रदेशको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रस्ताव अघि सारेका हुन् ।
आम नागरिकहरुले भ्रष्टाचारकै कारण देशले गति लिन नसकेको भनिरहेको बेलामा जनताले सुनेका सबै भ्रष्टाचार काण्डहरुको अख्तियार मार्फत वा...
एमालेमा प्रश्न : नेतृत्वबाटै गुटबन्दी, गुटकै आधारमा टिकट ?
मंगलबार, पुस २३, २०८१
नेकपा एमालेको आइतबारदेखि जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल–बहस चलिरहेको छ । छलफलमा भाग लिएका नेताहरुले पार्टी कार्यालय बनाउँदा विवादित व्यवसायीबाट जग्गा दान लिएको विषयदेखि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन लागिएको विषय जोडतोडले उठाइरहेका छन् । उनीहरुले विवादित ब्यापारीबाट जग्गा दान लिएको विरोध...
ओलीको प्रतिवेदनमै प्रचण्डविरुद्ध गम्भीर आरोप, रास्वपा पनि संघीयताको पक्षमा
सोमबार, पुस २२, २०८१
ओलीको प्रतिवेदनले उपनिर्वाचनका क्रममा एमालेले आफ्ना ७ जनप्रतिनिधि रिक्त भएको र सट्टामा ८ स्थानमा विजयी भएको उल्लेख छ । उक्त परिणाम उपलब्धिमूलक नै रहे पनि सहरी क्षेत्रका मतदातामा भने एमालेप्रतिको आकर्षण घट्नु गम्भीर विषय भएको उनले औल्याएका छन् । विगतमा जितेका वडामध्ये एउटामा मात्र विजय कायम हुनु र काठमाडौँको कीर्तिपुर...
ओलीको राजनीति प्रतिवेदनबाट युवा नेताहरु उत्साहित !
सोमबार, पुस २२, २०८१
नेकपा एमालेको सचिवालय बैठकले नेता भीम रावललाई पार्टीबाटै निश्कासित गरेपछि पहिलो पटक केन्द्रीय समितिको बैठक शुरु भएको छ ।
तीन दलको बैठकमा घोचपेच, एमाले माओवादीलाई कांग्रेस प्यारो !
सोमबार, पुस २२, २०८१
पुस २१ गते तीन ठूला पार्टीका केन्द्रिय समिति बैठकले विभिन्न तरङ्ग पैदा गरिरहेका छन् । एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय समिति बैठकमा राजनीतिक घोचपेचलाई जोड दिइएको छ भने आफूलाई सहि साबित गराउने प्रयास गरेका छन् ।
ओलीको विश्लेषणः प्रचण्ड उग्र जातीवादी, रवि अराजक
सोमबार, पुस २२, २०८१
नेकपा एमालेको आठौं केन्द्रिय कमिटीको बैठकमा अध्यक्ष केपी ओलीले पेश गरेको ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीमाथि रोष व्यक्त गर्न धेरै बल खर्च गरिएको छ । ओलीले प्रचण्डमाथि विभिन्न आरोप लगाउदै ठूलो महत्व दिदाँ कांग्रेसमाथि भने खास चर्चा गरेका छैनन् ।
रविका मान्छे अदालत छिरे भन्दै सहकारी पीडित आक्रोशित !
सोमबार, पुस २२, २०८१
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा थुनछेक बहस जारी छ । बहसका क्रममा जाहेरी पक्षलाई अदालत प्रवेशमा कडाई गरिएको तथा प्रतिवादी रवि लामिछानेका जो कोही व्यक्ती पनि इजलास प्रवेश गरेको भन्दै सहकारी पीडितहरुले आइतबार अदालत अगाडि धर्ना दिएका छन् ।


