परराष्ट्रमन्त्री डा. आरजु ५ दिने भारत भ्रमणका लागि प्रस्थान
आइतबार, भदौ २, २०८१
गाजा युद्धविराम सम्झौताका लागि इजिप्ट र फ्रान्सको संयुक्त आह्वान
आइतबार, भदौ २, २०८१
इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसी र भ्रमणमा रहेका फ्रान्सेली विदेशमन्त्री स्टेफन सेजोर्नले शनिवार कायरोमा गाजा युद्धविराम सम्झौतामा पुग्न जारी वार्ताको अवसरलाई सदुपयोग गर्ने महत्वलाई जोड दिएका छन् । सम्झौतामा पुग्दा रक्तपात र क्षेत्रीय वृद्धिलाई रोक्न सकिने उनीहरुले बताए ।
टान नेतृत्वका लागि रस्साकस्सी, पर्यटनको एजेण्डासहित मैदानमा
आइतबार, भदौ २, २०८१
ट्रेकिङ व्यवसायीहरुको साझा संस्था ‘ट्रेकिङ एजेसिन्ज एसोसियसन अफ नेपाल’ (टान) को नयाँ नेतृत्वको लागि रस्साकस्सी चलिरहेको छ । आगामी भाद्र १७ गते हुने टानको निर्वाचनका लागि विभिन्न समूहले प्यानल घोषणा गरिरहेका छन् । शनिवार मात्रै राजेन्द्र सापकोटा समूहले प्यानल घोषणा गर्दै आफ्नो एजेण्डा सार्वजनिक गरेको छ ।
संविधान संशोधनबारे जसपा नेपालको खाका
आइतबार, भदौ २, २०८१
सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरु संविधान संशोधन समयको माग रहेको भन्दै संविधान संशोधनमा जोड दिइरहेका छन् । कांग्रेस–एमाले गठबन्धन पनि संविधान संशोधन प्रयोजनकै लागि भएको नेताहरुले बताइरहेका छन् ।
उपाधि कब्जामा सबैका आ–आफ्नै दाउ, मैदान रणनीति कसको कस्तो ?
आइतबार, भदौ २, २०८१
आईतवारबाट नेपालमा साफ यू–२० पुरुष फुटबल च्याम्पियनसिप शुरु हुँदैछ । नेपालसहित सहभागी ६ राष्ट्रले साफ यु–२० च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास गर्दै आफूहरू तयार रहेको बताएका छन् ।
माओवादी केन्द्रमा प्रचण्ड–जनार्दन टकराव सतहमै
आइतबार, भदौ २, २०८१
दश वर्षे सशस्त्र संघर्ष हुँदै माओवादी शान्ति प्रक्रियामा आएको पनि १८ वर्ष भएको छ । तर माओवादी शान्ति प्रक्रियामा आएपछि भने माओवादी एक ढिक्का हुन सकेन ।
उज्यालो अभियानको परिणामः छिट्टै सत प्रतिशत विद्युतीकरण
आइतबार, भदौ २, २०८१
नेपालमा केही वर्षअघिसम्म लामो समयको लोडसेडिङले आक्रान्त थियो । तर विद्युतीय क्षेत्रमा उचित ब्यवस्थापन गरिँदा लोडसेडिङको समस्या अन्त्य भयो । विद्युत भएको ठाउँमा लोडसेडिङको पीडा र कतिपय तराईका सुगम ठाउँमा समेत विजुली पुग्न सकेको थिएन ।
कीर्तिपुरमा जात्राको रौनक, देविदेवताका नाचले उल्लास
आइतबार, भदौ २, २०८१
हरेक वर्षझै यस वर्ष पनि सिंह संक्रान्तिका दिन कीर्तिपुर नगरवासीको सुरक्षाका लागि बाघ भैरवको पूजा गरिएको छ । यस दिन विहानै बाघ भैरवको पूजा गरि साँझ जात्रा उत्सव गरिएको छ ।
३० महिनामा सक्नेगरी गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालामा काम शूरु
शनिबार, भदौ १, २०८१
चितवनको रामपुरमा दुई वर्षदेखि अलपत्र परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा थप पूर्वाधार निर्माणका काम सुरु भइसकेको छ । संघ, प्रदेश र स्थानीय तीन वटै सरकारको वित्तीय साँझेदारीमा रंगशाला निर्माण गर्ने गरी भरतपुर महानगरपालिकाले ठेक्का सम्झौता गरेपछि निर्माण कम्पनीले काम थालेको हो ।
फेवातालकी ‘मोहिनी’ तालबाराही कहिलेसम्म लुप्त ?
शनिबार, भदौ १, २०८१
पर्यटकीय राजधानी पोखरास्थित फेवातालको बीचमा रहेको प्रसिद्ध तालबाराही मन्दिरको पुनःनिर्माणको गति सुस्त भइरहेको छ । फेवातालको सानो टापुमाथि प्यागोडा शैलीको मन्दिरले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने गथ्र्यो तर, यो मन्दिर भत्काएको २ वर्ष पुग्नै लाग्दा पनि पुनःनिर्माणको गति सुस्त छ ।


