News 24 Television
सीबी लामा पक्राउले नयाँ मोड, अब को–को बाँकी ?
सीबी लामा पक्राउले नयाँ मोड, अब को–को बाँकी ? कान्तिपुर बचत तथा ऋण सहकारी र पशुपति बचत तथा ऋण सहकारीको बचत ठगी आरोपमा चन्द्रबहादुर (सीबी) लामा पक्राउ परेका छन् । 
विद्यालयमा बुक कर्नर, पूस्तकको ठाउँमा धुलै–धुलो
विद्यालयमा बुक कर्नर, पूस्तकको ठाउँमा धुलै–धुलो नेपालमा विद्यार्थीहरुमा पठन संस्कृति निकै कम छ । त्यसमा पनि पछिल्लो समय इन्टरनेटको लतका कारण पूस्तक पढ्ने प्रचलन हराउँदै गएको छ । 
जनप्रतिनिधिकै सेटिङमा नदीजन्य पदार्थको उत्खनन् 
जनप्रतिनिधिकै सेटिङमा नदीजन्य पदार्थको उत्खनन्  सर्लाहीको लालबन्दी नगरपालिकास्थित कालिन्जोर र फुलजोर खोलामा केही समयता अवैध उत्खनन् भइरहेका छन् । 
पेट्रोलियम पदार्थ अन्वेषण : दर्जनौँ कामदार उत्खननमा व्यस्त
पेट्रोलियम पदार्थ अन्वेषण : दर्जनौँ कामदार उत्खननमा व्यस्त जिल्लाको भैरवी गाउँपालिका– १ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौँ कामदार एवं प्राविधिक जुटेका छन् ।  उत्खखनका क्रममा दुई सय १८ मिटर ड्रिलिङ भएको छ । ड्रिलिङ चार हजार पाँच सय मिटरसम्म गरिने खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलले बताए । 
भारतमा बढ्दो तापक्रमले स्वास्थ्य संकट निम्त्याउने चेतावनी
भारतमा बढ्दो तापक्रमले स्वास्थ्य संकट निम्त्याउने चेतावनी भारतमा बढ्दो तापक्रमले देशका भीडभाडयुक्त सहरहरूमा स्थितिमा प्रतिकूल प्रभाव पारिरहेको छ । साथै चरम गर्मी द्रुतरूपमा सार्वजनिक स्वास्थ्य सङ्कटको विषय बनिरहेको विज्ञहरूले बिहीबार बताएका छन् ।      भारतका धेरै सहरले ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रमका साथ अत्यधिक गर्मीको लहर झेलिरहेका छन् ।
सन्दीपको भिसा पटक-पटक रिजेक्ट किन ?
सन्दीपको भिसा पटक-पटक रिजेक्ट किन ? नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकाले पुनः अस्वीकार गरेको छ । बिहीबार साढे ४ बजे अन्तर्वार्ताका लागि अमेरिकी दूतावास गएका सन्दीपलाई भिसा दिन अमेरिकाले पुनः अस्वीकार गरेको हो । उनलाई यसअघि जेठ ९ गते समेत अमेरिकाले  भिसा दिन अस्वीकार गरेको थियो । 
पोखरामा कौडीको भाउमा सरकारी जग्गा, मिलेमतोमा को–को ?
पोखरामा कौडीको भाउमा सरकारी जग्गा, मिलेमतोमा को–को ? सार्वजनिक जग्गामा पहुँचवालाहरुले गिद्दे नजर लाउने त सामान्य भयो, तर सार्वजनिक सम्पत्तिको रक्षा गर्ने निकायले नै आफ्नै जमिन आर्थिक चलखेल गर्दै कौडीको मोलमा निजी क्षेत्रलाई सुम्पिने प्रवृति पनि बढ्दै गएको छ । पोखरामा पनि यस्तो प्रवृति देखिएकाले अहिले सरकारी जग्गा निजीलाई कौडीको मोलमा दिने भन्दै चौतर्फी विरोध भइरहेको छ । 
मधेसबाट सत्ता समीकरण भत्काउने कांग्रेस रणनीति
मधेसबाट सत्ता समीकरण भत्काउने कांग्रेस रणनीति जनता समाजवादी पार्टी (जसपा) नेपालले संघ सरकारको समर्थन फिर्ता लिएपछि नेकपा एमाले र माओवादी केन्द्र मधेस सरकारबाट बाहिरिएको थियो । एमाले र माओवादीले सरकारको समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेसले मधेसको नेतृत्व लिने प्रयास गरिरहेको छ । कांग्रेसले जसपा नेपाल र लोसपाको साथ पाएपछि नेकपा एकीकृत समाजवादीको पनि समर्थन खोजेको छ...
Weather Update