News 24 Television
सि:सेक्पा कप २०८२ फुटसल प्रतियोगिता सम्पन्न, आङ्बुहाङ एफसी बन्यो च्याम्पियन

काठमाडौं। सिसेक्पा कप पुरुष तथा महिला फुटसल प्रतियोगिता – २०८२ शनिबार सम्पन्न भएको छ । याक्थुङ युवा मञ्च जिल्ला कार्यासमिति काठमाडौंको आयोजनामा सम्पन्न फुटसल प्रतियोगिता शुक्रबार र शनिबार दुई दिन संचालन भएको थियो  ।

1-1753690733.jpg
पुरुष फुटसल प्रतियोगिता ललितपुरस्थित फुट्सल भिलेज र महिलातर्फको सेमिफाइनल अघिको प्रतियोगिता टर्फ पार्क फुटसलमा सम्पन्न भएका थिए । यद्यपि सेमीफाइनल पछिका महिलातर्फको पनि सबै खेल फुट्सल भिलेजमै सम्पन्न भएको थियो । प्रतियोगितामा पुरुष तर्फ आङबुहाङ एफसी च्याम्पियन बनेर रु ८० हजार  तथा मेडल ट्रफी प्राप्त गरेको थियो ।

mahila-1753690636.jpg
यस्तै फस्ट रनरअप बनेको विआर ब्रदर्श फुटसल क्लबले ४० हजार तथा मेडल ट्रफी प्राप्त गरेको थियो । उता महिला फुटसलतर्फ भने सङ्कटा एफसी च्याम्पियन बनेको थियो । उसले २५ हजार मेडल ट्रफी प्राप्त गर्यो । त्यस्तै उपविजेता क्रिजल एफसीले १५ हजारसहित मेडल ट्रफी प्राप्त गर्यो ।

purnima-2-1753690664.jpg
उक्त प्रतियोगिता पुरुषतर्फ छैटौँ संस्करणको हो भने महिला विधातर्फ पहिलो पटक आयोजना गरिएको याक्थुङ युवा मञ्च काठमाडौं जिल्ला कमिटि  सचिव विजय खुदाङले बताए । यसपटक पुरुष प्रतियोगितका लागि ४८ टिमले सहभागीता जनाएका थिए भने महिलातर्फ २२ टिमको सहभागीता थियो  ।

पूर्णिमा राईलाई सम्मान 

याक्थुङ युवा मञ्चले सि–सेक्पा कपको अवसरमा यू–२० नेपाली राष्ट्रिया टिमकी फरवार्ड पूर्णिमा राईलाई पनि नगदसहित सम्मान गरेको छ।

purnima-1753690683.jpg
बंगलादेशमा भर्खरै सम्पन्न साफ – यू २० महिला च्याम्पियनसीपमा सर्वाधिक गोलकर्ता बनेकी पूर्णिमालाई याक्थुङ युवा मञ्चले १५ हजार नगदसहित सम्मान गरेको हो । पूर्णिमालाई लिम्बु हरुको मौलिक पहिचान सिलाम साक्मासमेत प्रदान गरिएको सचिव खुदाङले बताएका छन् । 

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update