News 24 Television
अन्तर्राष्ट्रिय कराते प्रतियोगिता खेल्न जाने खेलाडीको बिदाइ

काठमाडौँ । यही अगस्ट ७ र ८ तारिखका दिन श्रीलंकाको रत्नापुरामा हुने पाँचौँ खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता २०२५ मा भाग लिन जाने ५ खेलाडीहरुलाई मंगलवार बिदाई गरिएको छ ।

नेपाल वादोरियो कराते डो संघमार्फत प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदाई गरेका छन् । नेपाल वादोरियो कराते डो संघका अध्यक्ष तथा प्रमुख प्रशिक्षक हरिशरण केसीको नेत्तृत्वमा नेपाली खेलाडीको समूह बुधवार विहान श्रीलंका जाँदैछ ।

विदाई कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतियोगितामा पदक जितेर आउन खेलाडीहरुलाई शुभकामना दिएका छन् । 

संघका अध्यक्ष तथा प्रमुख प्रशिक्षक हरिशरण केसीले नेपालमा खेलाडीहरुले भोगिरहेको समस्याको बारेमा प्रचण्डलाई जानकारी गराए । त्यस्तै वादोरियो करातो संघले नविकरणमा भोगिरहेको समस्या समाधानका लागि पहल गरिदिन पनि केसीले आग्रह गरेका छन् । 

नेपालबाट श्रीलंका जाने खेलाडीहरुमा ८० केजी तौल समूहमा पासाङ ग्याल्जेन थोक्रा, ६१ केजी तौल समूहमा उर्शला पहरी, ५२ केजी तौल समूहमा निशान घले, ५० केजी तौल समूहमा अर्पना मगर र ४० केजी तौल समूहमा आरोन शेरचन रहेका छन् ।

खेलाडीहरुको विदाई कार्यक्रम पूर्वगृहमन्त्री तथा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत, नेपाल कराते महासंघका पदाधिकारी लगायत सहभागि थिए । 

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  १९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update