News 24 Television
एनपीएल अक्सन धमाकेदार हुँदै ! आदिलमा सबैको नजर, विक्री हुने सीधै लखपति ! 

काठमाडौं । दोस्रो संस्करणको नेपाली प्रिमियर लिग एनपीएललाई लिएर सर्वत्र चर्चा सुरु भएको छ । आठ टोली सहभागी हुने एनपीएलमा क्रिकेट खेलाडी र समर्थक प्रतिक्षामा छन् । अहिले एनपीएलकै लागि अक्सन आयोजना हुनेथालेसँगै क्रिकेटको माहोल थप गरमाएको छ । 

नेपाली प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको तयारी तीव्र बनेसँगै क्रिकेटको चर्चा र अड्कलबाजी पुन बढ्न थालेको छ । नेपाल क्रिकेट संघ क्यानले एनपीएलको तयारी थालेसँगै क्रिकेट प्रेमीहरु उत्साह र प्रतिक्षामा छन् । त्यसमाथि पनि आउने शनिबार अक्सन आयोजना हुँदैछ । यसले झनै खेलाडीलाई एकैपटक लखपति बनाइदिने छ । 

एनपीएल चर्चा : ३७ क्रिकेटर एकैपटक लखपति बन्ने 

नेपालमा क्रिकेट खेलेर लखपति बन्न सकिने कुरा केहि वर्ष अघि सपना जस्तो लाग्थ्यो । तर समय बदलीएको छ । हो, नेपालमा क्रिकेट खेलेर लखपति बन्न सकिन्छ । त्यति मात्रै होइन् घर–गाडी जोहो गर्न सकिन्छ । त्यसको प्रमुख माध्यम बनेको छ, नेपाल प्रिमियर लिग एनपीएल । नेपाली क्रिकेटको सवौच्च निकाय नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने एनपीएलको दोस्रो संस्करणमा ३७ जना नेपाली खेलाडी लखपति बन्दैछन् । 

क्यानका अनुसार अक्सन सूचीमा १ सय ५० जना नेपाली खेलाडीको नाम समावेश छ । ती मध्ये ३७ जना खेलाडीको भाग्य चम्किनेछ । अझ भनौँ लखपति बन्नेछन् । क्यानले दर्ता भएका ४५८ खेलाडीबाट १५० जनालाई सर्टलिस्टमा समावेस गरेको हो । जसमध्ये ८ जना खेलाडी ‘ए’ श्रेणीमा छन् । ३५ जना खेलाडी ‘बी’ श्रेणीमा हुँदा मा १ सय ७ जना खेलाडी ‘सी’ श्रेणीमा छन् । एनपिएलमा सहभागी ८ टोलीले डेढसय नेपाली खेलाडी माथि बोली लगाउने छन् । 

कुन श्रेणीमा कति खेलाडी ?

दोस्रो संस्करणको एनपीएलमा ३७ नेपाली खेलाडी लखपति बन्दा ११३ जना खेलाडीको हात खाली हुँनेछ । ८ जना ‘ए’ श्रेणीका खेलाडी मध्य चार जनाको भाग्य चम्किने छ । यसो हुँदा चार जना ‘ए’ श्रेणीका खेलाडी रितो हात हुने पक्का हो । ‘बी’ श्रेणीका ३५ जना मध्य २३ जनाको भाग्य चम्किदा १२ जना निरास हुनुछन् । यस्तै ‘सी’ श्रेणीका १ सय ७ जना खेलाडी मध्य १० जनाको भाग्य खुल्दा ९७ जना निरास हुने पक्का हो । 

श्रेणी ‘ए’ – ४

श्रेणी ‘बी’ – २३

श्रेणी ‘सी’ – १०

श्रेणी अनुसार न्युनत्तम र अधिकत्तम मूल्य कति ?

अक्सनमा ३७ जना खेलाडी लखपति बन्दा श्रेणी ‘ए’का ४ जना खेलाडीले न्युनतम १० लाख देखि अघिकतम १५ लाख सम्मको बोली लाग्नेछ । श्रेणी ‘बी’का २३ जना खेलाडी माथि न्युनतम ५ लाख देखि अधिकतम १० लाखको बोली लाग्नेछ । यस्तै, श्रेणी ‘सी’का १० खेलाडी माथि न्युनतम २ लाख देखि अधिकतम ५ लाख सम्मको बोली लाग्नेछ । 

श्रेणी ‘ए’ न्युनत्तम रु. १० लाख – अधिकत्तम रु. १५ लाख

श्रेणी ‘बी’ न्युनतम रु. ५ लाख – अधिकत्तम  रु. १० लाख

श्रेणी ‘सी’ न्युनतम रु. २ लाख – अधिकत्तम  रु. ५ लाख 

रु. १० लाख देखि रु. १५ लाखमा ‘सोल्ड आउट’ सक्ने चार खेलाडी को–को ?

क्यानले सार्वजनिक गरेको ए श्रेणीमा ‘सोल्ड आउट’ को सम्भावनाका खेलाडीहरु

१. आदिल आलम 

२. देव खनाल

३. पवन सर्राफ 

४. शरद भेषावकर 

५. सुनाम गौतम 

६. दिलिप नाथ 

७. अर्जुन साउद 

८. सूर्य तामाङ 

यि मध्ये चारजना खेलाडी मात्रै अनुबन्ध हुनेछन् ।

दोस्रो संस्करणको एनपीएल भब्य बनाउन क्यान लागि परेको छ । क्यानले छिट्टै मिति तय गर्ने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२  ०९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update