
वीरगञ्ज,पर्सा । ‘वत्सालय एभरेष्ट महिला भलिबल लिग २०२५’ को दोश्रो संस्करणमा मधेश युनाईटेडले सहभागिता जनाउने भएको छ ।
शुक्रबार मुलुकको प्रमुख प्रवेशद्वार वीरगञ्जको शंकराचार्य गेट अगाडि मधेश स्पोर्टस प्रा.लिद्वारा स्थापित मधेश युनाईटेडले पत्रकार सम्मेलनको आयेजना गर्दै सो जानकारी दिएको हो ।
नेपालको पर्यटकिय राजधानी पोखरामा आगामी भाद्र २० गतेदेख्ी २८ गतेसम्म आयोजना हुने एभरेष्ट महिला भलिबल लिग २०२५ मा मधेशले आफ्नो पहिचान स्थापित गर्ने टिमका संचालक गोभिन्द साहले बताए । यो केवल प्रतियोगिता मात्र नभई सम्रग मेधशका महिलाहरुलाई खेल क्षेत्रमा पनि सहभागिता जनाउन अभिप्रेरित गर्ने आफूहरुको उदेश्य रहेको बताए ।
यस्तै मधेश युनाईटेडका अर्का संचालक संजय अग्रवालले विभिन्न खेल प्रतियोगिताहरुमा मधेशको बढ्दो सहभागिताले मधेश केवल अर्थतन्त्रका लागि मात्रै नभई राष्ट्रिय स्तरका खेलाडीहरु पनि उत्पादन गर्न सक्ने क्षमता भएको क्षेत्र रहेको भन्ने जानकारी मुलुकलाई दिन चाहेको बताए । यस प्रतियोगिताले मधेशका महिलाहरुमा आत्मविश्वास थप बढ्नेमा आफू विश्वस्त रहेको बताए ।
मिस नेपाल इन्टरनेशनल २०१७ तथा मेधश युनाईटेडका ब्राण्ड एम्बेसडर नीति साहले मधेशको माटो आफूलाई अत्यन्तै मनपर्ने हुँदा टिममा जुड्न पाउँनु गर्व लागेको बताईन् । उनले खेल अभ्यासको क्रममा मेधश युनाईटेडका टिममा देखिएको उर्जाले यसपटकको ट्रफी मेधशले उच्चाल्नेमा आफू विश्वस्त रहेको बताईन् ।
यस्तै मधेश युनाईटेड टिमकी मार्की प्लेयर निरुता ठगुन्नाले विगतका अनुभव, बलियो रणनीति र नयाँ सोचका साथ जित्ने उदेश्य लिएर आफूहरु मैदानमा उत्रन् तयार रहेको बताईन् ।
११ सदस्य रहेको टिममा ३ जना भने विदेशी खेलाडी रहेका छन् ।