
बारा । बाराको टांगिया बस्तीका बासिन्दा बन्धक जस्तै बनेका छन् । अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रस्ताव गरेको वर्षौं बितिसक्दा पनि काम शुरु नभएकाले अहिले उनीहरु बन्धक जस्ता बन्न पुगेका हुन् ।
भौगोलिक र सेवासुविधामा पहुँचका हिसाबले तराईको सुगम ठाँउमा पनि दर्गम गाउँको छ भन्ने कुरा झट्ट विश्वास गरिहाल्दैनन्, सबैले । तर, बाराको जितपुरसिमरा उपमहानगरपालिका १६ टाँगिया वस्तिमा न टेलिफोनको नेटवक छ, नत राम्रो खानेपानी नै । पूर्वपश्चिम लोकमार्गबाट करिब ४ किलोमिटर दक्षिणभित्र मात्रै रहेको यस गाँउमा अहिलेसम्म दुरसंचार पुग्न सकेको छैन । अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रस्ताव गरेसंगै टांगियाबस्तीको बिकासमा भने बन्देजमा पर्याे ।
वर्षौं बितिसक्दा कामले गति नलिदा यस बस्तीका बासिन्दा बन्धक बने, घर बनाउ भने सरकारले अन्यन्त्रै सार्ने हाल्ला छ, नबनाउ भने पुरानो घरमा बस्न मिल्ने अवस्था नरहेको भन्दै विलौना गर्छन्, स्थानीय ।
विमानस्थल क्षेत्रभित्र रहेको मध्ये टाँगिया सबै भन्दा ठुलो वस्ति हो । ८ हजार भन्दा बढी जनसंख्या बसोबास रहेको वस्ति करिव ६५० विगाह क्षेत्रमा फैलिएको छ । सरकारी योजनाकै कारण बस्तीबाट अन्यन्त्र स्थानान्तरण हुनुपर्ने भएकाले टांगियाका बासिन्दा वर्षौंदेखि पूर्वाधारबाट वञ्चित हुँदै आएका हुन । यही कारण टांगियामा विकास निर्माणको काम लगभग ठप्प छ । खानेपानी,सडक र शैक्षिक पूर्वाधार विमानस्थलको योजनाकै कारण बन्न सकेको छैन ।
खानेपानी, सडक र शैक्षिक पूर्वाधार त परैको कुरा भए । यस भेगमा त फोनको समेत सुबिधा छैन । सरकार ठुला कुरा गर्छ, ठुलो विमानस्थल निर्माण गर्छु भन्छ तर, जनताका आधारभुत आवश्यकता समेत पु¥याउन सकेको छैन ।
पूर्वाधार निर्माणसँगै अन्यत्रको मुअब्जा समेत वितरण भइसक्यो । ३ दशक भयो कुरा गरेको तर, व्यवस्थापन गर्न सरकारले चासो नदेखाएकोप्रति टाँगियावस्ति सरोकार समितिका संयोजक रमेश सापकोटा आक्रोश व्यक्त गरेका छन् । विमानस्थल निर्माण होईन, यही ठाँउको लालपुजा र विकास चाहाने उनको भनाइ छ ।
निजी लगानी सम्बन्धी परियोजना समन्वय समितिको ०६४ माघको सिफारिस अनुसार सरकारले त्रिवर्षीय योजना ०६४–६७ मा नेपाल प्रवेश गर्ने वैकल्पिक अन्तर्रा्ष्ट्रिय हवाई मार्गका लागि बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने घोषणा गरेको थियो ।
यस विमानस्थल निर्माणले यहाँका जनता र मलुकको भाग्य र भविष्य उज्वल हुने मात्रै नभई सोझै अन्य मुलुकसंग नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध रहन्छ । तामागढी क्षेत्रको जंगल फडानी पछि रोपिएका विरुवा गोडमेलसंगै बाली समेत लगाउन पाउने गरी वन कर्मचारीले २०३१ सालतिर सिन्धुली, रामेछाप, काभ्रे लगायत जिल्लाका सुकुम्बासीलाई ल्याएर वस्ति बसाएका थिए । बिरुवा हुर्केपछि अन्यत्र सार्ने भनिएपनि तत्काल उचित प्रवन्ध हुन नसक्दा वस्तिले स्थायी रुप लिएको थियो ।