News 24 Television
केरा किसान आन्दोलनमा उत्रिँदै, आइतबारदेखि गाडी कब्जा

काठमाडौं । केरा खेतीमा लागेका किसानको विजोग झन्झन् बढ्दै गएको छ । प्रत्येक वर्ष केरा खपत हुने समयमा नेपाल सरकारले भारतीय उत्पादनलाई सहज रुपमा वैधानिक तरिकाले भित्रिन दिँदा स्वदेशका किसान विस्थापित नै हुने अवस्थामा पुगेका छन् । 

नेपाल कृषि प्रधान देश हो भन्दै नारा घन्काउने सरकारले किसानलाई सहज हुने काम भने प्राय गर्ने गरेको छैन । सरकारको नीतिगत कमजोरीकै कारण अहिले फेरि केरा खेतीमा लागेका किसानहरुको विजोग भइरहेको छ । 

देशको नगदेवालीका रुपमा तत्काल अम्दानीको श्रोतमा बनेको केरा खेती  व्यवसायमा अहिले सरकार फेरि बाधक बनिरहेको आरोप लगाउँदै किसानहरु आन्दोलनको तयारीमा रहेका छन्  । सिजनकै समय सरकारले भारतमा उत्पादित केरालाई नेपाल ल्याउन सहज हुने वातावरण बनाइदिएपछि आफुहरु मारमा परेको भन्दै पश्चिम नवलपरासीका केरा किसान आन्दोलनको तयारीमा जुटेका हुन् । भारतीय उत्पादनलाई नियन्त्रण, नियमन गर्न बारम्बार अनुरोध गरेपनि हालसम्म सरकारले चासो नदिएको गुनासो किसानले गरिरहेका छन । समस्या समाधानका लागि किसानले ध्यानाकर्षण पत्र बुझाउनेदेखि अन्य प्रयास गर्दैआएका छन् । 

नवलपरासीमा केरा खेती र बजार अवस्था

पश्चिम नवलपरासीमा १८ सय २५ विगाहामा केरा खेति गरिन्छ । यहाँका ३७ सय २५ किसान केरा खेतिमा आवद्ध भएका छन । प्रतापपुर, सरावल, सुस्ताका किसान सरकारले ऊखुँ किसानलाई गरेको व्यवहारका कारण केराखेति तर्फ उत्साहित भएका थिए । हाल पश्चिम नवलपरासीमा मात्र १ लाख ४ हजार २५ मेट्रीक टन उत्पादन रहेको छ भने दैनिक करिब ५ सय ७८ मे.टन विक्री भएपनि दैनिक करिब १ सय ३३ मे.टन केरा विक्री हुन सकेको छैन । जसका कारण केरा हरेक दिन खेतमै पाकेर झरिरहेको छ । 

बजारमा न सहज रुपमा मल पाईन्छ, न विऊ विजन । दुःख गरेर किराबाट जोगाऊदै विक्री वितरण गर्ने समयमा केराले उचित भाऊ पाऊन सहज छैन । महगोमा किनिएको विऊ विजन, विषादिका कारण लागत उत्पादन नेपालमा भारतको तुलनामा अध्यधिक बढि रहेको किसानहरुको गुनासो छ । 

यता, सरकारका अधिकारीहरु भने सहजिकरणको साटो उल्टै तपाईहरु आफै निकास खोज्नु भन्ने जवाफ दिन्छन् । 

अबपनि सरकारले भारतीय उत्पादन नरोके  किसानहरु आईतबारदेखि नै भारतिय गाडी नियन्त्रणमा लिने तयारीमा छन् । त्यसपछिको असहज परिस्थितिमा जिम्मेवार सरकार नै हुने उनीहरुको आक्रोश छ । 

गत बर्ष ४५ रुपैयामा प्रतिदर्जन सम्ममा विक्री भएको केरा यस बर्ष २० रुपैया मा पनि विक्री भएको छैन । जमिन भाडामा लिएर खेति गर्दै आएका अधिकांश किसान केरा विक्री सहज नहुदाँ चिन्तित बनेकाछन् । नवलपरासीको सुस्ता र प्रतापपुरमा केरा पकेट क्षेत्रका रुपमा विस्तार गरिएको छ ।

असार देखि ६ महिना सम्म आन्तरिक उत्पादनले नेपालको माग धान्ने भएकाले भारतिय केराको आयात तत्काल रोक्न केरा उत्पादक संघले माग गरेको छ । केहि दिनमा केराको उचित विक्री वितरण हुने वातावरण नभए केरा खेतमै नष्टहुने जोखिम उच्च रहेको भन्दै किसानले सरकारलाई जतिसक्दो छिटो सहज बजारीकरणकालागि वातावरण मिलाईदिन आग्रह गरेका छन् । 

प्रकाशित मिति: आइतबार, भदौ २२, २०८२  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update