News 24 Television
जलेश्वर कारागारबाट भागेका ५७५ कैदि मध्य १० जना कैदि कारागार फर्किए

महोत्तरी । जलेश्वर कारागारबाट भागेका ५७५ कैदि मध्य १० जना कैदि कारागार फर्केका छन । जलेश्वर कारागारबाट भागेका कैदीबन्दीहरुलाई स्वेच्छाले २४ घण्टा भित्र फर्किन आग्रह गरेपछि बुधाबार रातिदेखि नै कैदीबन्दी सम्पर्कमा आउन थालेको कारागारका सूचना अधिकारी तथा निमित्त कार्यालय प्रमुख रविनचन्द्र ठाकुरले बताएका छन् । 

निमित्त कारागार प्रमुख ठाकुरका अनुसार बुधबार राति तीन जना र बिहिबार दिउँसो सम्म ७ जना गरि १० जना कैदि कारागार फर्केका हुन । महोत्तरी र धनुषा जिल्लाका लागि रहेको एकमात्र कारागार जलेश्वरका निमित्त प्रमुख ठाकुरले बुधबार साँझ एक अपिल जारी गर्नुहुँदै २४ घण्टा भित्र स्वेच्छाले कारागार फर्किन अपिल जारि गरेका थिए ।

सो अपिलमा २४ घण्टा भित्र नफर्किने कैदिहरुलाई कानून अनुसार कारवाही हुने भनिएपछि धमाधमा भागेका कैदिहरुको अभिभाक तथा कैदिवन्दिहरु अस्पताल प्रशासनको सम्पर्कमा आउन थालेको कारागार प्रमुख ठाकुरले  बताए । 

यही भदौ २४ गते साँझ आन्दोलनलनकारीहरुले जलेश्वर कारागार कब्जामा लिएपपछि  ५७६ कैदीबन्दीमध्ये ५७५ कैदीबन्दी भागेका थिए । 

मङ्गलबार साँझ ७ बजे लाठी र बाँसको भाँटा सहित आएका आन्दोलनकारीहरुले शुरुमा कारागारको बाहिरी मुल गेटमा आएर कैदिहरु मध्ये मधेस आन्दोलनको क्रममा मारिएका सशस्त्र प्रहरी थमन विक हत्यामा संलग्न रहेका आरोपी पुर्व प्रदेश सांसद कौशल कुमार यादव , सजाय तोकिएका प्रदिप माझी ,संजय साह र देवेन्द्र चौधरीलाई रिहाईको माग गरेका थिए । तर पछि भिड अन्त्रित हुन पुगेको कारागार निमित्त प्रमुख ठाकुरले बताउनु भयो । अनियन्त्रित भिडले कारागारको मुल गेट भत्काएर भित्री सुरक्षा गेट सम्म पुगेका थिए । 

आन्दोलनकारी फलामे गेट सम्म पुगेको देखेर भित्र कैदिहरु पनि उग्र भएर होहल्ला गर्न थालेपछि एकापटिको फलामे गेट आन्दोलकारीले र अर्को फलामे गेट कैदिबन्दिहरुले तोडेपछि कैदिहरु पोकापन्तारा सहित भागभाग भएको थियो । 

४० जना नेपाल प्रहरी र ३५ जना सशस्त्र प्रहरीले सुरक्षा दिइ रहेको कारागारमा बल प्रयोग गर्दा ठुलो दुर्घटना निम्तिन सकेने अवस्थाको आंकलन गरि सुरक्षा निकाय पछि हटेपछि कैदिहरु फरारा भएका थिए । 

बिहिबार दिउँसो साढे बारह बजे सम्म चन्द्रदिप यादव कत्वर्य ज्यान मुद्दा , संजय साह मधेस आन्दोलनमा मारिएका सशस्त्र प्रहरी थमन विकको कत्र्वय ज्यान मुद्धा , शनत शिवाकोटी लागु औषध , वृषेश मण्डल सवारी ज्यान मुद्दा , प्रदिप साह माझि मधेस आन्दोलनमा मारिएका सशस्त्र प्रहरी थमन विकको कत्र्वय ज्यान मुद्धा , राहुल सिंह अपहरण मुद्धा , राहुल कुमार झा सवारी ज्यान मुद्धा , नारायण थापा अपहरण मुद्धा, पवन लामा र हरदेव यादव कत्वर्य ज्यान मुद्धाका कैदि कारागारमा फर्कि सकेको कारागार प्रशासनले जनाएको छ । 

मंगलबार साझ ७ वजे भएको उक्त घटनामा दिपकु कुमार यादव कत्र्वय ज्यान मुद्धामा पुर्पक्षमा रहेका सुस्त मनस्थिती रहेका कारण नभागेकोले सोहि दिन देखि कारागारमै रहेको थियो । 

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update