News 24 Television
यु–१७ महिला टोली : छनोट हुने कप्तान भूमिकाको विश्वास

काठमाडौं । नेपाली यु–१७ महिला फुटबल टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले एएफसी यु–१७ महिला एशियन कपमा छनोट हुने लक्ष्य रहेको बताएका छन् । आगामी अक्टोबर १३ देखि थाइल्याण्डमा एएफसी यु–१७ महिला एशियन कपमा छनोट शुरु हुँदैछ । सोही छनोटका लागि भएको बिदाइ कार्यक्रममा प्रशिक्षक श्रेष्ठले घरेलु टोलीलाई हराउँदै एशियन कपमा छनोट हुने लक्ष्य रहेको बताएका हुन् । 

आगामी अक्टोबर १३ देखि थाइल्याण्डमा एएफसी यु–१७ महिला एशियन कपमा छनोट शुरु हुँदैछ । सोही छनोटका लागि खेल्ने टोलीको  विदाई गरिएको छ । नेपाली यु–१७ महिला फुटबल टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले एएफसी यु–१७ महिला एशियन कपमा छनोट हुने लक्ष्य रहेको बताएका छन् ।

समूह ‘एफ’ मा रहेको नेपालले अक्टोबर १५ मा तुर्किमिनिस्तान र १७ मा थाइल्याण्डसँग प्रतिष्पर्धा गर्ने तालिका छ । एन्फाका महासचिव किरण राई यो टोलीलाई डेपलभमेन्ट टोलीका रूपमा हेर्नु सुखद् लागेको बताउँछन् । 

मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले २५ दिनको छनोटपछि २३ सदस्यीय अन्तिम टोली छनोट गरेका थिए । उक्त टोलीले गत असोज १२ गतेदेखि बन्द प्रशिक्षणमा रह्यो ।  

मिडफिल्डर भूमिका बुढाथोकी कप्तानीमा टोली छनोट गरिएको हो । गत साफमा पनि नेपालले उनकै कप्तानीमा खेलेको थियो । कप्तान भूमिकाले आफ्नो टोलीको मनोबल उच्च रहेको र प्रशिक्षकको योजनाअनुरूप खेलाडीले तयारी गरेको बताउछिन् । टिम वर्कका साथ सबै खेलाडीले खेलेको र टोलीको लक्ष्य नै छनोट हुने रहेको कप्तान भूमिकाको विश्वास छ । खेलाडीले एकअर्कालाई प्रोत्साहित गर्दै खेलेको कप्तान भूमिका बताउँछिन् । 

नेपाली यु–१७ टोलीमा स्ट्राइकर पूजा गिरी र अट्याकिङ मिडफिल्डर आयुषा रेउलेले पुनरागमन गरेका छन् । प्रशिक्षक श्रेष्ठले गत साफ यु–१७ च्याम्पियनसिप खेल्ने टोलीबाट तीन खेलाडी प्रतिस्थापन गरेका हुन् । 

प्रकाशित मिति: शनिबार, असोज २५, २०८२  ०९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update