
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा जेनजी आन्दोलनको क्रममा आगजनी तथा तोडफोडमा परेका स्थानीय पालिकाहरुले सेवा सुरु गरेका छन् । भदौ २४ गते भएको आन्दोलनको क्रममा आगजनी तथा तोडफोमा परी कैलालीमा ५ र कञ्चनपुरमा ३ गरि ८ पालिकामा पूर्ण र ३ स्थानीय पालिकामा सामान्य क्षति पुगेको थियो ।
आगजनीबाट पूर्ण रुपमा खरानी भएका सुदूरपश्चिमका पालिकाहरुमा करिब दुई हप्ता अत्यावश्यक सहित सबै सेवा बन्द भए । बस्ने ठाउँ र काम गर्न कम्प्युटर तथा फर्निचरहरु नभए पछि सेवा बन्द भएको हो । तर अहिले आगजनीमा परेका सबै स्थानीय पालिकाहरुले सेवा सुरु गरेका छन् ।
कुनै स्थानीय तहले सम्पूर्ण सेवा सुरु गरेका छन् भने कुनैले आंशीक रुपमा भए पनि सेवा सुचारु गरेका छन् । कैलालीको घोडाघोडी नगरपालिका, गौरीगंगा नगरपालिका, टीकापुर नगरपालिका, गोदावरी नगरपालिका र कैलारी गाउँपालिका आगजनी तथा तोडफोडबाट पूर्ण रुपमा नष्ट पारिएको थियो । यस्तै कञ्चनपुरको पुर्नवास नगरपालिका, कृष्णपुर नगरपालिका र शुक्लाफाटा नगरपालिका आगजनी र तोडफोडबाट पूर्ण रुपमा नष्ट भएका छन् ।
कैलालीका गौरीगंगा र घोडाघोडी नगरपालिका र कञ्चनपुरको कृष्णपुर र शुक्लाफाटा नगरपालिकाका वडाहरु समेत आग्जनी र तोडफोडबाट पुर्ण रुपमा नष्ट नष्ट भएका थियो । साथै कैलालीको लम्कीचुँहा नगरपालिका, वर्दगोरिया गाउँपालिकामा समेत आन्दोलनकारीको ढुंगा मुढाबाट सामान्य तोडफोड भएका छन् भने मोहन्याल गाउँपालिकाको सुखडस्थित गोदाममा आगजनी हुँदा केही कागजात र औषधी जलेर नष्ट भएका थियो । कार्यालयका सामाग्री जल्नुको साथै भवनहरु समेत जलेर क्षती पुगे पछि नगरपालिकाका सबै शाखाहरुको काम एउटै हलबाट एकिकृत रुपमा चलाई रहेको कञ्चनपुरको पुर्नवास नगरपालिकाले जनाएको छ ।
कार्यालयका सम्पूर्ण सामाग्री जलेर नष्ट भएको र तत्काल खरिद गर्न नसकिने अवस्था रहेकोमा विभिन्न सहयोगी दाताहरुले दिएका सामागीबाट कार्यालयका सेवा सुचारु गरिएको कैलालीको गौरीगंगा नगरपालिकाले जानएको छ ।
आगजनी र तोडफोडबाट स्थानीय पालिकाहरुमा करोडौंको क्षति भएको छ । जसका कारण जनताको नजिकको सरकारको रुपमा रहेको स्थानीय सरकारलाई जनताका अत्यावश्यक काम गर्न समेत समस्या परेको छ ।
एकातिर पुनःनिर्माणका लागी ठूलो बजेट आवश्यक पर्ने भएको छ भने अर्कोतर्फ बजेट भए पनि पुर्ननिर्माण गर्न वर्षौ लाग्ने देखिएको छ । त्यसैले पनि ककितपय पालिकाहरुमा स्थानीयहरुले आफ्नो पालिका आफै बनाउछौ भन्ने अभियान समेत सुरु गरेका छन् । कैलाली गोदावरी नगरपालिकाले यो अभियानमा ठूलो सामाग्री सहयोग जुटेको छ । साथै नगरपालिकाले चालू प्रकृतीका खर्चमा कटौती गर्नुको साथै, जनप्रतिनिधी र कर्मचारीका सेवा सुविधा कटाएर भए पनी पुर्नः निर्मामाको लागी बजेट जुटाउने जनाएको छ ।
आगजानी र तोडफोडले नष्ट भएका स्थानीय पालिकाहरुकाको सेवा सुचारु गर्न विभिन्न उद्योगी÷व्यवसायीहरु, सरकारी तथा गौरसरकारी संघसंस्थाहरु, क्लव, विद्यालय, सामुदायीक वन, सामाजिक क्षेत्र लगायतबाट सहयोग जुटिरहेको छ । क्षति भएका पालिकाहरुबाट करोडौँ क्षति भएको भनिएपनि वास्तविक तथ्यांक भने आउन बाँकी छ ।