
काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो पर्व अर्थात फूलहरुको पर्व तिहार नजिकिँदै गएको छ । तिहारमा मखमली, सयपत्री, गोदावरी फूलको माला अधिक प्रयोग हुने गर्दछ । त्यसैले फूलको व्यापार तयारीमा जुट्न थालेका छन्, फूल उत्पादकदेखि व्यापारीहरु ।
यो भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुको दृष्य हो । यहाँका अधिकांश किसान यतिबेला मखमलीको फूल टिपेर माला उन्नमा व्यस्त देखिन्छन् । नेपालीहरुको दोस्रो ठूलो पर्व अर्थात फूलहरुको पर्व तिहार नजिकिँदै गएको छ । तिहारमा मखमली, सयपत्री, गोदावरी फूलको माला अधिक प्रयोग हुने गर्दछ । त्यसैले फूलको व्यापार तयारीमा जुट्न थालेका छन्, फूल उत्पादकदेखि व्यापारीहरु ।
तिहारमा मखमली फूलको मालाको अधिक प्रयोग र माग हुने गरेको त छ, तर मागअनुसार फूल उत्पादन किसानले भने उचित मूल्य पाउन सकेका छैनन् । गुण्डुका अधिकांश किसानले मखमली फूलको खेती गरेका छन् ।
पछिल्लो वर्षमा परिश्रमअनुसार मालामा उचित मूल्य नपाएको गुनासो किसान शहदेव बस्नेतको छ । पछिल्लो तीन÷चार वर्षदेखि मालाको मूल्य क्रमशः ओरालो लागेको उनको भनाइ छ । उनकाअनुसार १० वर्ष अगाडीसम्म मालाको मूल्य प्रतिगोटा ३३ रुपैयाँसम्म थियो । तर हाल प्रतिगोटा १८ रुपैयाँदेखि २३ रुपैयाँसम्ममा माला विक्री हुने गरेको छ ।
किसान गंगा थापाको गुनासो पनि बस्नेतको जस्तै छ । उनी पनि दुःख गरेअनुसार मालाको मूल्य पाउन नसकेको बताउछिन् । २० वर्षदेखि मखमलीको खेती गर्दै आएकी उनले मालामा खासै नाफा कमाउन नसकेको बताइन् । मालाको मूल्य निधारण गर्न सरकारसँग उनको माग पनि छ ।
सरकारले दशैँमा खसी बोकाको भाउ निर्धारण गरेजस्तै तिहारमा मालाको भाउ पनि निर्धारण गर्नुपर्ने उनी बताउछिन् । यहाँका किसानले मागअनुसार फूलको उत्पादन गरेको दाबी समेत उनले गरेकी छन् । साथै उहाँका किसानलाई मखमली फूलको बीउमा समेत समस्या रहेको छ । किराले काट्ने, धेरै पानी परेमा नउम्रिने, कुहिने लगायतको समस्याले समेत सताउने गरेको छ ।
किसान निर्मला बस्नेतले गतवर्षको भन्दा यस वर्ष मालाको माग धेरै रहेको बताउछिन् । माला लिनको लागि व्यापारीहरु घरमा नै आउने उनको भनाई छ । यसवर्ष १ हजार २ सय वटा माला बेचिसकेको छ ।
उनले गतवर्ष दुई हजार माला बेचेकि थिन् । मालाको निश्चित मूल्य निर्धारण गर्नपर्नेमा राधा थापा र अनिता बस्नेतको पनि जोड छ । मालाको निर्धारित मूल्यदर नहुँदा विचौलियाहरुलाई मात्रै फाइदा भएको उनीहरुको गुनासो छ ।
फूल उत्पादक किसानलागि प्रवद्र्धन र संरक्षणका लागि सरकारले बजार अनुगमन गर्नुपर्ने आवश्यकता देखिन्छ । विचौलियाका कारण किसानले उचित मूल्य नपाउने र उपभोक्ताहरु मंहगोमा पर्ने समस्या बढ्दो छ । यसतर्फ सरकारको ध्यान जानुपर्ने देखिन्छ ।