News 24 Television
पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

पोर्चुगलमा अवस्थित नेपाल कल्चर कम्यिुनिटी कोइम्ब्राद्वारा आयोजना गरिएको तिहार विशेष सांस्कृतिक कार्यक्रम आइतबार, (अक्टोबर १९, २०२५) कोइम्ब्रामा भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता म्याक्स श्रेष्ठले गरेको थिए भने प्रमुख अतिथि पोर्चुगली प्रतिनिधि क्याटरिना पिइरेस रहेका थिए । कार्यक्रममा कोइम्ब्रा र वरपर क्षेत्रका नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सञ्चालक सन्तोष पाण्डेको प्रभावशाली प्रस्तुति र आकर्षक शैलीले कार्यक्रममा थप उत्साह र ऊर्जा भरेको सहभागीहरूले बताएका छन् । कार्यक्रममा गीत, नृत्य, कविता, तिहार विशेष भोजन र सम्मान कार्यक्रमजस्ता विविध सांस्कृतिक प्रस्तुति समावेश गरिएको थियो ।

कार्यक्रमले पोर्चुगलमा बसोबास गर्ने नेपालीहरूबीच एकता, आपसी सम्बन्ध र सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाएको आयोजक समितिले जनाएको छ । सहभागिहरुले पनि यस्ता कार्यक्रमहरूले विदेशमा रहेर आफ्नो संस्कृति, परम्परा र पहिचानलाई जोगाइराख्न महत्वपूर्ण योगदान पु¥याउने बताएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०८२  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update