काठमाडौं । विहिबार देशभर हर्षउल्लासका साथ भाइटिका मनाइएको छ । सर्वसाधारणदेखि भिआपीसम्मले भाइटिका लगाएका छन् । जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको सम्झनामा माइतीघर मण्डलामा तस्वीरमा माला लगाउँदै उनीहरुको स्मरण गरियो ।
अर्कोतर्फ राष्ट्रपतिदेखि चर्चित अनुहारले पनि भाइटिका लगाएका छन् । तर प्रधानमन्त्री सुशिला कार्कीले भने कुनै कार्याक्रम गरिनन् । यस्तोमा समग्रमा कस्तो रह्यो त भीआइपीहरुको भाइटिका ? रंगहरुको पर्व भाइटिका विहिबार देशभर धुमधामले मनाइयो । दाजुभाई र दिदिवहिनी हुनेहरुले पारिवारिक वातावरणमा हर्षउल्लासपुर्ण ढंगले भाइटिका मनाए ।
दुबै नहुने र कामका कारणले घर फर्किन नपाएकाहरुले धार्मिक मन्दीरमा पुगेर भाइटिका मनाए भने कतिपयले निधार खाली नै राखे । सर्वसाधारण, कलारकार, खेलाडीदेखि राजनीतिज्ञसम्मले भाइटिका मनाएका तस्बिर सार्वजनिक गर्दै खुसि साटेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलदेखि पुर्वप्रधानमन्त्री ओलीले भाइटिका मनाउँदा माइतीघर मण्डलामा भने सन्नाटा छाएको थियो ।
कसले–कसले मनाए भाइटिका
राष्ट्रपति रामचन्द्र पौडले शितलनिवासमा भाइटिका मनाए । राष्ट्रपति पौडेलले शुभसाइत अनुसार विहान ११ः३९ बजे बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका अर्थात् भाईटिका लगाए ।
उनको सचिवालयले भाइटिका लगाएको तस्बिर सार्वजनिक गरेको छ । जहाँ राष्ट्रपति पौडेल विचमा र दिदि वहिनी दायाँ बायाँ देख्न सकिन्छ । यसरी हेर्दा राष्ट्रपति पौडेलको तिहार हर्ष उल्लासमै सम्पन्न भएको छ ।
बाबुराम भट्टराईको भाइटिका
राजपरिवारले मनायो भाइटिका
पुर्वराजा ज्ञानेन्द्र शाह परिवारले समेत भाइटिका मनाएको छ । ज्ञानेन्द्र पुत्र पारस शाहले सामाजिक संजाल माफर्त ह्याप्पी तिहारको क्यासन लेख्दै भाइटिका लगाएको तस्बिर सार्वजनिक गरेका छन् । वरिपरि दिदिवहिनी र बीच्चमा उभिएका पारस खुसि मुद्रामा देखिन्छन् ।
जेनजीको भाइटिका
भदौँ २३ र २४ को जेनजी आन्दोलनमा ज्यान गुमाउँनेहरुको सम्झनामा तस्विरमा माइतीघर मण्डलामा भाइटिका मनाइएको छ । कलिलै उमेरमा आन्दोलनको गोलीले ज्यान गुमाउन पुगेको सहिदको सम्झनामा जेनजी प्रतिनिधिले माइतीघर मण्डलामा तस्विरमा भाइटिका लगाएका हुन् । यसले सबैको मन खिन्न हुन पुग्यो । साथै जेनजी प्रतिनिधिहरुले उनीहरुलाई सम्झिदै सबै एक ठाउँमा उभिनुपर्ने सन्देश दिएका छन् ।
प्रधानमन्त्री कार्कीले औपचारिक कार्यक्रम गरिनन्
जेनजी आन्दोलनको वलमा प्रधानमन्त्री बनेकी सुशिला कार्कीले भाइटिकाको कुनै औपचारिक कार्यक्रम गरिनन् । जेनजीको बलिदानबाट सरकारको नेतृत्व गरेका कारण प्रधानमन्त्री कार्यालयमा भाइटिकाको कुनै पनि औपचारिक कार्यक्रम नभएको हो ।
उसो त पारिवारिक रुपमा भाइटिका मनाउन प्रधानमन्त्री सरिक भएको बताइन्छ । प्रधानमन्त्री कार्कीले गएको दशै पनि सार्वजनिकरुपमा मनाएकी थिइनन् । नत्र अघिल्ला प्रधानमन्त्रीहरुले सर्वसाधारणलाई टीका लगाउँदै दशै मनाउने गरेका थिए ।

