कैलाली । केही बर्ष अघिसम्म कैलाली, कञ्चनपुर तथा सुदूरका पहाडी जिल्लाहरु समेत फूलमा परर्निभर थिए । चाडपर्व, पुजापाठ लगायतका धार्मिक कार्य तथा विभिन्न कार्यक्रमको लागी चाहिने फुलहरु प्राय भारतबाटै आयात हुने गर्दथे । कैलाली, कञ्चनपुर लगाएत सुदूरपश्चिम प्रदेशमा प्रयोग हुने करिब ८० प्रतिशत फुलको माग भारतबाटै पुरा हुने गथ्र्यो । फूलको अभाव कस्तोसम्म थियो भने तिहारमा प्रयोग हुने मालाहरु समेत प्लाष्टिकको बनाइन्थ्यो । तर अहिले चाडपर्व तथा अन्य कार्यमा प्रयोग हुने ८० प्रतिशत माग नेपालमै उत्पादन हुने फूलले धान्ने गरेको छ ।
पछिल्लो समय सुदूरपश्चिममा व्यवसायीक रुपमा पुष्प खेती गर्नेहरुको संख्या बढ्दो छ । पुष्प खेतीबाट राम्रो आन्दानी हुने भएकाले यो व्यवसायीतर्फ किसानहरुको आकर्षण बढेको ो । उत्पादन गर्न सके फुलको बजार समेत राम्रो रहेको पुष्प व्यवसायीहरु बताउँछन् ।
अन्य कृषि कार्य भन्दा पुष्प ब्यवसायमा राम्रो सम्भावना रहेको र यसै व्यवसायबाट बालबच्चाको पढाई लेखाई, घरखर्च गरेर पनी घर जग्गा किन्न सफल भएको पुष्प व्यवसायी शंकर विष्ट बताउँछन् ।
बिष्टले नियमित रुपमा ७ जना र सिजनामा १५ देखि २० जनालाई रोजगारी पनि दिदै आएका छन् । न्यु गोल्डुली नर्सरी कन्सन नामक कृषि फर्म स्थापना गरी पुष्प व्यवसाय गर्दै आएका बिष्टले बार्षिक १६ देखी २५ लाखसम्म आम्दानी गर्छन् । सरकारी सहयोग तथा अनुदानले पनि विष्टलाई थप हौसाएको छ ।
उनी अब आधुनिक रुपमा फर्म व्यवस्थापना गरी धेरै प्रजातीका फुल तथा अन्य डेकुरेटका वस्तु उत्पादन गर्ने योजनामा छन् ।
विगतमा रोजगारको लागी भौतारीने किसानहरु व्यवसायीक रुपमै फूल खेती गर्न थालेपछी राम्रो आम्दानी समेत गर्न थालेका छन् । फूल खेतीबाट राम्रो आम्दानी हुन थालेपछि जीवन चलाउन सहज मात्र नभई परिवारमा समेत खुुसि छाएको उनीहरुको अनुभव छ ।
न्यू बन्डोली एण्ड कन्सर्न फर्म दर्ता गरेर करिब डेढ बिगाहा जग्गामा व्यवसायिक फूल खेती गर्दै आएकी सुशीला बिष्टले घरका सबैले काम पाएको र घरिपरिवारको खर्च र बालबच्चाको पढाई लेखाईका लागी कसैसँग हात थाप्न नपरेको सगर्व बताउछिन् ।
यस्तै दुई कट्ठाबाट सुरु गरेको पुष्प व्यवसायले घरपरिवारमा खुसी र सहयोग ल्याएको भन्दै धनगढी उप–महानगरपालिका–८ मोतीचोकका इन्द्र बहादुर सेट्ठीले अहिले १० कट्ठामा फुलखेती विस्तार गरेका छन् । सनराईज मल्टी एग्रो प्रा.ली. कृषि फर्म स्थापना गरी उनले व्यवसाय गर्दै आएका छन् ।
सिजनामा १० जनालाई रोजगार दिदै आएका सेट्ठी वार्षिक आम्दानी १० लाखसम्म आम्दानी गर्छन् । यस्तै कृषि ज्ञान केन्द्र कैलालीले यस क्षेत्रलाई फुलमा आत्मा निर्भर बनाउन विभिन्न कार्यक्रम ल्याएको छ ।
सिजनको समयमा फूल र माला लिन धेरै जसो ग्राहक किसानको फुलबारीमैै पुग्ने गर्दछन् । अर्डर अनुसार व्यवसायीहरुले घरमै समेत माला र फुल पु¥याई दिन्छन् । फूलको बिरुवा रोपेपछि तीन महिनामै आम्दानी दिन्छ ।
छोटो समयमै उत्पादन हुने भएकाले पनि किसान फूलखेतीतर्फ आकर्षित भएका हुन् । सिजनमा प्रतिमाला औसत एक सयदेखि एक सय बिस रुपैयाँसम्म र प्रति किलोग्राम पाँच सय रुपैयाँ सम्ममा फूल बिक्री हुने गरेको छ ।

