काठमाडौं । अहिले मुलुकलाई निकाशको खाँचो छ । जेनजी आन्दोलनपछि मुलुकमा देखिएको संकट टार्नका लागि एकजुट भएर लाग्नु पर्नेमा राजनीतिक दलहरु प्रतिशोधतर्फ अग्रसर बनिरहेका छन् । उनीहरु जेनजी आन्दोलनकारीलाई बद्नाम गर्न खोजिरहेका छन् । मुलुक यस्तो अवस्थामा पुग्दा राष्ट्रिय सहमतिका लागि पहल गर्नु पर्नेमा एक अर्कामै प्रतिशोध साँध्न ब्यस्त छन् ।
समाजिक सञ्जालमा अहिले जेनजी आन्दोलनका क्रममा सहभागी बनेका सामाजिक अभियन्ता र कलाकारहरु एकपछि अर्काे गर्दै बद्नाम बनिरहेका छन् । अमनप्रताप अधिकारी, निश्चल बस्नेत हुन् वा विजय लामा हुन् । उनीहरु माथि अहिले भौतिक संरचना जलाउन उक्साएको भन्दै सामाजिक सञ्जालको भीड खनिएको छ ।
उनीहरुलाई अपराधि नै करार गरीरहेका छन् । उता दलका तल्लो तहका नेता तथा कार्यकर्ताहरुलाई पनि यी कलाकारका समर्थकहरुले हत्यारा भन्दै अपराधी कारर गरीरहेका छन् ।
यसले मुलुकलाई निकाश दिनु पर्ने बेलामा थप द्वन्द्व तर्फ धकेली रहेको देखिन्छ । जेनजी आन्दोलनले मुलुक थिलो थिलो बनिरहेको बेला दुर्गा प्रसाईंले केही दिन भित्र अर्को आन्दोलन शुरु गर्ने घोषणा नै गरेका छन् । उनले तत्काल आन्दोलनको मिति नतोके पनि देशै ठप्प पार्ने गरी चाँडै नै आन्दोलन थाल्ने आइतबार सम्पादकहरुको संम्वादमा बताएका थिए ।
जेनजी अगुवाहरुले पनि सरकार उल्टो बाटोमा अगाडि बढेको बताउँदै सरकारको आलोचना गरीरहेका छन् । जेनजी अगुवाहरु विभिन्न समुहमा विभाजीत छन् । केहीले सरकारको समर्थन गरीरहेका छन् त केहीले विरोध गरेका छन् ।
यता सरकारमा रहेकाहरु पनि राजनीतिक दलका नेताहरुविरुद्ध विवादित अभिब्यक्ति दिइरहेका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालका कारण सरकार आलोचित बनिरहेको छ ।
सत्ताबाट बाहिर पुगेका र सत्तामा जान पर्खेर बसेका दलहरुले जेनजी आन्दोलन आफुहरु बिरोद्धको आन्दोलन भएको भन्दै माहोल थप भड्काउन खोजीरहेका छन् । सरकारले निर्वाचनको तयारी गर्न भनेपनि दलहरुले निर्वाचनको वातावरण बनाउने काम सरकारी संयन्त्रबाटै नभएको भन्दै दलका नेताहरुले सरकार माथि नै प्रश्न उठाइ रहेका छन् ।
मुलुकमा थप द्वन्द्व मच्याएर ब्यवस्था परिर्वतन गर्ने दाउमा केही शक्तिहरु छन् । बाह्य शक्तिहरु समेत नेपालमा गृहयुद्ध मच्याएर नेपाली भुमीलाई अरु देशका बिरुद्ध प्रयोग गर्न खोजी रहेका छन् । मुलुक भूराजनीतिक चेपुवामा परेको बेला सवै पक्ष एकतावद्ध भएर अघि बढ्नुको विकल्प देखिदैन ।
