News 24 Television
बब्लुको काँधमा खेलकुद मन्त्रालयको साँचो, गुप्तालाई–स्वास्थ्यमा सुधा, खगेन्द्र र गणपतिलाल बाहिरिए !

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीको नेत्तृत्वको मन्त्रीपरिषद् तेस्रोपटक विस्तार भएको छ । आइतबार खेलकुद मन्त्रीमा बब्लु गुप्ता र स्वास्थ्यमन्त्रीमा डा.सुधा शर्माले सपथ ग्रहण गरेसंगै मन्त्रीपरिषद् विस्तार भएको हो । कार्कीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा जेनजीको प्रतिधित्वि गर्दै गुप्ता मन्त्री बनेका छन् । 

यो संगै प्रधानमन्त्री कार्की सहित १० सदस्यीय मन्त्रीपरिषद् बनेको छ । राष्ट्रपति भवन शितलनिवासमा नवनियुक्त मन्त्रीले सपथ लिदा चर्चा गरिएका गणपतिलाल श्रेष्ठ र खगेन्द्र सुनारको सपथ रोकियो ।

सुनार चौतर्फी आलोचनाको तारोमा पर्दा मन्त्री बन्ने सपना टुटयो भने श्रेष्ठले आफुले पाएको मन्त्रालयसँग चित्त नबुझाएको बताइन्छ । विवादित पृष्ठभूमिका व्यक्तिलाई झण्डै मन्त्री बनाएर सरकार आक्रोशको भूंग्रोमा फसिसकेको थियो । तर सार्वजनिक विरोधलाई आत्मसात गर्दै मन्त्रीबाट सुनारको नाम काटेर सरकारले सहानुभूति बटुल्ने प्रयास पनि गरेको छ । 

भदौ २३ र २४ को जेनजी आन्दोलनका बलमा बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा आइतवार २ जना मन्त्री थपिए । ४५ दिन पछि तेस्रो पटक मन्त्रीपरिषद् विस्तार हुँदा दुई जना नयाँ अनुहारले पद तथा गोपनियताको सपथ ग्रहण गरे । राष्ट्रपति रामचन्द्र पौडेलेको सरकारी निवास शितलपनिवासमा एक विशेष कार्याक्रमका विच सपथ ग्रहण गर्दा दुबै मन्त्री खुसि देखिन्थे । 

उसो त राष्ट्रपति कार्यालयमा चार जनाको नाम पठाइएको थियो । मन्त्री बनेका गुप्ता र शर्मा बाहेक भूमि व्यवस्था तथा सहकारी मन्त्रीमा गणपतिलाल श्रेष्ठ र श्रम तथा रोजगार मन्त्रीमा खगेन्द्र सुनारको पनि चर्चा थियो । तर अन्तिम समयमा श्रेष्ठ र सुनार मन्त्री बन्ने दौडबाट बाहिरिए । प्रधानमन्त्रीको सचिवालयले श्रेष्ठ–सुनार बारे अनावश्यक भ्रम छर्ने कार्य भएको भन्न सम्म भ्याएको छ । तेस्रो पटक मन्त्रीपरिषद् विस्तार हुँदा कार्की सहित सरकार १० सदस्यीय बनेको छ । 

आइतबार पद तथा गोपानीयताको सपथ लिएकी स्वास्थमन्त्री डा. सुधा शर्माको काँधमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मवारी आइपुग्दा चुनौती र अवसर छन् । नागरिकले अनुभुत गर्नेगरी स्वास्थ्य क्षेत्रलाई चलायमान बनाउनुका साथै चुस्तदुरुस्त बनाउनु पर्नेछ । आन्दोलनमा घाइतेको उपचार देखि नागरिकका समस्यामा मल्हम लगाउनुपर्नेछ ।

अर्काेतर्फ खेलकुद मन्त्री बनेका जेनजी युवा बब्लु गुप्तालाई नेपाली खेलुकदको भाग्य र भविष्य बदल्ने अवसर छ । राज्यको उपल्लो निकायमा युवा नेतृत्व नभएको भन्दै आलोचना भइरहेका बेला मन्त्री गुप्तालाई काम गरेर देखाउने अवसर छ । क्रिकेट बाहेक धरापमा परेको नेपाली खेलकुदलाई जुरुक्कै उठाउनुपर्ने चुनौती अब केही समय उनको काँधमा छ । 

को हुन् मन्त्री बनेका सुधा र बब्लु ? 

डा. सुधा शर्मा 

स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेकी डा. सुधा शर्मा पूर्वस्वास्थ्य सचिव हुन् । स्वास्थ्य श्रेत्रमा राम्रो अनुभव हासिल गरेकी शर्मा स्त्री तथा प्रसूति रोग विशेषज्ञका रुपमा परिचित छन् । शर्माले ‘सिंहदरबारको घुम्ने मेच’ र ‘अप्रमेय’ पुस्तक सार्वजनिक छन् । स्वास्थ्य र साहित्य मार्फत सामाजिक कार्यमा सक्रिय छिन् । सचिवको कार्यकाल पूरा नहुँदै राजीनामा दिएर उनी युनिसेफमा जागिर खान गएको आरोप उनका आलोचकहरु लगाउँछन् । यसबाहेक उनी खासै विवादमा परेको पृष्ठभूमि छैन । 

बब्लु गुप्ता

सामाजिक अभियान्ताको परिचय बनाएका बब्लु गुप्ता परोपकारी संस्था १०० का संस्थापक हुन् । विशेषगरी कोभिडको समयमा निःशुल्क खाना अभियान चलाएर नाम कमाएका गुप्ता जेनजी पूस्ताका हुन् । कोभिड अघि बब्लुले विपन्न र आर्थिक अवस्था कमजोर भएका मानिसका लागि कपडा बैंक अभियानदेखि ‘हन्ड्रेड ग्रुप’ मार्फत विद्यार्थीई पढाइदिने, बिरामीका लागि आवश्यक रगत खोजिदिने सहितका कार्यमा संलग्न छन् । 

सुशीला कार्की मन्त्रीपरिषद् विस्तार चरण

पहिलो चरण, भदौ ३० गते प्रधानमन्त्री कार्कीले पहिलो चरणमा मन्त्रीपरिषद् विस्तार गरेकी थिइन् । गृहमन्त्रीमा ओमप्रकाश अर्याल, अर्थमन्त्रीमा रामेश्वर खनाल र उर्जामन्त्रीमा कुलमान घिसिङले जिम्मेवारी सम्हालेका थिए । 

दोस्रो चरण, असोज ६ गते प्रधानमन्त्री कार्कीले दोस्रो चरणमा मन्त्रीपरिषद् विस्तार गरेकी थिइन् । जहाँ अनिलकुमार सिन्हालाई उद्योग वाणिज्य, आपूर्ति, कानुन, न्याय तथा संसदीय मन्त्रालय र भूमिसुधार मन्त्रालय, सहकारी तथा गरिबी निवारण, महावीर पुनलाई शिक्षा विज्ञान तथा प्रविधि, मदन परियारलाई कृषि, जगदीश खरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारी दिइएको थियो । 
तेस्रो चरण, कार्तिक ९ गते आइतवार कार्की मन्त्रीपरिषद् तेस्रो चरणमा विस्तार भएको हो । विस्तारित मन्त्रिपरिषदमा स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा पूर्वसचिव डा. सुधा शर्मा र युवा तथा खेलकुदमन्त्रीमा बब्लु गुप्ता छन् ।  

मन्त्री चयनमा विवाद, विस्तारमा चलाखी 

प्रधानमन्त्री कार्की नेतृत्वको अन्तिरिम सरकामा मन्त्री चयनको विषय सुरु देखि नै पेचिलो बन्दै आएको थियो । तेस्रो पटक मन्त्रीरिषद् विस्तार हुँदा पनि उहि देखियो । गणपतिलाल र खगेन्द्र बाहिरिए । यसअघि पनि मन्त्रीपरिषद्लाई अन्तिम रुप दिन अन्य चार जनाको नाम पनि चर्चा नआएको होइन । तर सामाजिक संजालमा चर्काे विरोध भएपछि रोकिएको थियो । खगेन्द्रको मन्त्री बन्ने चाहना रोकिनुको कारण सामाजिक संजालको चर्काे दबाब र आलोचना नै हो । तर मन्त्रीपरिषद् विस्तारमा भने सुशीला कार्की चनाखो देखिएकी छिन् ।

विवादमा आएका नामलाई इन्कार गर्दै उनले जनमतको कदर गरेकी छन् । यसअघि दलको नेत्तृत्वमा बनेका सरकारहरुले नियुक्त गर्न लागेका विवादित पृष्ठभूमिका मन्त्री वा राजनीतिक नियुक्तिको कडा आलोचना हुन्थ्यो । तर जस्तोसुकै विवाद र आलोचना भएपनि अघिल्ला सरकारहरु आफुले चाहेको व्यक्तिलाई मन्त्री वा राजनीकि नियुक्ति दिएरै छोड्थे ।  यो मामिलामा भने कार्की नेत्तृत्वको सरकार निकै चनाखो देखिएको छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२  ०८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update