News 24 Television
मेलमिलाप संस्कार बढाउँदै चौतारा, न्यायिक समाजमा सहज

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोगढी नगरपालिकाको न्यायिक समितिले विवादहरू छिटोछरितो  रूपमा मिलाउने काममा सक्रियता बढाएको छ ।

छरछिमेक विवाद, घरेलु हिंसा, बालविवाह, जग्गा विवाद र खानेपानीजस्ता विषयमा मिलापत्रमार्फत समाधान गर्दै आइएको छ भने, यसले गाउँघरका नागरिकलाई अदालत धाउनुपर्ने झन्झटबाट बचाउदै स्थानीय स्तरमै न्याय पाउने बाटो सहज बनाएको छ । 

स्थानीय सरकारले समाज व्यवस्थापनका लागि गर्दै आएको काममध्येको एक महत्वपूर्ण काम हो, न्याय सम्पादन अर्थात, अर्धन्यायिक निकायका रुपमा गरिने  काम । अहिले सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका यस्तै न्यायिक कामलाई तीव्रताका साथ अघि बढाइरहेको छ । 

 यि हुन्, चौतारा साँगाचोकगढी नगरपालिकाका–११ पोखरेकी नानीमैया गिरीले खेतमा पानी लगाउन नपाएपछि आपूm अन्यायमा परेको भन्दै पानी लगाउन नदिने सात जनालाई विपक्षी बनाई न्यायिक समितिमा उजुरी दर्ता गरिन् । त्यसपछि समितिले दुवै पक्षलाई बोलाएर छलफल राख्यो । विवादित टुंगो लगाइँदा दुवै पक्षले आ–आफ्नो जित भएको महसुस गरेका छन् ।  

त्यस्तै कुविण्डेकी चन्द्रमाया दुलालको मृत्युपश्चात उनिसँग रहेका सुनका गहनाको विषयमा भएको विवादलाई लिएर उनका भदाहा कृष्णप्रसाद नेपालले न्यायिक समितिमा उजुरी दिए ।

विवाद निरुपण गर्न न्यायिक समितिले दुवै पक्षलाई छलफलमा बोलायो । इजालसमा दुई पक्षबीच छलफल भएपछि मेलमिलाप भयो । मृतक फुपु दिदीको स्याहारसुसार गरेकाले विपक्षीले  गरगहना फिर्ता गर्नुपर्ने पैmसला न्यायिक समितिले ग¥यो । 

स्थानीय सरकार सञ्चालन ऐनले पानीघाट, बाली नोक्सानी, जेष्ठ नागरिकको पालनपोषण, जग्गाको साधसीमा लगायतका विवादको समाधान गर्ने अधिकार न्यायिक समितिलाई दिएको छ । यसै अधीनमा रहेर नगरपालिकामा हालसम्म एक सय नौ वटा विवाद दर्ता भएका छन् । जसमा ४४ वटा मिलापत्रको माध्यमबाट टुङ्गाइएको छ । एक फैसला गरिएको छ । अन्य केही डिसमिस तथा लगत कट्टा गरिएको छ भने बाँकी विचाराधीन र प्रक्रियागत अवस्थामा छन् । 

नागरिकले सजिलै उजुरी दिनसक्ने, प्रक्रिया बुझ्नसक्ने र निःशुल्क सेवा पाउने भएकाले न्यायीक समिति प्रति विश्वास बढेको देखिन्छ । न्यायीक समितिको सक्रियताले गाउँस्तरमै न्याय सुनिश्चित गर्ने स्थानीय सरकारको प्रयासलाई बलियो बनाइरहेको छ । नागरिकको समय, पैसा र तनाव बचाउँदै सामाजिक मेलमिलापमा आधारित समाधान संस्कार पनि विकास हुँदै गएको छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  ०९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update