अपाङ्गता बाधा होइन अवसरः आत्मनिर्भर बन्दै सिन्धुपाल्चोकका १३६ जना
शनिबार, जेठ ३०, २०८३
पाँचपोखरी क्षेत्रमा रैथाने अन्नमा भुलिए पर्यटक
शनिबार, वैशाख १९, २०८३
सिन्धुपाल्चोकको पाँचपोखरी क्षेत्र घुम्न जाने पर्यटकहरूका लागि अब स्थानीय उत्पादन खोज्दै भौंतारिनुपर्ने अवस्था अन्त्य भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाले तिपेनीको खाल्डे बजारमा स्थापना गरेको ‘कोसेली घर’ले स्थानीय उत्पादनको बजार विस्तारसँगै पर्यटकलाई एकै ठाउँमा मौलिक उपहार उपलब्ध गराउन थालेको छ । यसले स्थानीय सीप, संस्कृति र रैथाने स्वादको संरक्षणमा समेत...
सिन्धुपाल्चोकमा चुनावी सरगर्मी, ४ दलबीच कडा प्रतिष्पर्धा !
सोमबार, फागुन १८, २०८२
सिन्धुपाल्चोकमा फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल तात्दै गएको छ । विकास र नेतृत्वको खोजीमा रहेका मतदाताहरू यसपटक उम्मेदवारका योजना र विगतका कामको मूल्यांकन गरेर भोट हाल्ने तयारीमा देखिन्छन् । परम्परागत प्रचारशैली परिवर्तन गर्दै दलहरू घर–घर पुगिरहेका छन् भने प्रतिस्पर्धा पनि रोचक बन्दै गएको छ ।
चीनमा भव्य स्मार्टसिटी बन्दै, तातोपानी के होला ?
शनिबार, फागुन ९, २०८२
नेपाल–चीन व्यापारको ऐतिहासिक तातोपानी नाका स्थायी, नियमित र सहज सञ्चालनलाई यसपटक सीमावासी मतदाताले आफ्नो प्रमुख चुनावी मापदण्ड बनाएका छन् । पटक–पटक अवरुद्ध हुँदै आएको नाकाको व्यवस्थापन, पूर्वाधार सुधार र दिगो सञ्चालनका स्पष्ट एजेण्डा बोकेका उम्मेदवारलाई मात्र मत दिने उनीहरूको तयारी छ ।
मोहन ब. बस्नेत मैदान बाहिर, फाइदा कसलाई ? एमाले कि रास्वपा ?
शनिबार, माघ १७, २०८२
सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्वर १ मा प्रतिनिधि सभा निर्वाचनको चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । गठबन्धनबिना हुन गइरहेको यस निर्वाचनमा मुख्य दलका उम्मेदवारहरू आ–आफ्नै रणनीतिसहित मतदाता भेटघाट र आन्तरिक छलफलमा सक्रिय बनेका छन् । कसले बाजी मार्ला भन्ने चासो बढ्दै जाँदा प्रतिस्पर्धा झनै रोचक बन्दै गएको छ ।
राष्ट्रिय जलवायु सम्मेलनपछि चम्कियो गुफाडाँडा
बुधबार, पुस २३, २०८२
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ स्थित गुफाडाँडामा पछिल्लो समय आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढ्दै गएको छ । पर्यटकीय पूर्वाधार विस्तारसँगै यो स्थान आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको हो । गुफाडाँडामा धार्मिक तथा सांस्कृतिक पार्क निर्माणको अर्को महत्वपूर्ण पहल पनि सुरु भएको छ ।
सिन्धुपाल्चोकको दुर्गम तेम्बाथानमा विद्यार्थीलाई कक्षाकोठामा ल्याउन छात्रावास
बुधबार, पुस ९, २०८२
सिन्धुपाल्चोकको जुगलगाउँपालिका–३ स्थित दुर्गम तेम्बाथानमा छात्रावास सञ्चालन भएपछि गोठालो जीवनका कारण पढाइबाट टाढिँदै आएका बालबालिका फेरि विद्यालय फर्किएका छन् । योसंगै चौरी र भेडापालन गर्ने परिवारका बालबालिकाले अब नियमित रूपमा कक्षामा सहभागी हुन पाउने भएका हुन् ।
भुक्तानी रोकिँदा निर्माण कार्य प्रभावित हुने डर
बुधबार, मंसिर २४, २०८२
सिन्धुपाल्चोकको चौतारामा निर्माणधीन मिनी रंगशाला २०७६ सालमा सुरु गरेर २०७९ सालभित्र पूरा हुने लक्ष्य राखिएको थियो । निर्माण कम्पनी र सरकार एक–अर्कामा दोषारोपण गर्दै चौतारा रंगशालाको काम वर्षौदेखि अलपत्र पारिरहँदा सबैभन्दा ठूलो प्रश्न अब खेलाडीहरूको भविष्यमा उब्जिएको छ ।
रोग किराको प्रकोपबाट सुन्तला नष्ट
शुक्रबार, मंसिर ५, २०८२
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१, लामिडाडाका किसानहरू सुन्तला उत्पादन घटेपछि चिन्तित छन् । विगतमा लाखौँको आम्दानी दिलाउने सुन्तलाखेती अहिले रोग र कीराको प्रकोपका कारण नष्ट हुँदै गएको छ ।
सिन्धुपाल्चोकमा गौराति मेला उत्सव, चार सय वर्ष पहिलेको शक्ति कथा !
बिहीबार, कात्तिक २०, २०८२
सिन्धुपाल्चोकको चौतारास्थित गौराति डाँडामा हरेक वर्ष कात्तिकशुक्ल पूर्णिमाका दिन मनाइने तीनदिने गौराति भीमेश्वर मेला शुुरु भएको छ । भीमसेन दाजुभाइको दिव्यमिलन सहित धार्मिक उत्सवका रूपमा यो जात्रा करिब ४ सय वर्षदेखि मनाइँदै आएको देखिन्छ । सरकारी पूजा सहित तीनदिनसम्म चल्ने गौराति जात्रामा भक्तजनको भीड लागेको छ ।
मेलमिलाप संस्कार बढाउँदै चौतारा, न्यायिक समाजमा सहज
बुधबार, कात्तिक १२, २०८२
सिन्धुपाल्चोकको चौतारा साँगाचोगढी नगरपालिकाको न्यायिक समितिले विवादहरू छिटोछरितो रूपमा मिलाउने काममा सक्रियता बढाएको छ ।
भोटेकोशी गाउँपालिकामा तोडफोड : सेयर विवादले चर्कायो तनाव
बिहीबार, असोज २, २०८२
माथिल्लो भोटेकोशी पावर कम्पनीले स्थानीयलाई सेयर नदिएको विषय चर्किँदै जाँदा भोटेकोशी गाउँपालिकामा सोमबार तोडफोड भएको छ । एक सातादेखि बन्द भएको पावरहाउस सञ्चालन गर्न कम्पनी र पालिका अध्यक्ष पासाङ नुर्पु शेर्पा सहित जनप्रतिनिधिसँग छलफल चलिरहेका बेला आन्दोलनरत स्थानीयलाई बेवास्ता गर्दै बैठक गरिएको थाहा पाएपछि माहोल भड्किएको हो ।
बाँदर आतंक रोक्न रोचक उपाय, उत्पादन पनि एकसाथ बढ्ने
शुक्रबार, साउन ९, २०८२
सरकारले वैकल्पिक समाधानबारे ठोस योजना नबनाउँदा कृषकहरु बाँदर आतंकबाट चरम निराशामा छन् । तर, अहिले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ ले भने बाँदरको आतंक न्यूनीकरण गर्न दीर्घकालीन समाधानका लागि सामुदायिक वन र खुला चौरहरूमा फलफूलका विरुवा रोप्ने अभियान शुरु गरेको छ ।
सिन्धुपाल्चोकमा खतरा नै खतरा ! १७ हजारको उठिवास लाग्दै !
शुक्रबार, असार २७, २०८२
गतवर्ष भन्दा पनि यस वर्ष वर्षा उच्च भइरहेकाले सिन्धुपाल्चोकवासीको उठिबास लाग्ने अवस्था आइरहेको छ । लगातारको वर्षाले गर्दा सिन्धुपाल्चोकका पहाडी क्षेत्रमा पहिरो र भू–चिरा पर्दा बस्ती जोखिममा रहेपछि नागरिक खुला चौर र टहरामा बस्न थालेका छन् । यहाँ वर्षेनी यहि समस्या दोहोरिन्छ । वस्ती सार्ने प्रयास पनि गरिन्छ ।
डरलाग्दो बन्दै सिन्धुपाल्चोक ! पानी नै नपाएर बढ्यो छटपटी !
बुधबार, वैशाख ३, २०८२
नेपालमा सुख्खा ग्रस्त क्षेत्रहरूको समस्या ठूलो चूनौती बन्दै गएको छ । जसले कृषिको उत्पादन, जलस्रोत व्यवस्थापन र जनजीवनमा ठूलो प्रभाव पारेको छ ।
हिमाली खर्कका किसानको पीडा कसले बुझिदिने ?
बुधबार, भदौ १२, २०८१
तीनदेखि छ हजार मिटर उचाइको हावापानी भएको हिमाली खर्कमा वषौंदेखि चल्दै आएको घुम्ती गोठ प्रणाली आजभोली क्रमशः घट्दै गएको छ । वैदेशिक रोजगारमा युवाको आकर्षण बढ्नुका साथै चरन क्षेत्रमा घाँसको कमि जस्ता कारणले घुम्ती गोठमार्फत चौंरी, याक तथा भेँडा पालन गर्नेहरु कम हुदै गएका हुन् ।
सिन्धुपाल्चोकमा बालग्राम सञ्चालन, नगर सरकार अभिभावक
बिहीबार, साउन ३१, २०८१
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले अभिभावकविहीन बालबालिकाहरुको अभिभावकत्व ग्रहण गरेको छ ।
नागरिक बाढीको चपेटामा, पालिका अध्यक्ष गुफामा मस्त
शनिबार, साउन १९, २०८१
निरन्तरको बाढी तथा पहिरोपछि सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका भित्र बसोबास गर्ने नागरिकको जनजीवन कष्टकर बन्दै गएको छ ।
