कर्णालीको प्रतिनिधित्व गर्दै जेनजी लिडर अस्मिन बिष्ट मन्त्री बन्ने चर्चा
काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै अस्मिन बिष्ट मन्त्री बन्ने चर्चा सुरु भएको छ । भदौ २३ र २४ को जेनजी आन्दोलनमा अग्र मोर्चामा रहेर लडेका अस्मिन कर्णालीको प्रतिनिधित्व गर्दै मन्त्री बन्ने चर्चा चुलिएको हो ।

यसअघि पनि कर्णालीबाट मन्त्री बन्नका लागि विभिन्न नामहरु सिफारिस भएका थिए । तर ती सबै नाम विवादित बनेपछि शपथ रोकिएका छन् । यस्तोमा कर्णालीबाटै जेनजीको प्रतिनिधित्व गर्ने गरी स्वच्छ छवि भएका व्यक्तिको खोजी भइरहेको छ ।

यहीबीच अस्मिन उपयुक्त पात्र हुने भन्दै कर्णाली जेन्जी समूहले दवाब बढाइरहेको हो । अस्मिनसँगै कर्णालीबाटै जुम्लाका माधव चौलागाईको नाम पनि चर्चामा छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२ १४:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
