 
                                                                    काठमाडौं । नेत्रविक्रम चन्द्र (विप्लव) हिंसात्मक राजनीति छाडेर चुनावमा जाने तयारीमा छन् । उनी नेतृत्व नेकपाले निर्वाचन आयोगमा दल दर्ता निवेदन दिएको अवस्था छ ।
दल दर्तालाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका छन् । माओवादी र नेकपा एस संग एकता वार्ता समेत गरिरहेको विप्लव समुहले एकाएक दल दर्ता गर्न पुगेको आरोप लागेको छ । उनी निकट नेताहरुले नयाँ दलमा सबै अट्नेगरी अघि बढ्न खोजेको बताइररहेका छन् । अर्काेतर्फ विप्लवलाई ढोक्सामा पार्न माओवादी र एमाले लागि परेको देखिन्छ ।
१० बर्षे सशस्त्र माओवादी द्घन्द्घबाट उदाएका नेता नेत्रविक्रम चन्द (विप्लव) भुमिगत हुँदै चुनाव लड्ने तयारीमा जुटेका छन् । बन्दुकको नालबाट मात्रै नयाँ नेपालको परिकल्पना हुन्छ भन्ने विप्लव अहिले व्यालेटमा आइपुगेका हुन् ।
पार्टीको बैठकबाटै निर्णय पास गरेर चुनावमा भाग लिने निष्कर्षलाई उनी नेतृत्वको नेकपाले कार्यन्वयन गरिरहेको छ । त्यसैको तयारी स्वरुप दल दर्ताका लागि निर्वाचना आयोगमा निवेदन दिइएको अवस्था छ ।
नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा सहितका नेताहरु आयोग पुगेर कम्युनिष्ट पार्टी नेपाल (कपाने) नाममा पार्टी दर्ता अघि बढाएर आइसकेको अवस्थामा विप्लवबारे अनेक चर्चा भइरहेका छन् । वाक कला मार्फत जनमत बटुल्न सक्ने क्षमता भएका विप्लवको वर्तमान राजनीति र भविष्य निकै चुनौतीपूर्ण भने देखिन्छ ।
दल दर्ता, चुनावमा जाने
नेकपाको नेतृत्व गर्दै आएका विप्लवले कम्युनिष्ट पार्टी नेपाल (कपाने) नामको दल निर्वाचन आयोगमा दर्ताका लागि प्रकृया अघि बढाइसकेका छन् ।
प्रवक्ता खड्गबहादुर विश्वकर्मा सहितको टोलीले कार्तिक ११ मंगलबार दल दर्ताको निवेदन दिएसंग विप्लव चुनावी मैदानमा होमिएको स्पष्ट भएको छ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधिसभा चुनावको मिति तय गरेको छ । निर्वाचन आयोगले कार्तिक मसान्त भित्र दल दर्ता गरिसक्न आह्वान हुँदा विप्लव तातिएका हुन् ।
बन्दुकको नालबाट क्रान्ति खोज्न हिँडेका विप्लव व्यालेटमा आइपुग्दा माओवादीमा ठुलो बहस छाएको छ । निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएपनि विप्लवले प्रक्रिया भने पुरा नगरेको आयोगको दाबी छ ।
महासचिवबाहेकका पद तता जिम्मेवारी, केन्द्रीय समिति, स्थायी समिति, पोलिटब्यूरो जस्ता तमाम विषय खाली गराएर नाममात्रै दर्ता गर्न पुगेको बताइन्छ । विप्लवले पार्टीको झण्डा र चुनाव चिन्ह समेत दाबी नगरेकाले नाम दाबी गरेर अन्य बाटो रोज्न सक्नेतर्फ समेत शंका भने गरिएको देखिन्छ ।
माओवादी केन्द्रसँगको लफडा
विप्लव नयाँ दल दर्ताको प्रक्रियामा गएसँगै उनीबारे अनेक कोणबाट चर्चा सुरु भएका छन् । विशेषगरी नेकपा माओवादी केन्द्रका नेताहरुले विप्लवको दल दर्ताको निवेदन बारे टिप्पणी गरेका छन् । पार्टी एकताको साइटलाइन वार्ता भइरहेका बेला फरक ढंगले अघि बढेको भन्दै माओवादी संयोजक पुष्पकमल दाहाल प्रचण्ड निकटका नेताहरु आक्रोशित बनेका छन् ।
माओवादी नेता लेखनाथ दाहालले तिखो कटाक्ष गर्दै आलोचना गरेका छन् । दाहालले पार्टी एकताको वार्ता टुंगोमा पुग्न लाग्दा घात गरेको आरोप लगाएका छन् । अर्काेतर्फ माओवादी भित्रकै नेता जनार्दन शर्मासहितका एकथरी नेताले विप्लवको कदमको स्वागत गरेका छन् ।
विप्लवको दल दर्तालाई लिएर माओवादी नेता कार्यकता सामाजिक सञ्जालमा जुहारीमै उत्र्रिएका छन् । अहिलेको यो परिस्थितिले अब माओेवादीले विप्लवसँगको पार्टी एकता वा संवादलाई खासै अघि बढाउने सम्भावना छैन ।
भूमिगतदेखि शान्तिपूर्ण राजनीतिसम्म
नेत्रविक्रम चन्द विप्लव तत्कालीन समयमा प्रचण्ड र त्यसपछि वैद्य नेतृत्वको माओवादी परित्याग पछि भुमिगत राजनीतिमा होमिए । गोला बारुद र बन्दुकको नालबाट नयाँ क्रान्तिको ज्वाला फुक्न हिडेका विप्लव सफल भएनन् ।
अन्ततः उनी शान्तिपूर्ण राजनीतिमा होमिन आइपुगे । विप्लव नेतृत्वको नेकपा र तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली विच २०७७ फागुन २१ गते राष्ट्रिय सभागृहमा तीनबुँदे हस्ताक्षर भयो । त्यसपछि विद्रोह छाडेर विप्लव शान्तिपुर्ण राजनीतिमा होमिएका हुन् ।
अबका विकल्प के ?
विप्लवसंग दुई विकल्प छन् । एक हो, नेकपा माओवादी केन्द्रसंग पार्टी एकता गरेर रक्षात्मक रुपमा शक्ति सञ्चय गर्ने । दोस्रो हो, नेकपा एमालेमा समाहित भएर चुनावी मैदानमा होमिने ।
एमाले अध्यक्ष केपी ओलीले उनलाई शान्तिपूर्ण राजनीतिमा ल्याए यता सम्बन्ध नजिक छ । यी दुबै दलसंग विप्लवले चुनावी गठबन्धनको बाटो समेत लिन सक्नेछन् । तेस्रो हो, कुनै पनि दलसंग तालमेल र एकता नगरेर आफ्नो शक्तिको परिक्षण गर्ने । तर नेकपाका प्रवक्ता प्रकाण्ड माओवादी र एमाले दुबैसंग संवाद भइरहेको बताउँछन् ।
भूमिगत राजनीतिबाट लक्ष्य प्राप्त गर्न नसकेको विप्लवसंग राष्ट्रिय राजनीतिमा स्थापित हुनुपर्ने चुनौती छ । एकतीर मुलधारका राजनीतिक दल कांग्रेस, एमाले र माओवादी केन्द्र प्रति जनताको वितृष्णा अर्काेतीर बैकल्पिक शक्तिको उदयले यो समुहलाई अबसर र चुनौती दुबै थपिदिएको छ । यस्तो अवस्थामा विप्लवको पार्टी माओवादी वा एमालेमा समाहितको बाटो रोज्ने या एक्लै मैदानमा उत्रिने, त्यो भने प्रतिक्षाको विषय बनेको छ ।
 
                                     
                                                                    
 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                    