News 24 Television
रास्वपाको इसारामा बाबुराम–रेशम ! वैकल्पिक शक्ति : रविको भक्ति ?

काठमाडौं । जेनजी आन्दोलन पश्चात नेपालमा वैकल्पिक राजनीतिक शक्ति एकढिक्का हुन खोजिरहेका छन् । रास्वपा, विवेकशिल साझा, नेसपासहितका दलहरु धु्रविकरणको तयारीमा लागेका  हुन् । एकतामा परिवर्तन सम्भव देखेका वैकल्पिक शक्ति यतिबेला आन्तरिक र खुल्ला संवादमा होमिएका छन् ।

शुक्रबार रास्वपाले बृहत राजनीतिक संवादको आयोजना ग¥यो । जहाँ पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराई, जेनजी अभियन्ता, सामाजिक अभियन्तादेखि भर्खरै नागरिक उन्मुक्ति पार्टी छोडेर नयाँ दल नागरिक उन्मुक्ति पार्टी नेपाल दर्ता गराएका रेशम चौधरी सहभागि थिए । 

रास्वपा उपसभापति स्वर्णीम वाग्लेको आह्वानमा भएको यस संवादले वैकल्पिक धार एक हुनेमा मद्दत पुग्ने अपेक्षा गरिएको छ । यसरी हेर्दा २०७९ मंसिर ४ को चुनावमा बैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाएको दल राष्ट्रिय स्वतन्त्र पार्टी अब भने बैकल्पिक ध्रुविकरणमा लागेको छ । 

रास्वपाको भनाईलाई आधार मान्ने हो भने यो प्रयास परिर्वतन चाहनेहरुको एकताको प्रयास हो । राष्ट्रिय राजनीतिका ठुला दल कांग्रेस, एमाले र माओवादीको विकल्पमा नयाँ बैकल्पिक धार एकताको एजेण्डामा रास्वपा नेताहरु लागि परेका हुन् । 

सभापति रवि लामिछाने राजनीतिक प्रतिशोषको शिकार भएको दाबी गर्ने रास्वपाले विशेषरी भदौ २३ र २४ को जेनजी आन्दोलन पछि नयाँ रणनीति बुनेको देखिन्छ । रास्वपाकै नेतृत्वमा बालेन, कुलमान, गोपी र हर्कलाई एक ठाउँमा उभ्याउन आन्तरिक संवाद बढाइरहेको पनि छ । 

यसैको निरन्तरता अनुरुप रास्वपा उपसभापति स्वर्णीम वाग्लेको आह्वानमा शुक्रबार बृहत राजनीतिक संवाद भएको हो । वालुवाटारस्थित नेपाल हाउनमा भएको संवादले परिवर्तनकारी विचार बोकेका र बैकल्पिक शक्ति एकतामा बल पुग्ने विश्वास गरिएको छ । 

जनेजी आन्दोलनको उपलब्धि, अगाडीको बाटो र निकास नामक विषयमा भएको संवादमा को– को सहभागि भए त ?

–    पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई

–    विवेशशिल साझा पार्टीकी नेतृ रञ्जु दर्शना 

–    नाउपा नेपालका संरक्षक रेशमलाल चौधरी

–    पुरुषोत्तम यादव सहितका जेनजी प्रतिनिधि

–    सामाजिक अभियान्ता तथा बौद्धिक समूह

एकदर्जन बढि सहभागि संवाद कार्यक्रममा बोल्ने अधिकांशले जेनजी आन्दोलनको उपलब्धि संस्थागत, निष्पक्ष निर्वाचना माग, परिर्वतनकारी शक्ति एक हुनुपर्ने तथा सबै बैकल्पिक शक्ति एककित्तामा उभिनेपर्ने धारणा राखेका छन् ।

अब कांग्रेस, एमाले र माओवादीबाट मुलुक अघि बढ्न नसकोले परिवर्तनका पक्षधर र बैकल्पिक शक्ति एकट्ठा हुनुपर्नेमा एक स्वर थियो । 

बृहत राजनीतिक संवादमा देखिएको बहस र छलफलले मुलुकमा परिवर्तन चाहाने शक्ति र बैकल्पिक धार एक ठाउँमा उभिनुपर्छ भन्ने सन्देश दिएको छ । यस्तोमा रास्वपाको नेतृत्वमा एकठाउँमा उभिने प्रयास गरेका यी शक्तिहरु एकताको विन्दुमा कसरी पुग्छन् ? त्यो भने प्रतिक्षाको विषय बनेको छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२  ०८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update