कैलाली । घनाबस्तीको बीचमा रहेको नेपालआयलनिगमको सुदूरपश्चिम प्रादेशिक डिपो तत्काल स्थानान्तरणको माग गर्दै स्थानीयले दबाबमूलक कार्यक्रम आयोजनाको तयारी गरेका छन् ।
धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित डिपो स्थानान्तरणका लागिदुई वर्षदेखि कामभइरहेको भनिएपनि हालसम्म कुनै परिणाम नदेखिएपछि स्थानीयले आन्दोलनको तयारी थालेकाहुन् ।
कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरको शुभकामना टोलमा ८७ वटा घरधुरी छन् । ती घरमा चार सय भन्दा बढी ३५० भन्दा बढी मानिसको बसोबास रहेको छ । त्यहि घनाबस्तीको वीचमा नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक डिपोछ ।
टोल विकास संस्थाको अगुवाइमा डिपो स्थानान्तरणको प्रक्रिया तत्काल अघि बढाउन उनीहरुले अर्को सातादेखि चरणबद्ध रुपमा दबाबदिने तयारी गरेका छन् । डिपोसँगै जोडिएको शुभकामना टोलका बासिन्दाले घनाबस्तीबीचमा रहेको डिपोका कारण सुरक्षा संवेदनशीलता बढेको बताएका छन् । तत्काल डिपो सार्न निगम व्यवस्थापन गम्भीर हुनुपर्ने उनीहरुको भनाई छ ।
दुई वर्षअघिदेखि नै डिपो स्थानान्तरणको प्रक्रिया अघि बढेको भनिएको थियो, तर अहिलेसम्म परिणाम आएको छैन । घरै अगाडि रहेको निगमको डिपोमा जुनसुकै बेला भवितव्यघटनाहरु हुनसक्ने र त्यसबाट ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नुपर्ने त्रासदी स्थानीयलाई छ ।
पेट्रोलियम पदार्थ भण्डारण गरिएका ठूल्ठूला ट्याङ्कर नजिकै भएको र डिपोबाट इन्धन लोडअनलोड भइरहँदा घरमा आगो बाल्न पनि डराउनुपर्ने अवस्था रहेको स्थानीयको गुनासो छ । धनगढी–अत्तरिया सडक खण्डमा रहेको डिपो अगाडिबाट दैनिक हजारौँ सवारीसाधन गुड्छन् ।
स्थानीय र सरोकारवालाको दबाबपछि निगमले यसअघि नै धनगढीको डिपो स्थानान्तरण गर्ने योजना बनाएको थियो । नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय आवास कम्पनीले कञ्चनपुरको पुनर्वास नगरपालिका–३ र ५ मा रहेको २२ बिघा जग्गा निगमलाई बिक्रीगर्ने प्रस्ताव अघि बढाएपनि जग्गाखरिद अघि बढ्न सकेन । अहिलेसम्म पनि उपयुक्त जग्गा नै प्राप्ति हुन सकेको छैन ।
सरकारले हरेक प्रदेशमा कम्तीमा ९० दिनको माग धान्नसक्ने पेट्रोलियम भण्डारण गृह निर्माण गर्ने योजना बनाएको छ । सोहीअनुसार सबै प्रदेशमा भण्डारण क्षमताअभिवृद्धिका काम अघि बढेका छन् । अहिलेको भण्डारण क्षमताले सुदूरपश्चिम प्रदेशको एक साताको माग पनि धान्ननसक्ने बताइएको छ ।
एक बिघा आठ कठ्ठामा फैलिएको उक्त डिपोमा अहिले डिजेल भण्डारणका लागि सात सय ६० किलोलिटरका दुई वटा भर्टिकल ट्याङ्क र ७० किलोलिटरको भूमिगत ट्याङ्कतथा पेट्रोल भण्डारणका लागि ७६० किलोलिटरको एक भर्टिकल ट्याङ्क र ७० किलोलिटरको भूमिगत ट्याङ्कसहितको संरचना छन् ।
धनगढी डिपोले सुदूरपश्चिमप्रदेशका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरा जिल्लामा पेट्रोलियमपदार्थ आपूर्ति गर्दै आएको छ ।
विसं २०३७मा स्थापना भएको सो डिपो अन्य प्रादेशिक डिपोको तुलनामाकम क्षेत्रफलमा सञ्चालनमा रहेको छ । प्रदेशमा नै पेट्रोलियम भण्डारण डिपोले सहज भएपनि बस्ती नजिकैको डिपो स्थानान्तरण नहुँदा स्थानीयलाई भने जोखिम बढाएको छ ।
