News 24 Television
माओवादीद्वारा एकता प्रस्ताव अनुमोदन, नयाँ नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ हुने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले एकीकृत समाजवादीसहित विभिन्न ८ दलसँग पार्टी एकता गर्ने सचिवालय बैठकको प्रश्ताव अनुमोदन गरेको छ । 

बुधवार बसेको पार्टीको महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार एकतापछि पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी हुने भएको छ । उनले पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्सवाद लेनिनवाद हुने तथा कार्यक्रम नेपाली विषेशताको वैज्ञानिक समाजवाद हुने पनि बताए । उनले तत्कालिक कार्यनीति पुँजीवादी, जनवादी क्रान्तिका उपलब्धिहरुको रक्षा, राष्ट्रिय स्वाधिनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रुपान्तरण गर्दै समाजवादको आधार तयार गरिने पनि दाबी गरे ।

उनले भने, ‘पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद लेनिनवाद हुनेछ । नेपाली क्रान्तीको कार्यक्रम नेपाली विषेशताको वैज्ञानिक समाजवाद हुनेछ । पार्टीको तत्कालिक कार्यनीति पूँजीवादी, जनवादी क्रान्तीका उपलब्धिहरुको रक्षा, राष्ट्रिय स्वाधिनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रुपान्तरण गर्दै समाजवादको आधार तयार गरिनेछ ।’

उनले पार्टीले एकतापछि गर्ने आन्दोलन शान्तिपूर्ण रहने तथा परिस्थितिअनुसार सडक, सदन र सरकार लगायत सबै मोर्चाहरु आन्दोलनको मोर्चा हुने बताए  । उनले पार्टी एकता राष्ट्रिय सम्मेलन बुधवार काठमाडौंमा आयोजना गरिने पनि बताए । उक्त सम्मेलनबाट पार्टी एकता, पार्टीको घोषणापत्र, अन्तरिम विधान पारित र केन्द्रिय समिति गठन लगायतको कामहरु गरिने सापकोटाको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update