News 24 Television
प्रचण्डले छाडे माओवादः एकतापछिका प्रचण्ड र उनको पार्टी कस्तो ?

काठमाडौं । ९ पार्टीबीचको एकतालाई माओवादी केन्द्रले अनुमोदन गरकेो छ । माओवादी केन्द्रको वकेन्द्रीय समितिले पार्टी एकतालाई अनुमोदन गर्दै पार्टीको नाम, चुनाव चिन्ह र झण्डाबारे जानकारी दिएको छ । यस्तोमा माओवादी केन्द्रसहित ८ दलको एकता घोषणा भने बुधबार हुने भएको छ । 

माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसहित अन्य ७ पार्टीस‌गको एकतालाई अनुमोदन गरेको छ। पार्टी एकताले समाजवाद निर्माण गर्न सहज हुने दाबी गरेको माओवादी केन्द्रले कम्युनिस्ट आन्दोलनमा नयाँ शीराबाट अघि बढ्न खोजेको समेत दाबी गरेको छ । 

यता, माओवादी केन्द्रका नेता नारायणकाजी श्रष्ठले जेनजीसहितका युवा पुस्तालाई सामेल गरेर अघि बढन पार्टी एकीकरण अभियान शुरु गरेको दाबी समेत गरेका छन् । 

माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसहितका दलहरुसंग हुन लागेको एकतालाई अनुमोदन गर्दै पार्टीको मार्गनिर्देशक सिद्धान्त, नाम, चुनाव चिन्ह र झण्डाबारे समेत जानकारी दिएको छ । 

माओवादी केन्द्र र नेकपा एससहितको पार्टी एकतापछि अब नयाँ पार्टीको नाम भने नेपाली कम्युनिस्ट पार्टी हुनेछ । चुनाव चिन्हमा तारा रोजेको माओवादी केन्द्रले एकता घोषणा बुधबार हुने भनेको छ । भृकुटीमण्डपमा पार्टी एकता घोषणा कार्यक्रम आयोजना गरिएको छ ।

सग्लो रहेन माओवादी

माओवादी केन्द्रले पार्टी एकता गर्ने निर्णय गरेपछि माओवादी केन्द्र औपचारिक रुपमा फुटेको छ । जनार्दन शर्माको नेतृत्वमा माओवादी केन्द्र विभाजनमा गएको हो । यसमा राम कार्कीसहितका नेताहरुले साथ दिने बताइएको छ । 

एकतामा जाने निर्णय गर्दा माओवादी केन्द्रले जेनजी भावना समेट्न नसकेको र माधव नेपालको नीतिमा माओवादी केन्द्र फसेको जनार्दनले आरोप लगाएका छन् ।

माओवाद खोई ?

१० वर्षे जनयुद्धदेखि नै माओवाद मान्दै आएका प्रचण्डले दोश्रो पटक माओवाद त्यागेका छन् । कुनैबेला प्रचण्डपथ नै भनिरहेका प्रचण्डले तत्कालीन नेकपा निर्माणको बेला विचारधाराको रुपमा माओवाद त्यागेका थिए भने अहिले फेरि माओवाद छाडेका छन् । 

नेपाली कम्युनिस्ट पार्टीले माक्र्सवाद र लेनिनवादलाई राजनीतिक सिद्धान्तको रुपमा अघिकार गर्नेछ । यद्यपी नेकपा माओवादी केन्द्रका नेता माधव सापकोटाले पार्टीको नाम माओवादी नराख्ने बित्तिकै माओवादी जनयुद्ध र माओवादी लिगेसी नरहने भन्ने नहुने भन्दे माधव नेपालले पनि माओवादलाई आन्तरिक बहसको विषय बनाउन सहमति जनाएको दाबी भने गरेका छन् । औपचारिक रुपमा प्रचण्डले माओवाद त्यागेपनि यसलाई छाड्न नहुने मत बलियो देखिन्छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  ०९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update