काठमाडौं । माओवादी केन्द्रका नेता जनार्दन शर्माले पार्टीबाट विद्रोह गरेका छन् । प्रचण्डसंग लामो समयदेखि नेता मान्दै आएका जनार्दनले पार्टीबाट विग्रह गर्दै प्रगतिशिल अभियान नेपालको घोषणा गरेका छन् ।
पार्टीका प्रचण्डले माधव नेपाललाई बुझाएको आरोप लगाएका जनार्दनले अब नयाँ बाटो रोज्ने भएका छन्। तर, प्रचण्डले पनि जनार्दनबारे सार्वजनिक अभिव्यक्ति दिएका छन् ।
ललितपुरको कुपन्डोलस्थित एक होटलमा पत्रकार सम्मलेन गरेका जर्नादन शर्माले प्रगतिशिल अभियान, नेपाल घोषणा गरेका छन् । पाँच दशक माओवादी पार्टी राजनीतिक कर्म गरेको शर्मासंग अर्का नेता राम कार्की सहित देखिएका जनार्दनले नयाँ बाटो रोज्ने भएका हुन् । तर, यता मंगलबार प्रज्ञाप्रतिष्ठान कमलादीमा नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक चल्दै थियो ।
५० बर्ष पार्टीमा रहेर काम गरेको बताउने शर्माले छेउमै अर्का माओवादी नेता राम कार्की राखेर प्रगतिशिल अभियान, नेपाल को घोषणा गर्दै नयाँ राजनीतिक यात्राको प्रारम्भ गरेको घोषणा गरे ।
विद्रोह जायज छ । विद्रोह अधिकार हो । समाजवादी एैक्यवद्धता–आजको आवश्यकता स्लोगन दिइएको विज्ञेप्ति सार्वजनिक गरेका शर्माले प्रचण्ड प्रति नरम प्रतिक्रिया दिँदा कार्की भने केहि आक्रमक बने ।
नेता कार्कीले सम्बोधन सकेपछि निर्णायक संम्बोधन सुरु गरेका शर्माले पार्टी विद्रोह बारे सामान्य धारणा नै राखे । पार्टीमा लामो समय देखि पार्टी रुपान्तरण, पुस्तान्तरण र पुर्नगठनको मुद्धालाई प्रचण्डले व्यवास्ता गर्दै स्वार्थकेन्द्रीत समुहको चंगुल फस्नु प्रमुख कारण मानेका छन् । नेता शर्माले विभिन्न नौँ घटकसंग एकताको नाममा नाटक मञ्चन गरेर प्रचण्ड आफै नायक बन्ने बाटोमा लागेको दाबी गरे ।
नेता शर्माले प्रगतिशिल अभियान, नेपालले जेनजी आन्दोलनको मर्म र भावना बोकेर देशभर जाने, जनयुद्धको विरासत बोक्ने, घाइते, शहिद तथा व्यवत्ता परिवारलाई साथ दिने र नयाँ पुस्तालाई अघि बढाउने विषयमा जोड दिएका छन् । अभियानको भावी कार्यदिशा बारे मौनता साधेका शर्माले विचार मिल्ने शक्तिसंग बहस, छलफल र एकताको बाटोलाई प्राथमिकता दिने बताएका छन् ।
जनार्दनले यस्तो आरोप लगाउदै पार्टी छाडेपनि प्रचण्डले भने कुनै मोडमा फेरि संगै हुने दाबी गरेका छन् । प्रज्ञाप्रतिष्ठानमा केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले जनार्दनसंग आफ्नो राम्रो सम्वाद भएको समेत दाबी गरे ।
माओवादी केन्द्रको रुपमा अन्तिम बैठकको सम्बोधनमा प्रचण्डले समाजवादी यात्रा प्रारम्भ भएको दाबी गरेपनि जनार्दनले वामपन्थी आन्दोलनमा प्रचण्डबाट धोका भएको आरोप लगाएका छन् ।
भीम रावलको बाटोमा जनार्दन
नेकपा माओवादी केन्दबाट विद्रोह गरेका शर्मा भावि राजनीतिक यात्रालाई लिएर विभिन्न टिकाटिप्पणी सुरु भएका छन् । कतिपयले एमालेबाट विद्रोह गरेका डा. भीम रावलको बाटोमा पुगको विश्लेषण गरेका छन् । विद्रोही रावलले मातृभूमि जागरण अभियान घोषणा गरेका थिए ।
केवल औपचारिकतामा सिमित बनेको रावलको अभियानले सार्थकता पाउन नसकिरहेका बेला शर्माको अभियान पति त्यसरी नै तुहिने त होइन् भन्ने चासो बढेका हुन् । उसो त शर्माले प्रगतिशील शक्ति एकठ्डा गर्दै ठुला शक्ति बनाउने बताइसकेका छन् ।
पत्रकार सम्मेलनलाई सटिक संम्बोधन गरेका नेता शर्माले सार्वजनिक गरेको विज्ञप्तिमा कसले अभियानको नेतृत्व गर्ने भन्ने कुनै उल्लेख गरिएका छैनन् । तीन पेजको विज्ञप्तिमा अन्तिममा २०८२\०७\१८ को मितिलाई आधार मानिएको छ । यसले प्रभाकरको अभियानमा संयोजक को भन्ने प्रश्न जन्माइदिएको छ ।
