काठमाडौं । भ्रष्टाचारको अन्त्य, सुशासन र विधिको शासनको माग बलियो रुपमा उठाउँदै गरेको जेनजी आन्दोलनले तत्कालीन सरकार नै ढाल्यो । शान्तिपूर्ण हुने भनिएको प्रदर्शन भड्किदा हिंसा र विध्वंशमा परिणत भएपछि दल र नेताहरुको भागाभाग नै चल्यो । यसको सार्वजनिक स्वीकारोक्तिका बाबजुत पनि दल र नेताहरुले शैली फर्ने कुनै छनक देखाएका छैनन् ।
जेनजी आन्दोलनले विध्वंश हुँदै शान्त रुप बनेपश्चात मात्रै पहिलो पटक सार्वजनिक हुँदा एमाले अध्यक्ष केपी ओलीले दिएको अभिव्यक्ति हो यो ।
जेनजी आन्दोलनपछि देशमा विकसित राजनीतिमा ओलीले आत्मालोचना, क्षमासहित अब नेतृत्वमा रहने नरहने विषयमा वकालत गर्लान भन्ने सार्वजनिक चासोकाबीच षडयन्त्रको तानाबानादेखि आरोप लगाउने काममा अग्रसरता देखाए ।
ओलीले जेनजी आन्दोलनलाई षडयन्त्रबाहेक जनताको चाहना पुरा गर्न नसकिएकोमा कुनै पश्चातापको भावना सार्वजनिक गर्ने गरेका छैनन् । यस्तै, माओवादी केन्द्रबाट नेपाली कम्युनिस्ट पार्टीको संयोजक बनेका प्रचण्ड पनि आफू नेतृत्व छाड्न तयार रहेको दाबी गरेपनि सक्रियतालाई कुनै कमी दिन चाहन्नन् ।
नेताहरुमा देखिएका सामान्य विषय हुन, यी । देशमा अहिले राजनीतिक दलहरुप्रति आक्रोश छ । जनताले मुख्य नेताहरुले नेतृत्व छाडेर जानुपर्ने भनिरहेका छन् । उनीहरुले देशको नेतृत्व गरिसकेकाले अब थप गर्न सकिने स्थिति नरहेको भन्ने गरिन्छ । तर, नेताहरुले षडयन्त्र भएको भन्न छाडेका छैनन् ।
राजनीतिक स्थिति बिग्रिएको अभिव्यक्ति नेताहरुले दिनप्रतिदिन दिइरहेका छन् । तर, उनीहरुले विकल्प दिन सक्लान् ? यो प्रश्न भने झन पेचिलो बन्ने गरेको छ । तर, केहि आफैमाथि त केहि मुख्य नेतृत्वमाथिका प्रश्न दिएर आफू उम्किने प्रयास भने चलिरहेका छन् ।
राजनीतिक माहोल बिग्रिदा नेताहरुको मनस्थिति समेत खलबलिएको छ । पार्टी विभाजन गर्दा ठूलो छलाङ मार्ने दाबी गरेकाहरु हतोत्साहित समेत देखिन्छ ।
यसरी राजनीतिक रुपमा जेनजी आन्दोलनले तरङ्ग नै ल्याइदिएपनि नेतृत्वमा रहेकाहरुले अहिले पनि आफ्नै शैलीलाई केन्द्रमा राखिरहेका छन् । एमालेले नेकपा एकीकृत समाजवादी त्यागेकाहरुलाई नीति, नेतृत्व मानेर व्यक्तिगत आउने भए हुन्छ नभए हुन्न भनिरहेको छ ।
कांग्रेसमा महाधिवेशनको विवादलाई लिएर रडाको मच्चिन थालेको छ । यसरी राजनीतिक दलहरु जेनजी आन्दोलनको म्याण्डेटभन्दा पनि स्वार्थ र शक्तिको म्याण्डेटलाई केन्द्रमा राख्न उद्दत बनेपछि अबको राजनीति कसरी अघि बढ्ला भन्ने चासो बढेको छ ।
