News 24 Television
रामराज्य ल्याइदिऊँ जस्तो लाग्छ तर भन्नेबित्तिकै सबै हुँदैन : बाबुराम

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिमा आन्तरिक र वाह्य शक्तिहरुले खेलिरहने भन्दै भनेअनुसार सबै काम गर्न नसकिने बताएका छन् । काठमाडौंमा बिहीवार आयोजित जेन–जी अगुवाहरुसँगको अन्तरसंवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

 राजनीतिमा देशभित्र र बाहिरका दृश्य, अदृश्य शक्तिहरुले काम गरिरहने हुँदा भनेअनुसार सबै काम गर्न नसकिने बताए । ती शक्तिहरुसँग सन्तुलन मिलाएर अघि बढ्दै आफ्ना एजेण्डाहरु लागू गर्नुपर्ने उनको भनाई छ । रामराज्य ल्याईदिऊँ भन्ने चाहना भ एपनि भन्नेबित्तिकै केही नहुने उनकाे टिप्पणी छ ।

अबको लोकतन्त्र समावेशी र सहभागीयुक्त हुनुपर्ने बताउँदै उनले गणतन्त्रको विकल्प नभएको उल्लेख बताए । वंशाणुगत जन्मजात नै कोही राजा हुनुपर्ने अलोकतान्त्रिक व्यवस्था मान्य नहुने समेत उनले बताए ।

डा. भट्टराईले भने, ‘राजनीतिमा बढो ख्याल गर्नुस् तपाईहरुले सबै दखेको मात्रै हुँदैन, कही अदृश्य शक्तिहरुले काम गरिरहेका हुन्छन् । त्योसँग तपाईले एकैचोटी शक्ति सन्तुलन मिलाएर लढ्न सक्नुभएन भने झोक उठ्दा त सबैलाई सिध्याईदिउँ क्यारे । अहिले नै रामराज्य ल्याईदिउँ क्यारे भनेजस्तो लाग्छ तपाईलाई । त्यो सपना त बोक्नुपर्छ । तर लडाईँ लड्दाखेरी तपाई हात्तिसँग कुस्ती खेल्नुप¥यो के गर्नुहुन्छ, कुस्ती खेल्न सक्नुहुन्छ तपाई हात्तीसंग लड्दाखेरी ? हात्तिसंग कुस्ती खेल्ने त होईन । हात्तिलाई त जुक्तिले माउतेले जस्तो गरेर अंकुश लगाएर त्यसलाई नियन्त्रण गरे अनि आफ्नो गन्तब्यमा जानुपर्छ । त्यसो भएको हुनाले हामीले त्यो ढंगले चाँही ग¥यौँ । यो मुद्दा पनि संगसंगै सम्बोधन गर्नुपर्छ । अवको लोकतन्त्र, अबको गणतन्त्र, राजतन्त्र फ्याक्ने मात्रै होईन । गणतन्त्र त चाहियो, त्यो वंशानुगत जन्मजात नै कोही चाँही ठुलो हुन्छ, त्यो पनि छोरो नै राजा हुनुपर्ने, निश्चित जातीकै हुनुपर्ने भन्ने त सोझै अलोकतान्त्रिक हो नी त्यो त । त्यो विषय त मध्ययुगिन कुरा थियो, हामी कहाँ पछिसम्म टासिँयो । त्यो त चाहियो चाहियो । संगसंगै लोकतन्त्र पनि अप्रत्यक्ष भोट हाल्ने मात्रै लोकतन्त्र होईन । अथवा पुँजीवादी हाम्रा काँग्रेसहरुले भनेजस्तो लोकतन्त्र पनि पूर्ण हुँदैन । कम्युनिष्टले भन्ने वर्ग मात्रै भनेर अरु कुरा छाडेर वर्गको नाममा आजिवन सत्तामा बसेर वर्गको उत्थानीकरण त हुन्छ त उसको त । त्यसकारण जुन भ्रष्टिकरण भएको थियो, त्यो भन्दा माथी उठेको लोकतन्त्र समावेशी र सहभागीयुक्त लोकतन्त्र चाहिन्छ ।’ 

जेन–जी अगुवा अमित खनालले नेपालका राजनितक दलहरुको विचारमा परिवर्तन हुन नसकेको बताए । मार्क्सबाट लेनिन, लेनिनबाट माओ आउँदै गर्दा केही न केही परिवर्तन भएको भए पनि नेपालमा राजनितिक दलहरुले भने २०६३ सालमा बोकेका एजेण्डा अझै बोकेर हिँडिरहेको बताए । 

जेन–जी अगुवा माजिद अन्सारीले सुरक्षा निकायको भुमिकामाथि प्रश्न उठाए । प्रहरीले जेन–जी आन्दोलनका क्रममा लाठी चार्ज गर्नुपर्ने ठाउँमा गोली चलाएको र राष्टको धरोहर बचाउनुपर्ने ठाउँमा देखा नै नपरेको उनको भनाई छ । उनले आन्दोलनकारीलाई बदनाम गर्ने चलन बढेको पनि बताए । आन्दोलनका क्रममा अराजकता मच्चाउनेलाई कारबाही गर्नुपर्ने भए पनि हाल मधेसी, मुसहर, दलित, जनजातिका अनुहार मात्रै पक्राउ परेको बताए । 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update