News 24 Television
मधेशमा नेताहरुको बबण्डर ! सांसदले दले कालोमोसो ! हेरिरहे मुख्यमन्त्री !

मधेश । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत पाउने स्थिति नबनेपछि पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिने भन्दै प्रदेशसभामा पुगेका मुख्यमन्त्री सोनलले अवस्था बिग्रिएपछि पदबाट राजीनामा दिदै षडयन्त्र भएको आरोप लगाएका छन् । 

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा घोषणा गरेका छन् । उनले प्रदेशसभा बैठकमै आफ्नो राजीनामा घोषणा गरेका हुन् । उनले शनिबार विश्वासको मतका लागि समय लिएका थिए । तर, मत नपाउने भएपछि राजीनामा घोषणा गर्नु प¥यो । 

आफूले विश्वासको मत लिने गरि प्रदेशसभामा पुगेपनि सभामुखले षडयन्त्र गरेपछि राजीनामा दिएको बताएका सोनलले प्रदेशसभा र संघीयता रहनुपर्नेमा आफुहरु दृष्ढ रहेको समेत बताए ।

यता, मुख्यमन्त्री सोनललाई विश्वासको मत लिने प्रयोजनमा राखिएको बैठकमा भने रोचक दृश्य देखियो । प्रदेशसभा बैठकमै नेकपा माओवादी केन्द्रका सांसद रहबर अन्सारीले आफैमाथि कालोमोसो दले । सरकार निर्माण गर्ने नैतिकता जेनजी आन्दोलनपछि सकिएको भन्दै उनले प्रदेशसभामै मोसो दले र विश्वासको मत नदिने घोषणा गरे । 

लोकतान्त्रिक समाजवादी पार्टीका नेता सोनललाई गते २९ असोजमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले नियुक्त गरेकी थिइन् । १ सय ७ सदस्य प्रदेश सभामा प्रदेश सभामा सरकारको बहुमतका लागि लागि ५४ मत आवश्यक पर्छ । 

विश्वासको मत दिने निर्णय गरेका सांसदहरुको अनुपस्थिति, मत नदिने घोषणा र दल विभाजनपछि अर्को दलका लागि सनाखत गरेका सांसदहरुका कारण पनि स्थिति सहज बन्न सकेन् । जसमा जनमतबाट जनस्वाराज पार्टीमा सनाखत गरेका निवर्तमान मुख्यमन्त्री सतिशकुमारसिंह र त्रिभुवन शाह प्रदेश सभामा बैठकमा अनुपस्थित थिए ।

मधेश प्रदेश सभामा सत्ता गठबन्धन लोसपाको ८, जसपा नेपालको १८, जनमतको १३, नेकपा माओवादी केन्द्रको ९ र एकीकृत समाजवादीको ७ सिट छ । नागरिक उन्मुक्ति पार्टीले उनलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । 

तर मत दिने आश्वासन दिएको संघीय समाजवादी पार्टीका सांसद बिमला अन्सारी शनिबार बैठकमा अनुपस्थित भएकी थिइन्, भने माओवादी केन्द्रका अन्सारीसंगै माला राईले सदनमै विद्रोह गरे । यसरी धमाधम विश्वासको मत दिने भनेकाहरुले हात झिक्न थालेपछि सोनलले पदबाट राजीनामाको घोषणा गरेका हुन् । 

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update