काठमाडौं । जेनजी आन्दोलन लगत्तै मात्रै होइन आफ्ना हरेक अभिव्यक्तिमा कांग्रेस महामन्त्री गगन थापा नेपाली कांग्रेस निर्वाचनमा जाने बताइरहेका हुन्छन् । शुरुका दिनमा महामन्त्री थापाको यो मुद्दामा कांग्रेसका केही नेताहरुले सहि थापे । तर अहिले कांग्रेस भित्रभित्रै विभाजित बन्दै गएको छ ।
पछिल्ला केही दिनयता संसद पुर्नस्थापनाको मुद्दा बोकेर अघि बढ्नु पर्ने मत कांग्रेसभित्र घुनिभूत हुँदै गएको छ । विगठित प्रतिनिधिसभाका बहुमत कांग्रेस सांसदहरुले संसद पुर्नस्थापना गर्नका लागि हस्ताक्षर संकलन गरेर पार्टीमा बुझाउने तयारी गरेपछि यो बिषयले केन्द्रीय समितिको बैठकमा समेत प्रवेश पाएको छ ।
अन्तरिक सरकारले विघटन गरेको प्रतिनिसभा निर्वाचको मितिलाई स्वागत गर्दै कांग्रेस महामन्त्री गगन थापाले कांग्रेस निर्वाचनमा जाने मात्रै भनेन् एमालेलाई समेत मनाउने बताएका थिए । तर अहिले कांग्रेसमा नै प्रतिनिधिसभा पुर्नस्थापनाको माग बलियो बन्दै गएको छ ।
आइतबारदेखि प्रतिनिधिसभा पुर्नस्थापना हुनुपर्ने भन्दै कांग्रेस सांसदहरुले हस्ताक्षर शुरु गरेका थिए । विघटित प्रतिनिधिसभामा कांग्रसका ८८ सांसद मध्ये १ निलम्बित छन् । बाँकी ८७ मध्ये ५० भन्दा बढी सांसदहरुले संसद पुर्नस्थापनाहुनु पर्ने भन्दै हस्ताक्षर गरेको विघठित प्रतनिधिसभाको कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे बताउँछन् ।
अर्का कांग्रेस नेता चन्द्र भण्डारी जेनजीका मागहरु सम्बोधन गर्नका लागि भएपनि प्रतिनिधिसभा पुर्नस्थापना गर्नु पर्ने तर्क राख्छन् । जेनजीले खोजेको परिवर्तन संविधानबाटै शंसोधन गर्नु पर्ने भण्डारी जिकिर गर्छन् । मुलुकलाई दुर्घटनाबाट बचाउने यो नै उपयुक्त विकल्प भएको उनको दाबी छ ।
सरकारले सबैभन्दा पहिला निर्वाचनको वातावरण बनाउनु पर्ने कांगेस नेता डा. शेखर कोइरालाको भनाइ छ । तर सरकारले निर्वाचनको वातावरण बनाउन तत्परता नदेखाएको उनको भनाइ छ ।
सरकार निर्वाचन केन्द्रीत नभएको कांग्रेस उपसभापति धनराज गुरुङले बताए । निर्वाचनप्रति सरकार नै जिम्मेवार नदेखिएपछि विघठित कांग्रेस सांसदहरुले संसद पूनस्थापनाको माग राख्दै स्वतःस्फूर्त रुपमा हस्ताक्षर संकलन गरेको र पार्टीमा बुझाउने तयारी गरेको सुचना आफुले पाएको गुरुङ्ग बताउँछन् ।
पार्टीले आधिकारीक निर्णय गरेर भन्दापनि अहिले मुलुकमा देखिएको समस्या समाधान गर्नका लागि स्वतन्त्र रुपमा हस्ताक्षर संकलन गरेको विघठित प्रतिनिधिसभाको कांग्रेस सचेत सुशिला थिङको भनाइ छ ।
कांग्रेसमा केही नेताहरुले प्रतिनिधिसभा पुर्नस्थापना हुनु पर्ने बताइ रहदाँ देउवाका विश्वासका पात्र मानिएका डा. प्रकाशशरण महत भने संसद पुर्नस्थापना गर्ने भन्दा पनि निर्वाचनमा नै जानुपर्ने बताइरहेका छन् ।
देउवा समुहकै विमलेन्द्र निधि र कृष्ण सिटौंला पनि निर्वाचन हुनु पर्ने पक्षमा छन् भने बाँकी तल्लो तहका नेता र सांसदहरु संसद पुर्नस्थापना हुुनु पर्ने बताइरहेका छन् ।
संसद पुर्नस्थापनाको पक्षमा कांग्रेसका प्रमुख सचेतक र सचेतक सहित देउवा पक्षका तल्लो तहका नेताहरु खुलेरै लागेका छन् भने कार्यवाहक सभापति पुर्णबहादुर खड्का यो बिषयमा मौन छन् । निर्वाचन हुनु पर्ने बताएको गगन समूह भने कांग्रेसमा बिस्तारै कमजोर बन्दै गएको देखिएको छ ।
कतिपयले देउवाकै इसारामा संसद पुर्नस्थापना हुनुपर्ने भन्दै सांसदहरुको हस्ताक्षर संकलन भएको बताउँदै आएका छन् । १० दिन भन्दा बढी समय बसेको कांग्रेस केन्द्रीय समितिको बैठक अझै सम्पन्न भई सकेको छैन । यस भन्दा अगाडि बसेको कार्यसम्पादन समतिको बैठकबाट संसद पुर्नस्थापना हुनुपर्ने निर्णय गरेको कांग्रसले केन्द्रीय समिति बैठकबाट कस्तो निर्णय गर्छ त्यो भने हेर्न बाँकी नै छ ।
