News 24 Television
निर्वाचन आयोगले थाल्यो राजनीतिक दलहरूसँग दोस्रो चरणको छलफल

काठमाडौँ । निर्वाचन आयोग र राजनीतिक दलहरुबीचको छलफल शुरु भएको छ । बिहीवार निर्वाचन आयोगमा राजनीतिक दलहरुसँग निर्वाचन आयोगले छलफल गरेको हो ।

यसअघि पनि आगामी निर्वाचनको तयारीबारे राजनीतिक दलहरुसँग आयोगले छलफल गरेको थियो । बिहीवारको राजनीतिक दलहरुसँगको छलफलमा प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसा भण्डारी, डा.जानकीकुमारी तुलाधर, सगुन शमशेर ज.ब.रा र राजनीतिक दलहरुको तर्फबाट नेपाली काँग्रेसबाट पुष्पा भुसाल, नेकपा एमालेबाट खगराज अधिकारी, नेपाली कम्युनिष्ट पार्टीबाट लिलामणि पोखरेल लगायतका नेताहरुको सहभागीता छ ।

अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति तोकेको छ । तर सरकार निर्वाचनको वातावरण बनाउन नलागेको आरोप राजनीतिक दलहरुले लगाउँदै आएका छन् । नेकपा एमालेले संसद पुनःस्थापनाको पक्षमा निर्णय गरेर अदालत जाने बताइसकेको छ । यसअघि बुधवार मात्रै निर्वाचनबारे आयोगले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेको थियो । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  १४:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update