काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले एकताको सन्देश दिने भन्दै सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने भएको छ । पेरिसडाँडामा बसेको वैठकले एकताको सन्देश दिनका लागि सभाको आयोजना गर्ने भनेपनि कहाँ कहिले गर्ने भन्ने विषय भने टुंगो लगाएको छैन् ।
विभिन्न घटक र दलबीचको एकतापछि बनेको नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने भएको छ । आईतवार पेरिसडाँडास्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी पूर्वपदाधिकारीहरुको बैठकले यस्तो निर्णय गरको नेता वामदेव गौतमले जानकारी दिए ।
संविधानद्वारा निर्देशित समाजवाद निर्माण गर्दै मुलुकमा विद्यमान समस्याको हल गर्ने सन्देश देशभर पु¥याउन पार्टीले सभा गर्न लागेको जनाइएको छ । प्रदेशमा हुने सभाको सन्देशबारे बोलेपनि कहाँ र कहिले कार्यक्रम गर्ने भन्ने विषयमा भने सोमबारसम्म टुंगो लाग्ने बताइएको छ ।
उसोतः मंसिर ९ गतेदेखि २०÷२१ गतेसम्म प्रदेश, महत्त्वपूर्ण स्थान, जिल्लामा सन्देश सभाहरू गर्ने गरि तयारी चलिरहेको बताइएको छ ।
नेकपाले एकताबारे विशेष अन्तरपार्टी निर्देशन अपानी जारी गर्ने भएको छ । नेकपाको अनौपचारीक बैठकले पार्टीलाई एकढिक्का बनाउनका लागि अपानी जारी गर्ने र नेपाली विशेषताको समाजवादका लागि विशेष तयारी गर्ने समेत बताएको छ ।
थप एकताको तयारी
नेपाली कम्युनिस्ट पार्टीले अन्य पार्टी र घटकसंग समेत एकताको तयारी गरिरहेको छ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल लगायतसंग एकता वार्ता चलिरहेको बताइएको छ ।
यस्तोमा अशोक राईसंग भने सम्वाद सघन रुपले अघि बढेको दाबी गरिएको छ । राई एमाले पृष्ठभूमीका नेता समेत भएकाले माधव नेपाल–झलनाथ खनाल लगायत वामदेव गौतम लगायतका नेताहरुले जोडबल गरिरहेको स्थिति छ । तर, राईले उपेन्द्र यादवसंग समेत एकता वार्ता भने जारी राखेको भनिएको छ ।
केपी ओलीमाथि कटाक्ष
नेपाली कम्युनिस्ट पार्टीको बैठकपछि नेताहरुले समाजवादमा पुग्ने दाबी गर्दै एकताको सन्देश दिने विषयमा जोड दिदै गर्दा पूर्वप्रधानमन्त्री समेत रहेका नेता झलनाथ खनाललाई प्रश्न सोधियो– नेकपा त बुढापुरानाको पार्टी हो रे ।
ओलीले भन्नु भएको भनेर । त्यसपछि झलनाथ खनालले नेकपा सबैको पार्टी भएको भन्दै ओलीलाई आफ्नो अनुहार ऐनामा हेर्न भन्दै व्यङ्ग्य कसे ।
झलनाथ खनालले एमालेसंग समेत वार्ता गरेका थिए । एकतामाा नआउने भन्दै ओलीलाई भेट्न गुण्डु पुगेका उनले अन्तिममा बाटो मोडेको ओलीले सार्वजनिक रुपमै आरोप लगाएका थिए । त्यसपछि दुई पार्टीका शीर्ष नेताहरुबीच नै घोचपेच चलिरहेको छ ।
