News 24 Television
विघटित प्रतिनिधिसभाका एमाले सांसदहरू जुटे छलफलमा

काठमाडौँ । विघटित प्रतिनिधिसभाका नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्बद्ध सदस्यहरूको बैठक सुरु भएको छ ।

    पछिल्लो राजनीतिक घटना, संसद् पुनस्र्थापनाकालगायतका विषयमा छलफल गर्न आज उक्त विघटित संसदीय दलको बैठक दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सो पार्टीको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा सुरु भएको हो । 

    सो दलका प्रमुख सचेतक महेश बर्ताैलाले संसद् पुनस्र्थापनाका लागि आफूहरू सर्वाेच्च अदालतमा जाने या नजाने भन्ने विषयमा बैठकले निर्णय गर्ने बताए ।

बैठकमा पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेललगायत नेताहरू पनि सहभागी छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update