स्याङजा । सबै पिडा विर्सिएर प्रकृति संगै समाहित हुन मन लाग्ने यो उत्कृष्ट ठाउँ हो स्याङजाको आँधीखोला गाँउपालिका–ं१ स्थित मायुभञ्ज्याङ । केही बर्ष अगाडि सम्म यो मायुभञ्ज्याङ सामान्य डाँडाको रुपमा परिचित थियो तर आँधीखोला गाँउपालिकाले प्रकृतिको सुन्दर उपहारलाई कसि लगाउने काम गरेको छ ।
कुनै समय सिद्धार्थ राजमार्गसँगै जोडिएर पनि पिछडिएको जस्तो बनेको गाँउपालिका अहिले विकास,कृषि,पर्यटनका पुर्वधारमा निकै फड्को मारिसकेको छ ।
एक सय असी डिग्रीमा देखीएको अन्नपुर्ण हिमश्रृंखलाको मनोरम दृष्य, वरीपरी सबैतिर हरियाली, शितलता संगै चलेको बतासले सुुसेली हाल्दै गित गाए जस्तो लाग्छ , शास्त्र हरुमा उल्लेख गरिएको स्वर्गको परिभाषा पनि यही हो जस्तो लाग्ने यो ठाउँ हो, स्याङजाको आँधीखोला गाँउपालिका –ं १ स्थित मायुभञ्ज्याङ ।
अहिले यो ठाउँ पर्यटकिय गन्तव्यमा परिणत भएको छ । नेपाल पर्यटन बोर्ड र गाँउपालिकाको सहकार्यमा पार्क निर्माण गरिएको छ । त्यती मात्र नभई, गाँउपालिकाले नै पर्यटकहरुलाई खाना बस्न सहज होस् भनेर वातावरणमैत्री भवन निर्माण गरि अत्याधुनिक कोठा सहितको रेष्टुरेन्ट सञ्चालन गरिएको छ । यहाँ पहिलो पटक भञ्ज्याङ पुग्ने पर्यटकहरु निकै खुशी देखिन्छन् ।
समुन्द्री सतहबाट करिब १८०० मिटरमा रहेको यहि मायुभञ्ज्याङ हुँदै सिरुबारी पुग्न सकिन्छ । सिरुवारी देशको पहिलो पर्यटकीय होम स्टे सञ्चालन गरिएको हो ।
यहाँ सम्म पुग्नका लागी सुविधा सम्पन्न सडक निर्माण गरिएको छ । पोखराबाट स्याङजाको नागडाँडा हुँदै करिब डेड घण्टामा यो भन्ञ्याङ पुग्न सकिन्छ ।
गाँउपालिकाले पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न थालेपछि मायुभञ्ज्याङ वरपरका बस्तीहरुमा होम स्टे र होटल सञ्चालनमा आउन थालेका छन् । व्यवसायीका अनुसार हिमाली दृश्याअवलोकनका लागी विदेशी भन्दा स्वेदेशी पर्यटक बढी आउने गरेका छन् ।
कृषि र पर्यटनलाई सँग सँगै अगाडी बढाउदै गाँउपालिका र जनतालाई आर्थिक विकासमा अगाडि बढाउने लक्ष्य गाउँपालिकाले लिएको छ ।
कुनै समय सिद्धार्थ राजमार्ग संगै जोडिएर पनि पिछडीएको जस्तो बनेको यो गाँउपालिकाले अहिले विकास, कृषि, पर्यटनका पूर्वाधारमा निकै फडको मारिसकेको छ । प्रकृतिले दिँदैमा स्वतः आफै केही हुँदैन, त्यसको उचित ब्यवस्थापन गर्न सक्नु पर्छ भन्ने आँधीखोला गाउँपालिकाले देखाएको छ ।
