काठमाडौं । आगामी फागुन २१ गते निर्वाचन गर्ने गरि सरकारले तयारी तीब्र पारे पनि नेकपा एमालेले भने आन्दोलन चर्काउने भएको छ ।
संसद पुर्नस्थापनाका पक्षमा सर्वोच्च जाने तयारी गरेको एमालेले कार्यकर्तालाई सडकमा उतारिसकेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पार्टीका विघटित प्रतिनिधिसभाका सदस्यहरुलाई डाकेर जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारलाई निर्वाचन गर्ने म्यान्डेट नै नरहेको ब्रिफिङ गर्नुका साथै सडक आन्दोलनमा उत्रिन निर्देशन दिएका छन् ।
आगामी फागून २१ गते प्रतिनिधिसभा सदस्य पदको निर्वाचनको तयारी तीब्र पारिए पनि जेनजी आन्दोलन सत्ताच्यूत भएको नेकपा एमाले आन्दोलनमा उत्रिसकेको छ ।
जेनजी आन्दोनलनको बलमा गठन भएको अन्तरिम सरकारलाई निर्वाचनको म्यान्डेट नै नभएको भन्दै एमाले संसद पुर्नस्थापनाको पक्षमा सडक आन्दोनलमा उत्रिसकेको छ ।
संसद पुर्नस्थापनाका पक्षमा पालिका तथा जिल्ला स्तरीय विरोध प्रदर्शन र सभा सम्मेलन समेत आयोजना गरिसकेको एमालेले प्रतिनिधिसभा विटघनका विरुद्धमा सर्वोच्च अदालत समेत जाने भएको छ ।
अदालत र सडक आन्दोलन एकै साथ अघि बढाउने तयारी गरेको एमालेका विघटित प्रतिनिधिसभा सदस्यहरुको बैठक नै डाकेर अध्यक्ष केपी शर्मा ओलीले सडक आन्दोलनमा उत्रिन निर्देशन नै दिएका छन् ।
प्रधानमन्त्री भएकै बेला जेनजी आन्दोलनका क्रममा सैनिक हेलिकोप्टरमा भागेर ज्यान जोगाएका ओली सेनाको ब्यारेरबाट फर्किएपछि अन्तरिम सरकार र जेनजी आन्दोलनप्रति आक्रामक बन्दै आएका छन् । मंगलबार आफ्ना पार्टीका पूर्वसांसदहरुसँगको बैठकमा पनि ओलीले जेनजी आन्दोलन क्रान्ति नभई प्रतिक्रान्ति भएको टिप्पणी गरे ।
अनि, नेपालमा बसेर अराजक गतिविधि गर्नेहरुमाथि कार्वाही हुने चेतावनी दिए ।
मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको पार्टीका पूर्व सांसदहरुको बैठकमा पनि ओली सरकारविरुद्ध आक्रामक बनेका थिए ।
संसद पुर्नस्थापनाको बारेमा पूर्व सत्ता सहयात्री दल नेपाली कांग्रेसको पर्खाईमा रहेका ओलीले आफ्ना पार्टीका पूर्वसांसदहरुलाई पुर्नस्थापनाका लागि अदालत र सडकमा जानेबारेमा व्रिफिङ गर्नुका साथै आन्दोलनमा उत्रिन निर्देशन नै दिएका छन् ।
एमाले पूर्व सांसदहरुको छलफलमा भाग लिएका नेताहरुले जेनजी पुस्ताको माग पूरा गर्नकै लाििग पनि संसद पुर्नस्थापना हुनुपर्नेमा जोड दिए ।
पछिल्लो समय मुलुक गम्भिर अवस्थामा पुगेको टिप्पणी गर्दै एमाले उपाध्यक्ष बिष्णु पौडेलले सोच बिचार गरेर नै पार्टीले संसद पुर्नस्थापनाको मुद्धा उठाएको स्पष्ट गरे । मुलुकमा अराजकता बढ्दै गएको र शान्ति स्थापना र जेनजीको माग सम्बोधनका लागि संसद पुर्नस्थापनाको विकल्प नरहेको पौडेलको भनाई छ ।
विघटित प्रतिनिधिसभा सदस्यको सदस्य नरहेका एमाले महासचिव शंकर पोखरेलले पनि आन्दोलन निर्विकल्प रहेको उल्लेख गरे ।
एमाले निर्वाचनबाट डराएर नभई मुलुकमा शान्ति कायम गर्न र स्थायीत्व कायम राख्नका लागि सडक आन्दोलन गर्ने निर्णय भएको पोखरेलको भनार्य थियो ।
दलका नेताहरुलाई उपत्यका छाड्न नदिने सरकारको निर्णय अझैसम्म पनि फिर्ता नहुनुले सरकारको निर्वाचन गर्ने कुनै मनसाय नरहेको पोखरेलको भनाइ छ ।
आफूहरु निर्वाचनबाट नभाग्ने भनी एमाले नेताहरुले दिएको अभिब्यक्तिकै कारण पनि एमालेले निर्वाचनमा भाग लिने सरकारको विश्वास थियो ।
संसद विघटनविरुद्ध एमालेको पालिका र जिल्लास्तरीय कार्यक्रमलाई चुनावी तयारीको रुपमा पनि हेरिएको थियो । तर पार्टीका पूर्व सांसदहरुलाई नै डाकेर एमाले अध्यक्ष ओलीले सशक्त आन्दोलनमा उत्रिन निर्देशन दिनुले एमालेको बटमलाइन स्पष्ट भएको छ ।
एमालेले पूर्व सांसदहरुले पनि हस्ताक्षर संकलन गरी संसद पुर्नस्थापनाका लागि मुद्दा अघि बढाउने तयारी गरेको छ । प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालको अगुवाईमा हस्ताक्षर अभियान चलाउने तयारी गरिएको छ ।
अदालतमा मुद्दा दायर गर्नुका साथै सडकबाट पनि आन्दोलन चर्काउने रणनीतिले एमाले आगामी फागुनमा चुनाव गराउन नदिने योजनामा रहेको स्पष्ट भएको छ ।
