काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा चुनावको तयारीमा तीव्रता दिइरहेको छ । एमाले सहितका केहि दलले चुनाव नहुने आशंका गरिरहेका बेला रास्वपा चुनावी तयारीमा जुटको हो ।
लोकतान्त्रिक प्रणालीमा विश्वास गर्ने दाबी गर्दै आएको रास्वपा उम्मेदवार छनोट सहित कार्यलाई तीव्रता दिएको छ । अर्कातर्फ, नेता कार्यकर्तालाई प्रशिक्षण दिनेदेखि सांगठनिक जिम्मेवारीमा समेत रास्वपा अग्रसर देखिन्छ । यता, राजनीतिक वृतमा भने जेनजी र एमालेको टकरावले फागुन २१ मा चुनाव हुनेमा आशंका उत्पन्न कायम छ ।
२०७९ मंसिर चारको प्रतिनिधिसभा चुनावमा २० सिट सहित राष्ट्रिय राजनीतिमा सानदार इन्ट्री गरेको रास्वपा चुनावी तयारीमा तीव्रताका साथ लागिरहेको छ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले घोषणा गरेको फागुन २१ को प्रतिनिधिसभा चुनावमा पहिलो दल बन्ने लक्ष्यसहित रास्वपा तयारीमा जुटेको हो ।
फागुन २१ को चुनावमा पहिलो दल बन्नेगरी लागि परेको रास्वपाले प्रतिनिधिसभा सदस्य उम्मेदवार छनोटको जिम्मा सहमहामन्त्री विपिनकुमार आर्चायलाई दिएको छ ।
छनोट समितिको संयोजकमा आर्चायले काम तीब्र रुपमा भइरहको बताएका छन् । आर्चायसहित उम्मेदवार छनोटको सदस्यहरूमा सचिवालय सदस्य विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्य द्वय डा. चन्दा कार्की र राजन गौतम सहित प्रदेश सभापतिहरू पदेन सदस्यका रुपमा रहेका छन् ।
कसरी हुन्छ त रास्वपाको उम्मेदवार छनोट ?
–पार्टीको विधान अनुसार
–प्रतिनिधिसभा नियममावली अनुसार
के छ भिन्न ?
जान्नेलाई छान्ने नारा बोकेको रास्वपाले उम्मेदवार छनोटका लागि नयाँ विधि अपनाएको छ । रुपन्देही–३ को उपचुनावका लागि रास्वपाले अपनाएको विधिलाई अबलम्बन गरेको देखिन्छ ।
–उम्मेदवार क्लब
–लिडरसिप एकेडेमी
–पोलिटिकल प्रोक्सिमिटी
–प्रारम्भिक निर्वाचन
जस्ता उपाय रास्वपाले अपनाएको छ । यस्तै, उम्मेदवार छनोट समितिका संयोजक आर्चायका अनुसार रास्वपाको समानुपातिक उम्मेदवार बन्न ५० हजार शुल्क तोकिएको छ, भने प्रत्यक्षतर्फको उम्मेदवार बन्न २५ हजार शुल्क रहनेछ ।
यसका अलवा रास्वपाको प्रतिनिधिसभा उम्मेदवार बन्न सार्वजनिक पदको दुरुपयोग नगरेको, शैक्षिक प्रमाणपत्र प्रमाणीकरण, वैधता, सार्वजनिक रुपमा प्रमाणित घृणात्मक अभिव्यक्ति, दुव्र्यवहार, धम्की, जाति, लिङ्गमा आधारित तथा कमजोर समूहको शोषणजस्ता आचरण नगरेको लगायतका प्रावधान रहेका छन् ।
नेपाली राजनीतिमा बैकल्पिक शक्तिको नेतृत्वकर्ता दाबी गर्ने रास्वपा पुराना राजनीतिक दललाई ब्यालेट मार्फत साइजमा ल्याउने रणनीतिमा रहेको छ । सहकारीको बचत अपचल प्रकरणका कारण नख्खु कारगारमा रहेका सभापति रवि लामिछानेमा माथि राजनीतिक प्रतिशोष साँधिएको दाबी पनि रास्वपा नेताहरुले गरिरहेका छन् ।
पार्टी परित्यागले संकट
नेपाली राजनीतिमा बैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपा पछिल्लो समय विग्रहको बाटोमा पुगेको छ । रास्वपाबाट शिक्षामन्त्रीसम्म बनेकी सुमना श्रेष्ठ र प्रमुख सचेतक बनेका सन्तोष परियारले पार्टी परित्याग गरेका छन् ।
यसले रास्वपा भित्रको अन्तरविराध प्रष्ट पारेको छ । तर, प्रवक्ता मनिष झा भने छाडेर जानेलाई हासेर विदाई गर्ने संस्कार रहेको र त्यसले ठुलो असर नपर्ने बताउँछन् ।
यता, राजनीतिक बृतमा कार्की नेतृत्वको सरकारले समयमै चुनाव गराउन नसक्ने टिप्पणी भइरहेका छन् । मधेश प्रदेशको बारा घटनाले त्यो आशंकामा बल पनि पुर्याउछ । हठातमा सरकारबाट बाहिरिनु परेपछि पिडामा परेको एमाले चुनाव भन्दा पनि संसद पुनर्थापनामा लागि परेको छ । यस्तो अवस्थामा रास्वपा भने प्रक्रियागत रुपमा चुनावी मैदानमा होमिन लागेको हो । यसमा रास्वपा कत्तिको सफल हुन्छ त्यो भने हेर्न बाकी छ ।
