News 24 Television
नेपाली कम्युनिस्ट पार्टी निर्वाचन प्रचारमा, जेनजी सम्बोधनमै प्रतिबद्धताको चाङ

काठमाडौं । नेपाली कम्युनिस्ट  पार्टीले निर्वाचनको प्रचारप्रसार शुरु गरको छ । जेनजीसंग नेपाली कम्युनिस्ट पार्टी नामक ब्यानरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमबाट चुनावी सक्रियता बढाइएको हो । चुनावका लागि युवाहरुलाई प्रोत्साहन र सहभागीताका लागि चालिएको यो कदम प्रभावकारी बन्ला ? 

यो– पेरिसडाँडामा नेपाली कम्युनिस्ट पार्टीले जेनजी युवाहरुलाई पार्टी प्रवेश गराइरहेको दृश्य हो । जेनजी आन्दोलनपछि हुन लागेको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले जेनजीसंग नजिक हुने कार्यक्रम नै आयोजना ग¥यो । वाइसीएलको अगुवाईमा आयोजना गरिएको कार्यक्रममा नेताहरुले जेनजी पुस्ताका युवा–युवतीहरुलाई भाषणमात्रै सुनाएनन्, उनीहरुले आगामी निर्वाचनमा सहभागीतामा ध्यान दिने प्रतिबद्धता समेत व्यक्त गरे । 

प्रचण्डले युवालाई धेरैभन्दा धेरै सहभागीता गराइने भन्नुको अर्थ हो, प्रतिनिधिसभाको निर्वाचनमा युवाको सहभागीता उल्लेख्य हुने । तर, निर्वाचनमा उम्मेदवार नबाएसम्म विश्वास गर्ने वातावरण भने बन्ने स्थिति छैन् ।

एकतामा आएका नेता व्यवस्थापन चुनौती

पार्टी एकतामा आएका नेताहरुको व्यवस्थापन समेत चुनौतीपूर्ण बन्ने स्थिति छ । पूर्वप्रधानमन्त्री समेत रहेका नेता झलनाथ खनालले पार्टीमा एकतामा आउनेहरुको व्यवस्थापनमा आफ्नो छुट्टै नाम आउने दाबी गरिसकेका छन् । 

यसरी अन्य घटक र नेताहरुलाई समेत जिम्मेवारी दिनुपर्ने स्थिति छ भने २७५ सिटको निर्वाचनमा चुनावी तालमेल गर्ने वा एक्लै जाने भन्ने निर्णयपछि टिकटको हानाथाप हुने देखिन्छ ।

नेताहरुको संख्या धेरै, कार्यकर्ताको संख्या खोई भन्दै प्रश्न उठाउन थालिएको बेला युवाहरुलाई निर्वाचनमा सहभागीता उल्लेख्य गराउन नसक्ने हो भने समेत परिणाम सहि निस्किन नसक्ने खतरा देखिन्छ । 

सहरी मतदाताको मनोविज्ञान र उनीहरुलाई मतपत्रमा छाप लगाउनेसम्मको स्थिति निर्माण गर्न समेत ठूलो प्रयास गर्नुपर्ने अवस्था छ । जसकारण नेताहरुको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।

चुनावी तयारी शुरु

नेपाली कम्युनिस्ट पार्टीले चुनावी अभियानको शुरुवात गरेको छ । पेरिसडाँडामा जेनजीसंग नेपाली कम्युनिस्ट पार्टी भन्दै कार्यक्रम नै आयोजना गरेर चुनावी अभियान शुरु गरेको छ । 
जेनजी आन्दोलनपछि चलिरहेका विभिन्न नामका जेनजी गतिविधि र उनीहरुको मनोभावनालाई समेट्न आयोजना गरिएको यो कार्यक्रमले निर्वाचनको पूर्णतयारी शुरु भएको प्रष्ट संकेत गरिरहेको छ । 

अन्तरिम सरकारले निर्वाचन गराउँछ वा गराउदैन भन्ने अन्योलतामा रहेका प्रचण्डले निर्वाचन आयोगको सक्रियतालाई समेत केन्द्रमा राख्दै तयारी थालेको देखिन्छ । निर्वाचन आयोगमा दल दर्ताका लागि समेत अग्रसर बनेको नेपाली कम्युनिस्ट पार्टी सबै हिसावले चुनावी तयारीमा होमिएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  ०८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update