News 24 Television
तीन विद्रोहीको मिलन ! आँखाबाटै भविष्य कोर्ने ! पुरानालाई तोड्ने !

काठमाडौं । डा. बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियारले नयाँ पार्टी घोषणा गरेका छन् । आइतबार राष्ट्रियसभा गृहमा एक विशेष कार्यक्रमकाबीच प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरियो । जसको चुनाव चिन्ह आँखा लिएर एकट्ठा भएका तीन शक्तिले जेनजीका मुद्दा समेट्दै प्रगतिशिल विचारमा नयाँ क्रान्ति ल्याउने अठोट गरेका छन् । 

दुर्गा सोबको नाममा निर्वाचन आयोगमा दर्ता रहेको पार्टी प्रलोपा एकिकरणको अध्यक्षता रास्वापाबाट विद्रोह गरेका सन्तोष परियारले गर्दा पार्टीको राजनीतिक प्रतिवद्धता तत्कालिन माओवादीबाट विद्रोह गरेका जनार्दन शर्मा गरे ।

डा. बाबुराम भट्टराईले अविभावकिय भुमिकामा रहने घोषणा गर्दा जनेजी उगुवा ओजस्वी भट्टराई सहित युवालाई उच्च प्राथमिकता दिइएको छ । १ सय ५१ जना केन्द्रीय समिति रहने प्रलोपा नयाँ बैकल्पिक शक्ति बन्ने दाबी नेताहरुको छ ।

जर्नादनले वाचन गरेको राजनीतिक प्रतिबद्धतामा के छ ? 

–    प्रगतिशिल समाजवाद मार्गदर्शक सिद्धान्त

–    एक कार्यकारी पद, एक व्यक्ति दुई कार्यकाल र राइटु टु रिकल

–    पार्टी नेतृत्वमा समावेशी र सामूहिकता

–    सामाजिक र सांस्कृतिक पुर्नसंरचना गर्ने

–    राजनीतिक पुर्नसंरचना गर्ने

–    आर्थिक पुर्नसंरचना गर्ने

–    नीति र प्रणालिगत पुर्नसंरचना गर्ने

–    भ्रष्ट्राचार विरुद्ध राष्ट्रिय महाअभियान चलाउने

–    पुर्नजागरण आन्दोलन चलाउने

सहितका विषय समावेश गरिएको छ । राष्ट्रिय सभागृहमा प्रलोपा पार्टी एकतामा केहि नयाँ पन भने देखिएको थियो । जस्तो की खादामाला लगाइएको थिएन्, अथिति तथा शिर्ष नेतृत्व साधारण सिटमै बसेर आशनग्रहण गरियो भने तामझाम कम देखिन्थ्यो । युवालाई विशेष प्राथामिकता दिइने दाबी नेतृत्व पंक्तिको भाषणमा थियो । 

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update