News 24 Television
थरिथरीका प्रचण्ड जुक्ति ! शक्तिमान बन्न भित्रभित्रै योजना ! ब्याकबोन को ?

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’पार्टी ध्रुवीकरणमा कस्सिएर लागि परेका छन् । गएको कार्तिक १९ गते काठमाडौंको भृकुटीमण्डपमा विभिन्न १० राजनीतिक शक्तिलाई एकट्ठा गर्दै नेकपाको संयोजक बनेका प्रचण्डले विहीबार अन्य चार समूहलाई स्वागत गरे ।

योसँगै नेकपामा समाहित हुने दलको संख्या १६ पुगेको छ । एक दर्जन बढि शक्तिका कमाण्डर बनेका प्रचण्डले मुलुकको पहिलो शक्ति बन्ने दाबी पनि गरेका छन् । 

कुन–कुन शक्ति नेकपामा समाहित भए ? 

–    राजेन्द्र प्रसाद श्रेष्ठ नेतृत्वको जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह

–    वीपी खनालको समूह 

–    सरद रसाइलीको समूह

–    गोपाल परियारको समूह 

–    जेनजी मुस्कान खातुन

यी समूह र नेकपाबीच १० बुँदे सहमति भएको छ । पार्टी एकीकरणले बलियो बनेको नेकपाले अर्काे ठुलो कम्युनिष्ट दल नेकपा एमालेलाई पनि एकतामा आउन आह्वान गरेको छ ।

डेढ दर्जन हाराहारी दल एकताको सुत्रमा बाँधिदा नेकपाको राजनीतिक कार्यदिशा के हो ? अनि युवाको सहभागिता र व्यवस्थापन कसरी हुन्छ त ? 

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update