काठमाडौं । नेपालमा राजनीतिक दलहरुको लाइनमा उज्यालो नेपाल पार्टी पनि औपचारिक रुपमा आइपुगेको छ । बुधबार काठमाडौंको प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा अन्तरिम सरकारमा मन्त्री रहेका कुलमान घिसिङले उज्यालो नेपाल पार्टी घोषणा गरे । पार्टीको औपचारिक घोषणाले कुलमान सक्रिय राजनीतिमा सतहमा देखिएका छन् । यस घोषणा सभामा रास्वपा परित्याग गरेकी सुमान श्रेष्ठको रणनीतिक उपस्थिति देखिएको थियो ।
अन्तरिम सरकारमा मन्त्री नै रहेका कुलमान घिसिङ अब खुलेआम रुपमा सक्रिय राजनीतिमा होमिएका छन् । बुधबार काठमाडौंको कमलादीमा आयोजित कार्यक्रममा उनले उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा गर्दै राजनीतिक यात्रालाई औपचारिकताका साथ अघि बढाए ।
नेपाललाई लोडसेडिङमुक्त गराउने श्रय कुलमान घिसिङ्लाई दिने गरिन्छ । त्यसैले पनि उनले नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा रहँदा धेरैको मन जितेका थिए । यसैको आधारमा उनले पार्टी राजनीतिलाई गति दिन खोजेको देखिन्छ । दलबलसहित उज्यालो नेपाल पार्टी घोषणा कार्यक्रममा पुगेका कुलमानले मुलुककै नेतृत्व गर्ने समेत बताए ।
कुलमान अहिले सरकारमा रहेकाले पार्टीको संरक्षकका रुपमा मात्रै बसेका छन् । पार्टीको अध्यक्ष अनुपकुमार उपाध्यायलाई बनाइएको छ । कार्यक्रममा जनेजी, घाइते परिवार, नागगरिक समाजका अगुवा, पुर्वराजदुत देखि रास्वपा परित्याग गरेकी पुर्वशिक्षामन्त्री सुमना श्रेष्ठ अथितिमा देखिदा हलभरी खचाखच समर्थक भरिएको थियो ।
कस्ता छन् त उज्यालो नेपाल पार्टीका राजनीतिक घोषणाहरु ?
– संविधान संशोधन
– समानुपातिक निर्वाचन प्रणाली
– प्रदेश र स्थानीय तहको पुर्नसंरचना
– मन्त्रालयको संख्या पुनरावलोकन
– सांसदविहीनलाई मन्त्री
– प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री र ५ सदस्यीय मन्त्रिपरिषद्
– संसदीय निर्वाचनमा एकै क्षेत्रबाट तेस्रो पटक उम्मेदवार बन्न नपाउने
– स्थानीय तहको चुनाव गैरदलीय
– न्यायपरिषद् पुर्नगठन
अन्य घोषणाहरु
– उज्याले नेपाल उज्यालो भविष्य
– विकास समृद्धि र सामाजिक न्याय हाम्रो लक्ष्य
– सुशासन र पारदर्शिता हाम्रो बाटो
– स्वाभिमानी राष्ट्र, आत्मनिर्भर अर्थतन्त्र
– सांस्कृतिक विविधता हाम्रो शक्ति, हाम्रो एकता
– नयाँ मुद्दा, नयाँ नेपाल
सुशासन, समृद्धि र सामाजिक न्याय मुख्य एजेण्डा अघि सारेको उज्यालो नेपाल पार्टीको घोषणासभामा सम्बोधन गर्ने अधिकांशले शुभकामना मात्रै दिएनन् नेपालको नम्बर एक पार्टी बन्ने सम्मको विश्लेषण गरेका छन् । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षीतले उज्यालो पार्टीको उज्वल भविष्य रहेको बताउँदै भ्रष्ट्राचार र वेथितिका विषयमा गम्भिर बन्न सुझाव दिए ।
अथितिका रुपमा कुलमानको पार्टी घोषणामा सहभागि भएकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले नयाँ सबै एकठाउँमा उभिनुपर्ने बताइन् । श्रेष्ठले पुराना शक्तिलाई परास्त गर्न नयाँ शक्ति मिल्नुको विकल्प नरहेको समेत बताइन् ।
यस्तै, कालाकारिता क्षेत्रमा सक्रिय रहेकी कलाकार रिमा विश्वकर्मा पनि अहिले यस पार्टीमार्फत राजनीतिमा होमिएकी छन् । सामाजिक न्याय सहितको समाज बनाउन राजनीतिमा सक्रिय बनेको उनको भनाई छ । पार्टीको घोषणापत्र वाचन गरेकी विश्वकर्माले उनेपाले भ्रष्टाचार र वेथितिको अन्त्यगरि उज्यालोको ज्योति छर्ने दाबी गरिन् ।
उज्यालो नेपाल बन्ला त नयाँ वैकल्पिक शक्ति ?
नेपालमा परम्परागत राजनीति प्रतिको बढ्दो वितृष्णा, नयाँ र बैकल्पिक शक्तिको खोजी देखि पार्टी घोषणा र चुनावी मैदानमा होमिने लहर चलेको छ ।
यसैका विच उज्यालो नेपाललाई नेपाली राजनीतिमा स्थापित हुनपर्ने चुनौति रहेको छ । अर्कातर्फ रास्वपा जस्तो बैकल्पिक शक्ति चुनावी मैदानमा होमिदा कुलमानको पार्टीलाई चुनौतीका पहाडको सामना गर्नपर्नेछ । यद्दपि, यी दुई दल विच पार्टी एकता देखि चुनावी एकतासम्म बहस र छलफल चलिरहेका छन् ।
उज्यालो नेपाल पार्टीका चुनौति
राजनीतिक दलहरुका अन्य लक्ष्य उद्देश्य जे–जे भनिएपनि सत्ता र शक्ति प्राप्ति प्रमुख नै हो । कुलमान आफै पनि भावि प्रधानमन्त्रीको घोषित क्यानिडेट हुन् ।
के सहज परिस्थिति छ त कुलमान भावि प्रधानमन्त्री बन्न ? अहिलेको अवस्थामा बाटो धेरै अप्ठ्यारो देखिन्छ । किनभने जेनजी आन्दोलन पछि दलहरु धु्रबीकरण र एकतामा आउन थालेका छन् । पुष्पकमल दाहाल प्रचण्ड संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टीमा १६ घटकको समायोजले शक्तिशाली बनेको छ ।
केपी शर्मा ओली अध्यक्ष रहेको दल नेकपा एमाले र शेरबहादुर देउवा सभापति रहेको दल नेपाल कांग्रेस सांगठनिक रुपमा बलिया छन् ।
अर्काेतर्फ रास्वपा पनि बैकल्पिक शक्तिको एकता र सक्रियताले बलियो देखिएको छ । जेनजी युवा छट्टै पार्टी खोलेर अघि बढ्न खोजिरहेका छन् । तरपनि, यी तमाम चुनौतीका विच कुलमान प्रधानमन्त्री बनेर देश चलाउने रहर रहेको बताउँछन् ।
कुलमान प्रतिनिधिसभाको उम्मेदवार बन्न पाउने की नपाउने ?
अन्तरिम सरकारका मन्त्री घिसिङलाई चुनावी मैदानमा होमिन मिल्न की नमिल्ने भन्ने बहस सतही बनेको छ । किनभने अन्तरिम सरकारलाई तोकिएकै मिति फागुन २१ मा चुनाव गराउनुपर्ने चुनौती छ ।
यस्तो विषम परिस्थितिमा कुलमानले चुनाव अघि मन्त्रीपदबाट राजीनामा दिएर चुनाव लड्ने मनसाय बनाएको बताइन्छ । तर उनको यस चाहनाबारे राजनीतिक वृतमा धेरै कोणबाट टिकाटिप्पणी भइरहेका छन् ।
संवैधानिक पक्ष र राजनीतिक नैतिकताको कसीमा बस्ने हो भने कुलमानले निर्वाचन सम्पन्न गराउने जिम्मेवारी बहन गर्नुपर्ने, आफु नै निर्वाचनमा प्रतिस्पर्धी बन्न नहुने सुझावहरु राजनीतिक वृतमा बढिरहेका छन् ।
