नेविसंघ सीटीईभीटी समन्वय समितिको अध्यक्षमा कार्की चयन
काठमाडौं । नेविसंघ सीटीईभीटी समन्वय समितिको अध्यक्षमा अनिल कार्की चयन भएका छन् । लामो समयदेखी रिक्त रहेको यस स्थानका लागि सर्वपक्षीय छलफल र संवाद पश्चात् कार्कीलाई चयन गरिएको हो ।
नेविसंघले कार्कीलाई जिम्मेवारीका लागि चयन गरेसँगै सीटीईभीटीमा नेविसंघको रिक्तता पुरा भएको छ । जिम्मेवारी ग्रहण गर्दै नवनियुक्त अध्यक्ष अनिल कार्कीले आफु सधैं विद्यार्थीको हकहितका लागि प्रतिबद्ध रहेकाले सोही अनुसार प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेविसंघले शिक्षाका क्षेत्रमा निभाउदै आएको जिम्मेवारीलाई आफुले प्रेरणाका रुपमा लिएको र आगामी दिनमा विद्यार्थीको सहजकर्ताका रुपमा सक्रिय रहेर काम गर्ने प्रतिबद्धता समेत अध्यक्ष कार्कीको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२ १८:०५
प्रतिक्रिया दिनुहोस्
