News 24 Television
मिटर ब्याजविरुद्धका अभियन्ता संघर्ष नेकपामा

काठमाडौँ । वर्षौदेखि मिटर ब्याजविरुद्धको आन्दोलनको नेतृत्व गर्दै आएका संघर्ष दाहाल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । नेकपाका संयोजक प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले संघर्षलाई पार्टीमा भित्र्याएका हुन् ।

पार्टी प्रवेश गराउँदै प्रचण्डले संघर्षजस्ता थुप्रै युवाहरु एकताबद्ध हुन आवश्यक रहेको बताए । यसैगरि, पार्टी प्रवेश पश्चात प्रतिक्रिया दिँदै संघर्षले अग्रजहरूको अनुभव र युवाहरुको ऊर्जालाई मिलाएर नेपालमा समाजवादको यात्रालाई अगाडि बढाउन नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेको बताए ।

उनले देश अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको मैदान जस्तो बन्न पुगेको आफुले अनुभुति गरेको र सोही कारण यस जटिल अवस्थामा युवाहरु विचार सहित संगठित र गोलबन्द हुन आवश्यक रहेको समेत बताए । पछिल्लो समय चीनमा अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरिरहेका संघर्षले मधेसमा मिटरव्याज पीडितलाई संगठित गरेर २०७९ चैत २ गते महोत्तरीको बर्दिवासबाट १२ दिन पैदल मार्च गराएर काठमाडौंसम्म ल्याएका थिए ।

दबाबमूलक पैदल यात्राका कारण तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले मिटरव्याज सम्बन्धी कानून बनाएको थियो भने मिटर व्याज सम्बन्धमा छानविन गर्न आयोग समेत बनाएको थियो । उखु किसान, मधेशका भूमिहीनहरु लगाएतका व्यक्तिहरुका लागि संघर्षले निरन्तर अभियान चाल्दै आएका छन् । 

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  १९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update