News 24 Television
ईश्वर र ओली भिडन्त पक्का, कुन नेता कसको पक्षमा ?

काठमाडौँ । नेकपा एमाले पार्टीको ११औँ महाधिवेशनको संघारमा छ । यो महाधिवेशनमार्फत एमालेको नेतृत्वमा केपी शर्मा ओली नै तेहरिने तयारीमा छन् । तर ओलीको यो चाहनालाई असफल पार्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्ष सक्रिय बनेको छ । यो पटक कुनै पनि हालतमा ओलीलाई मौका नदिने ईश्वरको तयारी छ । यो प्रतिस्पर्धामा हार व्यहोरेपनि विगतमा प्रतिस्पर्धा गरेका नेताहरु जसरी पार्टी नै छाडेर नजाने ईश्वरले  घोषणा नै गरेका छन् । उनको यो अभिव्यक्तिले पनि उनी आगामी महाधिवेशनमा ओलीलाई टक्कर दिने तयारीमा रहेको प्रष्ट भइसकेको छ । 

तेस्रो कार्यकालका लागि ओलीले आफूलाई सुरुका दिन देखि नै दावेदारी प्रस्तुत गर्दै आएका छन् । उनले आफ्नो अनुकुलनकै लागि पार्टीको विधान नै परिमार्जन गरेर ७० वर्षे उमेरहद हटाइसकेका छन् भने कार्यकालको सिमा पनि हटाइएको छ । यसपछि ओलीले दिने अभिव्यक्तिले पनि आफू तेस्रो कार्यकालमा निर्वाचित हुने अपेक्षाधको संकेत गर्दछ । ओलीले आगामी महाधिवेशनमा आफ्नो सम्बोधनबाहेक अन्य कुनै विषयमा छलफल नुहने भनिरहेका छन् । तर ओलीको योजना अनुसार नै महाधिवेशनमा कुनै प्रतिस्पर्धा नहुने भन्ने देखिँदैन । ओलीलाई ईश्वर–विद्या समूहले चुनौती दिने निश्चित बनेको छ ।

ओली र इतर पक्षका नेताहरुको दावी के छन् ? 

आगामी ११औँ महाधिवेशनको तयारी अन्तिम चराणमा पुगेका बेला ओली र ईश्वर पक्षका नेताहरुको आ–आफ्नै दावी र धारणा प्रस्तुत गरिहरको छन् । ओली पक्षका नेताहरु देशकको समस्या हल गर्नका लागि एमालेको नेतृत्वमा ओली नै निर्विकल्प रहेको जिकिर गरिरहका छन् । उनीहरु आगामी महाधिवेशनमा पनि ओली नै तेहरिनुपर्ने पक्षमा उभिँदै आएका छन्। 

तर उता इतरपक्षका नेताहरु भने कुनैपनि हालतमा नेतृत्व परिवर्तन हुनुपर्ने पक्षमा जोड दिइरहेका छन् । उनीहरुले ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका लागि ओलीविरुद्ध लड्नैपर्ने अठोठ गरेको देखिन्छ । मुख्यतः उनीहरुले विद्या भण्डारीलाई एमालेमा स्थान नदिइएको विषयलाई नै प्रमुख मुद्धा बनाएर ओलीलाई नेतृत्वबाट परास्त पार्नुपर्ने विषयलाई जोड दिइरहेको देखिन्छ । 

केपी शर्मा ओली प्रधानमन्त्री रहेकै बेला सत्ता र सरकारमाथि आक्रोश पोख्दै युवा पुस्ताले वृहत्त आन्दोलन गरे । यसको प्रतिफलस्वरुप एमाले नेतृत्वको सरकार ढल्यो, भने प्रधानमन्त्री केपी शर्मा ओली पनि वालुवाटारबाटै भाग्नुप¥यो । यसपछिको पार्टी राजनीतिमा पनि ओली फेरी नेतृत्वमा आउने तयारी गरेपछि पार्टीबाटै केही नेताहरु उनको विकल्प खोजिनुपर्ने पक्षमा बेजोडकासाथ लागि परेका छन् । तर यो योजना कति सफल होला भन्ने विषय अहिले नै भन्न सकिने अवस्था छैन ।

कुन–कुन नेता कस्को पक्षमा ? 

एमालेको अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलकै भिडन्त हुने निश्चित छ । यस्तै उनीहरुको पक्ष र विपक्षमा अन्य नेताहरु पनि खुलिरहेका छन् । यस्तैमा ओली पक्षबाट महासचिवका लागि शंकर पोखरेल, प्रदीप ज्ञवाली तथा पृथ्वीसुब्बा गुरुङ प्रत्यासी छन् । त्यस्तै ओली पक्षबाटै एमाले सचिव बन्नका हिक्मत कार्की, शेरधन राई, भानुभक्त ढकाल, राजेन्द्र गौतम, विनोद ढकाल, ज्वालाकुमारी साह, महेश बस्नेत तथा माधव ढुंगेलले दावेदारी पेश गरिरहेका छन् । 

उता ओलीको इतर पक्षबाट पनि महासचिव र सचिवका लागि दर्जनौँ नेताहरु आकांक्षा प्रकट गरिरहेका छन् । जसमा एमालेको महासचिवका लागि  सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण बिष्ट अग्रपंतिमा छन् । यस्तै सचिवका लागि पनि इतर पक्षबाट गोकुल बास्कोटा, रचना खड्ेका, कर्ण थापा, ठाकुर गैरे लगायत नेताहरु चर्चामा छन् । यो आधारले पनि एमालेको ११औँ महाधिवेशन ओली र ईश्वर पक्षको भिडन्तले रोचक बन्ने निश्चि छ । यो निर्वाचनका ओलीको विकल्प ईश्वर बन्लान वा नबन्लान ? भन्ने प्रश्नको जवाफ पाउन भने निर्वाचनको मत परिणाम नै कुनुपर्नेछ । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  २०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update