काठमाडौँ । केपी शर्मा ओली सत्ताबाट बदनामपूर्ण बहिर्गमित भएका पात्र हुन् । जेनजी आन्दोलनले उनलाई वालुवाटारबाटै भाग्न बाध्य बनायो । तरपनि उनी अझै राजनीतिक पुनरागमन प्रयासमा छन् । उनी आगामी निर्वाचनमार्फत फेरी सत्ताको नेतृत्वमा फर्किने आत्मविश्वास प्रकट गरिरहेका छन्, भने पार्टीको ११औँ महाधिवेशनमार्फत पुनः अध्यक्षमा तेहरिने प्रयत्नमा छन् ।
ओली जेनजी आन्दोलनमा भएको घटनाको सम्बन्धमा छानविन गर्न बनेको उच्चस्तरिय जाँचबुझ आयोगलाई पनि वयान नदिने अड्डि कसिरहेका छन् । पूर्वप्रधानन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा जेनजी आन्दोलनमा भएको घटनाको छानविन गर्न समिति गठन गरिएपनि ओलीले उक्त समितिलाई वयान नै नदिने अडान अघि सारेका हुन् । उता सरकार भने ओलीलाई वृहत्तर अनुसन्धान गर्ने तयारीमा छ । यसबारे गृहमन्त्री ओमप्रकाश अर्यालले नै पनि ओलीमाथि अनुसन्धान र आवश्यक परे कारवाही नै गर्ने दावी गर्दै आएका छन् ।
तर ओली भने आफू कुनै पनि हालतमा वयनमा नजाने अडानमै देखिन्छन् । ओलीले आफू वयानका लागि जाने वा नजाने विषय नितान्त व्यक्तिगत भएको टिप्प्णी गर्दै आफू नगएको अवस्थामा के हुन्छ ? भन्नेबारे पनि अध्ययन गरिरहेको भनेर सरकारलाई चुनौती पेश गरेका छन् ।
केपी ओलीले वर्तमान सरकारलाई नै अवैधानिक भनिरँदा त्यसले गठन गरेको छानविन समितिको बोलावटालाई वयान दिन अस्वीकार गरेको देखिन्छ । ओलीले उक्त समिति आफूप्रतिको प्रतिशोधको पक्षमा रहको बुझाइका कारण नै उनी वयानका लागि हिचकिचाइरहका हुन् । छानविन समितिले यसअघि नै अनुसन्धानका लागि बोलाउने तयारी गरेपनि ओलीलाई अझैसम्म वयान नलिनुलाई भने आम तहबाटै आश्चार्य प्रकट भइरहेका छन् ।
जेनजी आन्दोलनमा नभागेको ओलीको प्रष्टीकरण
एमाले अध्यक्ष ओलीले आफू जेनजी आन्दोलको बेला नभागेको भनेर पनि दावी गरेका छन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा तत्कालीन प्रधानमन्त्री केपी शार्मा ओली वालुवाटारबाट हेलिकप्टरमार्फत अन्यन्त्र स्थानान्तरण भएका थिए । यस कारण पनि ओलीलाई आन्दोलनको बेला भागेको भनेर सार्वजनिक टिप्पणी गरिँदै आएको छ । तर ओलीले भने आफ्नो बचाउ गर्दै आँफैले सो समय नभागको भनेर दावी गर्न थालेका हुन् । सो समय पदबाट राजीनामा दिएपनि आफू ‘केयरटेकर’ प्रधानमन्त्रीकै रुपमा रहेको ओलीको जिकिर छ । यसकारणले आफूलाई भागेको भनेर टिप्पणी गर्नु जायज नभएको उनको दावी छ ।
ओलीले आफू प्रतिरक्षामा लाग्दा अझै ठूलो जनधनको क्षति हुने कारणले अर्को घरमा सरको विषयलाई भागेको भन्न नमिल्ने भनेका छन् । उनले ठट्यौली पारामा जेनजी समूहलाई बच्चाबच्चीको संज्ञा दिँदै उनीहरुको खुसीका लागि अर्को घरमा सरेको भनेर टिप्पणी गरेका छन् ।
पछिल्लो समय ओलीले पार्टी नेतृत्वमात्रै होइन, पुनः सत्ताकै नेतृत्व सम्हाल्ने रणनीतिसँगै सरकारमाथि पनि बारम्बार चुनौती पेश गरिरहेको देखिन्छ । यस्तैमा उनी जेनजी घटनाको सम्बन्धमा अनुसन्धान गर्न गठित समितिलाई पनि वयान नदिने अड्डि कस्दै आएका हुन् । तर यो समितिमाथि लगातार अटेर गरे ओलीविरुद्ध सरकारले कस्तो कदम अघि बढाउँला ? यो भने हेर्न बाँकी छ ।
